Friday, August 23, 2013

बैतडीका युवाहरु खुला दिशामुक्त अभियानमा जुटे


बैतडीको देउलेक गाबिसका युवाहरु खुला दिशामुक्त अभियानमा जुटेका छन । स्थानीय जयसिंह कार्कीको नेतृत्वमा युवा समिति गठन गरि उनिहरु खुला दिशामुक्त अभियानमा जुटेका हुन । 

रेडक्रसको सहयोगमा यहि भदौ १० गते देउलेक गाविस लाई खुलादिशा मुक्त क्षेत्र घोषणा गरिने नेपाल रेडक्रस सोसाइटि शाखा बैतडीका कार्यक्रम संयोजक हेमराज भट्टले जानकारी दिए ।

यस्तै युवाहरु बाटो निर्माणमा समेत जुटेका छन । उनिहरुले गाविसको वडा नम्बर ५ खोचलेक देखि वडा नम्बर ६ मा रहेको भुमेश्वर निमाविसम्मको ५ किलोमिटर बाटो निर्माण कार्य समेत शुरु गरेका छन ।

आफ्नो गाउँ आफै वनाउ भन्ने भावनासहित आफूहरु वाटो निर्माणमा जुटेको स्थानीय युवा जयसिंह कार्कीले बताए । 

Source:DcNepal.com


0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।