Friday, August 23, 2013

२ महिना देखि अछामका ग्रामिण सडकहरु अवरुद्ध


अछामको मंगलसेन, वलिगाँउ तथा रामारोशन ग्रामिण सडक खण्ड विगत २ महिना देखि अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुदाँ त्यस क्षेत्रका जनातालाई दैनिक उपभोगका सामानको समस्या परेको छ । स्थानिय बजारमा रहेको सामान सकिएपछि दैनिक उपभोग्य सामानको अभाव सिर्जना भएको हो । सडक अवरुद्ध हुदाँ स्थानिय व्यापारीलाई समान ल्याउन पनि समस्या भएको वलिगाँउका तपेन्द्र रावलले बताए ।

त्यस क्षेत्रका एक दर्जन भन्दा बढी स्थानिय पसलहरुमा दैनिक उपभोगका सामानको अभाव भएको छ भने कहि सामान पाएपनि चर्को मुल्य तिर्नु पर्ने बाध्यता रहेको स्थानियको गुनासो छ । बर्षाका कारण सड्कखण्डको बिभिनन ठाँउमा पहिरो गएपछि आवतजावतमा समेत कठिनाई हुने गरेको छ ।

सडक सुचारु गर्न सम्बन्धीत सरोकारवालाको ध्यान नजाँदा त्यस क्षेत्रका जनता प्रत्यक्ष मारमा परेका छन । दैनिक उपभोग्य सामानका लागी त्यस क्षेत्रका जनताले सदरमुकाम मंगलसेन धाउनु परिरहेको छ । 
Source: DcNepal.com

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।