कैलालीको फुटवल इतिहासको डेढ दशकपछि पहिलो पटक निर्वाचन मार्फत कार्य समिति चयन भएको छ ।
संघको साधारण सभाले प्रकाश बिष्टलाई अध्यक्षमा निर्वाचित गरेको छ । नयाँ निर्वाचित अध्यक्ष बिष्टको पूरै प्यानल नै विजयी भएको छ । यसअघि चार कार्यकाल एकलौटी रुपमा चयन हुने गरेका थिए ।
बिष्टले कुल २८ मध्ये १६ र प्रतिद्वन्दी पुष्प पडालले ११ मत प्राप्त गरेका छन् भने १ मत बदर भएको थियो ।
१३ सदस्यीय कार्य समितिको उपाध्यक्षत्रयमा लब शाही, राघव कार्की र नवराज बुढाथोकी निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा श्याम बिष्ट, तपेन्द्र कुँवर, रामदत्त भट्ट, गोपाल चौधरी, करण चन्द, ठक्कर देउवा, नृप बुढा, लालबहादुर चौधरी र प्रकाश ओली निर्वाचित भएका छन् ।
नयाँ कार्य समितिको आइतबार बसेको पहिलो बैठकले महासचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः अनिल मल्ल, ओम प्याकुरेल र शंकर श्रेष्ठलाई चयन गरेको छ ।
नवनियुक्त अध्यक्ष बिष्टले आगामी दिनमा फुटवल खेलको विकासका लागि प्रयत्नरत रहने र यसका लागि सबैको सहयोगको अपेक्षा राखेको बताएका छन् ।
(Filephoto: Tek Kapadel)
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।