दार्चुला, साउन ९ – पूर्वराजा ज्ञानेन्द्र शाहको दार्चुला भ्रमणप्रति एकीकृत नेकपा माओवादी र एमालेका युवा संगठनहरुले विरोध गरेका छन् ।
गणतन्त्र स्थापना भइसकेको अवस्थामा पनि पूर्वराजा र पूर्व राजपरिवारलाई श्री ५ सम्बोधन गरेर स्वागत गरिएकोप्रति उनीहरुले आपत्ति जनाएका हुन् ।
‘केही प्रतिगामी राजनीतिक शक्तिहरुको मिलेमतो र प्रत्यक्ष सहभागीतामा चिहानमा जलेर खरानी भइसकेको सामन्ती राजतन्त्रका अवशेष खोज्नु भनेको नेपाली जनताले स्वतन्त्रताका लागि पटक पटक गरेका आन्दोलन र हजारौं हजार होनहार युवाहरुको बलिदानीको सोझै अवमुल्यन र अपमान हो’ दुई युवा संगठनद्वारा बुधबार जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।
पूर्वराजा ज्ञानेन्द्रद्वारा बाढीपीडितलाइ सहयोगका लागि जिल्लाको भ्रमण भइरहदा ‘श्री ५ को सरकार’, ‘बडामहाराजाधिराज’ जस्ता शब्द ब्यानरमा लेखिएकोप्रति युवासंघ र वाइसिएलले विरोध गरेका छन् ।
देशमा संविधानसभा निर्वाचनको मिति घोषणा भइ आचारसंहिता लागू भइसकेको अवस्थामा राहत बाडेर आचारसंहिता उलंघन गरिएको दुई युवा संगठनको आरोप छ । ‘आचारसंहिता उलंघन भइरहेको प्रति घोर आपत्ति प्रकट गर्दै स्थानीय प्रशासन, प्रहरी र निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छौ’ विज्ञप्तिमा उल्लेख छ ।
पूर्वराजाको दार्चुला भ्रमणमा निर्माण गरिएका स्वागतद्वाराको तुल र ब्यानरमा ‘श्री ५ महाराजाधिराज’ उल्लेख गरिएको थियो ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।