बाढीपीडितहरुका समस्या समाधानका लागि एकजुट भएर अगाडि बढ्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन ।
टीकापुर नगरपालिकाको आयोजनामा टीकापुर क्षेत्रका बाढीपीडिका मागको विषयमा आज टीकापरमा आयोजना गरिएको छलफल कार्यक्रमका सहभागिहरुले सो कुरामा जोड दिएका हुन ।
छलफल कार्यक्रममा पूर्व सांसद गंगा बहादुर कुंवर, नेपाली कांगे्रसका महासमिति सदस्य, राष्ट्रिय विकास परिषद सदस्य रण बहादुर रावल, एकीकृत नेकपा माअेवादीका नन्दराम बिक, नेकपा एमालेका सञ्चुराम चौधरी, नेकपा माओवादीका खडक शाह, नेपमल रेडक्रस सोसाइटी टीकापुर उपशाखाका सभापति जगदिश्वर पण्डित, धनसिंहपुर गाविसका पूर्व सचिव गगन सिंह ठकुल्ला, समाजसेवी लालवीर चौधरी, टीकापुर सामूदायिक पुस्तकालयका अध्यक्ष उदयराम अधिकारी लगायतले बोलेका थिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी भेषराज श्रेष्ठ, विभिन्न सरकारी तथा गैरसरकारी सस्थाका प्रमुख तथा प्रतिनिधी, बाढीपीडितहरुको सहभागिता रहेको थियो ।
Source: Haribhakta Acharya, DcNepal.com
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।