Friday, August 23, 2013

अमर बचाउ ग्लोबल टास्क फोर्सद्वारा मन्त्री परिषद अध्यक्षको गुलियो बचनको स्वागत




क्यालिफोर्निया - अमर बचाउ ग्लोबल टास्क फोर्सका अध्यक्ष मणी नेपाली पनेरुले एक वक्तव्य जारी गर्दै मन्त्री परिषदका अध्यक्ष सम्माननीय खिलराज रेग्मिले अमर बचाउ अभियानको टोलीलाई दिएको गुलियो बचनको मुक्त कण्ठले प्रसंशा गर्दै  स्वागत गर्नु भएको छ। टास्क फोर्सका मह्त्वपूर्ण सदस्य कृष्ण ढकाल संगै हाल सालै दुबइ को अल अबीर सेन्ट्रल जेलमा अमरलाई भेटेर आएको स्मरण गर्दै पनेरुले ढकाल र सम्पूर्ण टोली, अभियानलाई नयाँ उचाईमा पुर्याउने संघ सस्थाहरु, मानव अधिकारकर्मीहरु र सम्पूर्ण व्यक्तित्वहरुलाई  हार्दिक धन्यवाद दिनुभएको छ। युएई को प्रधानमन्त्रीको समकक्षि गएर भेटेमा अमरको ज्यान अबस्य बच्ने आफ्नो पनि विश्वास भएको तर प्रधानमन्त्रीहरुको आश्वासन खोक्रो आश्वासन मात्र रहेको   कटु अनुभवको भएको कुरा व्यक्त गर्दै मन्त्री परिषद अध्यक्ष रेग्मीलाई सो आश्वासन मरुभूमिको मिराज जस्तो नभई वास्तविकताको धरातलमा उत्रियोस भन्ने हार्दिक शुभकामना समेत् व्यक्त गर्नु भएको छ।

 
“मन्त्री परिषदका अध्यक्ष सम्माननीय खिलराज रेग्मिले अमर बचाउ अभियानको टोलीलाई दिएको गुलियो बचनको मुक्त कण्ठले प्रसंशा गर्दै स्वागत गर्दछु। नेपाली समाज यु ए ई का पूर्व अध्यक्ष तथा अमर बचाउ ग्लोबल टास्क फोर्सका मह्त्वपूर्ण सदस्य कृष्ण ढकालसंगै हाल सालै दुबइ को अल अबीर सेन्ट्रल जेलमा अमरलाई भेटेर आएको स्मरण गर्दै ढकाल र सम्पूर्ण टोलीलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस अवसरमा अमर बचाउ अभियानलाई सघाउने यु ए ई का लागि पूर्व राजदूत अर्जुन बहादुर थापा, नेपाल् विस्व सहयोग संघका अन्तरराष्ट्रिय उपाधक्ष राजेन्द्र देवकोटा, पत्रकारहरू राजेन्द्र  कुँवर, दील भुषण पाठक, दामोदर नेपाल, धनन्जय नरसिंह के सी, रामहरी सुवेदी, ध्रुव थापा, सोनिया केसी, सन्तोष न्यौपाने, सुरेश शर्मा,  सेभ अमर इन्टर्न्यास्नल नेट्वर्क का संयोजक युवराज कार्की, पश्चिम अमेरिका नेपाली महासंघ की अध्यक्ष तथा अमर बचाउ राष्ट्रिय सवन्वय परिषद अमेरिकाकी सभापति उमा कार्की थापा, मानव अधिकारवादी भूमिका घिमिरे,नेपाल पत्रकार महासंघ यु ए ई, द व्हाइट जोन, नासा, अन्मा, वाना,  सेब्स्ना, प्रवासी नेपाली सवन्वय समिती नेपाल, नेपाली समाज यु ए ई, एन ए जी सी नेपाल च्याप्टर, अमेरिका च्याप्टर, ग्रेटर एसिया च्याप्टर र अमेरिका च्याप्टर लगायत बिभिन्न संघ सस्थाहरू र सम्पूर्ण प्रियजनहरूलाई  हार्दिक धन्यवाद दिन चाहान्छु। र यसै  वक्तव्य मार्फत टास्क फोर्ससँग  आबद्द संघ सस्थाका प्रतिनिधिहरूलाई जानकारी दिन चाहन्छु की ग्लोबल टास्कफोर्सद्वारा काठ्माण्डौ स्थीत आफ्नो सचिवालय मार्फत सो अभियनमा निर्णायक तिब्रता ल्याईने छ।

 अमरलाई बचाउने उद्द्श्यले यु ए ई जाने कुरा अत्यन्त महत्वपूर्ण कुरा हो तसर्थ यसको लागि आवश्यक गृहकार्य र तयारी गर्न पर्छ। ग्लोबल टास्क फोर्सको अध्ययन अनुसन्धान र स्थलगत निरिक्षणको प्रतिवेदन अनुसार हामिले ठहर गरेका रणनीती यस्तो प्रकारको छ: दुबईको सर्बोच्च अदालतले फैसला गरिसकेको मुद्दा भएकोले आन्तरिक उद्देश्य अमर लाई छुटाउने भए पनि कुट्नैतिक मर्यादालाई ख्याल राख्दै भ्रमणको औपचारीक एजेन्डामा नराखी आन्तरिक रणनीतीमा समावेस गरीनु पर्छ र अन्य महत्वपूर्ण एजेण्डाहरूसंगै अमरको मुद्दालाई उठाइनु पर्छ र जोड्दार तथा गम्भीर रुपमा अनुरोध् गरीनु पर्छ । यो क्रममा याम्नेस्टी इन्टर्न्यास्नल लगायत अमर बचाउ अभियानमा बिभिन्न रुपमा सँलग्न  संघ सस्थाहरूसँग सवन्वय  गर्न राम्रो हुन्छ। सो को लागि यु ए ई सँग नेपाल को दौत्य सम्बन्धलाई अझ नयाँ आयाम थप्दै त्यहाँ कार्यरत हजारौँ हजार आप्रवासी कामदारहरुको समस्याहरुको सम्बोधन हुनु पर्दछ। विश्वको औधोगिक आकाशमा चम्कँदै गएको दुबईको उदार उद्द्योग तथा व्यापार नीतीबाट नेपाली उध्योगपतिहरु र व्यापारीहरु कसरी लाभान्वित हुन्छन त्यस प्रती अर्थवीदहरुबाट समुचित सल्लाह गर्दै भ्रमणको बातावरण बनाउन सर्वप्रथम परराष्ट्र मन्त्री यु ए ई जान राम्रो हुने छ। सरकार सचेत भएमा विश्वभर सयौं अमरहरु जेलमा मृत्‍युको आतङ्कमा बाँच्न पर्ने छैन। अमर बचाउ अभियानमा सन्लग्न सबै तप्का र व्यक्तिहरूसँग सके सम्म सहकार्य र सवन्वएए गरीरहेको र सरकारी तथा गैर सरकारी निकायहरूसँग यो मामलामा अमर बचाउ ग्लोबल टास्क फोर्स सहकार्य र सवन्वय गर्न बचनबद्द भएको कुरा स्पष्ट पार्न चाहन्छु।

मणी नेपाली पनेरु
अध्यक्ष
अमर बचाउ ग्लोबल टास्क फोर्स
सस्थापक अधक्ष नेपाल विश्व सहयोग संघ

Source: DcNepal.com

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।