Tuesday, August 20, 2013

यो अवस्था (तस्वीरले बोलेको) का लागि जिम्मेवार को, एक पटक सबैले समिक्षा गर्ने कि?


यो अवस्था (तस्वीरले बोलेको) का लागि जिम्मेवार को, एक पटक सबैले समिक्षा गर्ने कि?

यो देशका नेताको विवेकमा किरा परेकोछ । जनता ढुलमुले छ, ठोस अडान विनाको ढुलमुले । जवसम्म रक्सीको बोतल र केही सय पैसासंग भोट साट्न रोकिदैन । जवसम्म सबैखाले गुण्डाराज संग भिड्न आँटिदैन । जवसम्म फोहरी राजनीतिबाट माथि उठेर पार्टीहरु देश विकासका कुरा गर्दैनन् । अनि जबसम्म नेपालका पार्टीहरुमा गुट/ उप–गुट अनि टुटफूट लागाएत वि/देशी स्वार्थ जस्ता पनहरु हावी भैरहन्छन् तब सम्म चोर नेताहरु भोट किनीरहने छन् । परिणामतः भोट किन्ने नेता भोटको लगानी उठाउन लाग्नेछन्/ लागिरहेका छन् । भ्रष्ट बन्ने छन्/ बनीरहेका छन् । देश भने यो तस्वीर झैं फुस्री रहनेछ, मैली रहनेछ, नाङ्गी रहनेछ अनि फाटी रहनेछ । त्यसैले आगामी चुनावहरुमा भोट दिंदा जिम्मेवार बनौं र अरुलाई पनि जिम्मेवार बनाऔं । रक्सी र पैसाको लागि कम्तिमा युवा (सकभर कोही पनि) नविकौं । देश विकसित/धनी भयो भने सभ्य तरिकाले रक्सी पिउँन र पैसा कमाउन कसैले चुनाव नै कुरीरहनु पर्नेछैन्, हाम्रो नेपालमा ।

चुनावमा राम्रा/ ईमानदार नेता र असल पार्टी चयन मात्र गर्न सकियो भने पनि तस्वीरमा चित्रित वालक (ऊ जस्ता तमाम अरुपनि) भारी बोक्न छोडी विद्यालय जान पाउनेछन् । उसले फाटेको लुगा लगाउन बाध्य हुनुपर्ने छैन् । ऊ पनि एक दिन यस देशको नेता बन्ने छ । ईमानदार र आगामी युग सुहाँउदो नेता । नीतिको राजनीति गर्नेछ ऊ । ऊ नेपाल र नेपालीको सामथ्र्य माथि विश्वास गर्नेछ । र, छिमेकीहरुलाई नेपालसंग नजिस्किन र खेलवाडनगर्न व्यवहारिक चुनौती दिइरहेको हुनेछ । किनकी उसले आत्मनिर्भर नेपाल बनाइसकेको हुनेछ । त्यसैले, यी मुनाहरुलाई त्यो स्तरको नैतिकता र भविश्य दिने कि नदिने ? यो प्रश्न हामी सबैका लागि उत्तिकै महत्वपूर्ण छ जति राज्यका लागि छ ।

तस्वीरः राजेन्द्र मानन्धर
स्रोतः पत्रकार बालकृष्ण बस्नेत द्वारा गरिएको फेशबुक शेयरबाट

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।