कैलाली, ६ भदौ । कैलालीको धनगडीस्थित एक गैरसरकारी संस्थाको संरक्षणमा रहेको ११ जना एचआइभी एड्स संक्रमित बालबालिका विद्यालय जानबाट सञ्चित भएका छन् । विद्यालयले ति बालबालिकालाई भर्ना गर्नका लागि अस्विकार गरेपछि उनीहरु पढाइबाट बञ्चित भएको हो । धनगडीका केही नीजि विद्यलयहरुले संक्रमित बालबालिकाहरु हुन भनेर थाहा पाएपछि उनीहरुलाई भर्ना गर्नका लागि अस्विकार गरेको राइट अफ लाइटका संस्थापक प्रकाश पौडेलले बताउनु भयो । यसरी नीजि विद्यालयले भर्ना गर्नका लागि अस्विकार गरेपछि ति बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्न खोज्दा सरकारी विद्यालयले समेत भर्ना गर्नका लागि अस्विकार गरेका छन् । ति बालबालिकहरु पढ्न नपाउदा यति बेला निरास बनेका छन् ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।