Friday, August 16, 2013

भारतीय नम्बर प्लेटकका सवारी साधनवाट भन्सारका कर्मचारी नीयम विपरित रकम असुल्द

भारतीय नम्बर प्लेटकका सवारी साधनवाट भन्सारका कर्मचारी नीयम विपरित रकम असुल्दै मासिक डेढ लाख रुपैंया बढी रकम कर्मचारीले आपसमा भागवण्डा लगाउँछन काचनपुरको गड्डाचौकी भन्सार ार्यालयका कर्मचारीहरुले म्झौता विपरीत नेपाल भित्रिने भारतीय नम्बर प्लेटका सवारी साधनहरुबाट रकम असुल्ने गरेको पाइएको छ नेपाल र भारतवीत दुवै देशको सीमानादेखि पाँच किलोमिटरसम्म दुवै देशतर्फ सवारीसाधनहरु विनाशुल्क गुडाउन पाउने नीयम छ । तर नेपाल भित्रिने भारतीय सवारीसाधनवाट गड्डाचौकी भन्सार कार्यालयका कर्मचारीले रकम असुल्ने गरेका छन् । गड्डाचौकी नाका भएर सीमावर्ती भारतीय बजार बनबासा आउ-जाउ गर्दा भारतीय भन्सारले नेपाली सवारी साधनवाट शुल्क लिइदैन् । भारतीय पक्षवाट कुनै रोकटोक छैन् । शुल्क तिर्नु पर्दैन् । तर गड्डाचौकी भन्सारका कर्मचारी भारतीय नम्बर प्लेटका सवारीसाधन रोक्दै रकम असुलिरहेका भेटिन्छन् । संकलन गरिएको रकम राजश्वमा जम्मा हुदैन् । भन्सार कर्मचारीहरुले भागवण्डा लगाउने गरेको श्रोतले बतायो । भारतीय नम्बर प्लेट भएका गाडी नेपाल आउ-जाउ गर्दा दुई किसिमको सुविधा लिन पाइने नीयम छ एउटा ुसुविधा पत्रु लिएर निशुल्क तथा अर्को दैनिक शुल्क तिरी नेपालको जुनसुकै ठाउँमा सवारी साधन लैजाने । तर गड्डाचौकी भन्सारको ुयात्रु शाखाु का कर्मचारीले ६ किलोमिटर वरेको महेन्द्रनगर आउँदा भारतीय सवारी साधनवाट शुल्क लिन्छन् । उनिहरुले सम्झौता विपरीत रकम असुले पनि कोही वोल्दैनन् । नेपाल-भारतवीच सवारस्साधन लिई सीमा क्षेत्रदेखि दुवैतर्फ पाँच किलोमिटरसम्म आउ-जाउ गर्न पाइने समझौताको ठाडो उल्लंघन भएको छ यात्रु शाखाले भारतीय नम्बरका मोटरसाईकलबाट प्रति साधन १६ रुपैया तथा पत्येक कार जिपवाट ४८ रुपैया लिन्छन् गड्डाचौकी नाका भएर महेन्द्रनगरसम्म दैनिक दुई सयदेखि तीन सयसम्म भारतीय सवारीसाधन भित्रिने गरेको छन् । भन्सारको ुयात्रु शाखाु मा ८ जना कर्मचारी छन् । ुअस्थायी पैठारी अनुमति पत्रु मा चालकको नाम साधनको नम्बर लेखिने गरेको भएपनि यात्रुहरुबाट असुल्ने रकमवारे केही उल्लेख गरिदैन् । यसरी असुलेको रकम कर्मचारीहरु आपसमा बाडफाँड गर्छन् ।

ुदैनिक भारतीय नम्बर प्लेटका एक सय ५० बढी मोटरसाईकल तथा एक सय भन्दा बढी कार जीप नेपाल आउने-जाने गर्छनु श्रोतले भन्यो ुमासिक डेढ लाख रुपैंया रकम उठ्छ ।ु यो सवै रकम यात्रु शाखाका कर्मचारी आपसैमै भागवण्डा लगाउँछन् । सवारीसाधन लिएर निशुल्क नेपाल आवत जावत गर्न पाइनेवारे भारतीयहरुलाई थाहा छैन् । ुदुई दशक भयो किनमेल गर्न महेन्द्रनगर आवत जावत गर्न थालेकोु गड्डाचौकी भन्सारमा शुल्क तिर्दै गरेका भारतको बरेलीका शैलेस स्माटले भने ुशुल्कवारे धेरै कुरा थाहा भएन सोधीखोजी पनि गरेको छैन् ।ु पहिला शुल्क तिरी मोटरसाइकलमा आउने गरेका उनि केही वर्षदेखि कारमा आउने गरेको बताउँछन् । गड्डाचौकी भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख केशब पोख्रेलले भन्सार कर्मचारीको रकम असुलीवारे थाहा नभएको बताए । ुभारतीयहरु आफै पैंसा दिन खोज्छन् तर हामी लिदैनौं ।ु महेन्द्रनगरदेखि टाढा आवत जावत गर्नेहरु राजस्व तिरेर जाने गरेको मात्रै आफुलाई जानकारी भएको उनले बताए ।
भारतीय नागरिकको हातमा ुसुविधा पत्रु थमाउँदै रकम लिदै गरेका भेटिएका यात्रु शाखाका नायव सुब्बा नारायण दत्त जोशीले आफ्नो वचाउ गर्दै भने ुपहिला लिन्थ्यौं अहिले लिदैंनौ ।ु गड्डाचौकी नाका भएर नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनहरु पाँच किलोमिटर भन्दा टाढा जाँदा प्रति मोटरसाईकल एक दिनको एक सय १३ रुपैया तथा प्रति कार र जीपको चार सय ५२ रुपैंया राजश्व लिने गरेको जोशीले बताए । उनिहरु ३० दिनसम्मको राजश्व तिरी नेपाल बस्न सक्छन् । भारतीय पक्षले पटक-पटक सीमा बैठकमा आफ्ना नागरिकबाट असुल्ने गरेको रकमबारे बारम्बार कुरा उठाउँदै आएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत केशबदत्त जोशीले बताए । ुरकम नउठाउन धेरै पटक भनिसक्यौंु प्रशासकिय अधिकृत जोशीले भने ुतर सुनवाई गरेका छैनन् ।ु भन्सारमा खटिएका ईलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक नेत्रप्रसाद भट्टले दैनिक दुई सयदेखि तीन सयसम्म भारतीय सवारीसाधन नेपाल भित्रिने गरेको बताए । ुविदाको दिन संख्या बढ्छु प्रहरी नायव निरीक्षक भट्टले भने ।

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।