प्रकृतिको कुचिकारका रुपमा चिनिने लोपोन्मुख गिद्ध संरक्षणका लागि नेपाल पंक्षी संरक्षण संघले सुदुरपश्चिमका जिल्लाहरुमा अध्ययन सुरु गरेको छ ।
बैतडी जिल्लाबाट सुरु गरिएको अभियान सुदुरपश्चिमका नौ वटै जिल्लाहरुमा गरिने संघका सदस्य भुपाल नेपालीले बताए । अध्ययनका क्रममा बैतडीको खोड्पे बजार नजिकको भीरमा हिमाली खैरो जातको गिद्धको गुड भेटिएको छ ।
हरेक जिल्लामा एक महिना सम्म अध्ययन गरिरहेको टोलीले अब केहि दिनमै अछाममा अध्ययन गर्ने नेपालीले बताए । सुदुरपश्चिममा सानो खैरो जातको अति संकटापन्न गीद्धका साथै सुन, सेतो, डंगर, राज, हिमाली खैरो, हाडफोर र लामो ठुडे गिद्ध गरी नौ प्रजातीका लोपोन्मुख गिद्धहरु पाईन्छन ।
सुदुरपश्चिम गिद्ध बासस्थानका लागि महत्वपूर्ण स्थान मानिने भएकाले यहाँ बाटै अभियान थालिएको संघले जनाएको छ । वातावरण सन्तुलनका लागि प्रकृतिको कुचिकारका रुपमा चिनीने गिद्धको संख्या विगत दुई दशक यता घट्दै गएको छ ।
पशुहरुको उपचारमा प्रयोग गरीने डोर्ईक्लोफेनक नामक औषधी प्रमुख समस्याका रुपमा देखिएको जिल्ला बन कार्यालय अछामले जनाएको छ ।
Photos: Tulsi R Subedi (raptorsofnepal.blogspot.com)
Source: DcNepal.com
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।