Tuesday, August 27, 2013

मन्दिरमा गौरा भित्र्याईयो


योगेश रावल कैलाली, भदौ ११

सुदूरपश्चिमबासीले पूजाआजा र ना“चगानका साथ आज गौरा मन्दिरमा भित्र्याएका छन्। 
भाद्र कृष्ण पञ्चमीको दिन घरमा राखेको गौरा सप्तमीको दिन मन्दिरमा भित्र्याउने परम्परा अनुसार आज सुदूरपश्चिमबासीले गौरा मन्दिरमा भित्र्याएका हुन्। 
 
विविध पूजा अर्चना गरेर मन्दिरमा भित्र्याईएको गौरालाई महिलाहरुले आजै दुबधागो चढाएका छन्। अब महिलाहरुले अष्टमीका दिन व्रत बसेर बिहानैदेखि गौरा खलो अर्थात गौरा मनाउने स्थलमा पुजाआजा गर्ने छन्। 
 
गह, केराउ, गहत, मास र गुरा“स मिसाएर तामाका भा“डामा भिजाएर राखेको अन्नको समश्रिणलाई बिरुडा भनिन्छ। जसलाई भक्तजनहरुले गौराको प्रतिमाका रुपमा पूजाआजा गर्ने गर्छन्। 
 
शिव र पार्वतीको प्रतिकको रुपमा गौरा र महेश्वरलाई पुजा गरी धार्मिक बिधि अनुसार सुदुरपश्चिमेली महिलाहरुले गौरा पर्वलाई मनाउने गर्दछन्। परापुर्वकालमा पार्वतीले कठोर तपस्या पश्चात शिवलाई पतिको रुपमा प्राप्त गरेको पौराणिक कथा अनुसार महिलाहरुले गौरा पर्व मनाउने गरेका छन्। 
 
गौराको पुजा गर्दा मनोकांक्षा पुरा हुने, पारिवारिक सुख र सौभाग्य प्राप्त हुने धार्मिक बिश्वास रहेको पाईन्छ। गौराको पुजा सकिएपछि बाजागाजा सहित नाचगान, देउडा, चैत, हुड्केउली, धमारी लगायतका खेल खेलिन्छ। 
 
सुदूर पश्चिमको अछाम, बझाङ, वाजुरा, डोटि डडेल्धुरा दार्चुला, बैतडी, कैलाली कञ्चनपुरका साथसाथै मध्य पश्चिमका पहाडी भेगमा पनि गौरा पर्वको महत्व रहेको पाईन्छ। 
 
आपसी भाईचाराको भावना, सामुहिक एकताको भावना राखेर मनाईने यो पर्वको सुदुर पश्चिममा दशै र तिहार भन्दा पनि बढी महत्व रहेको छ। गौराको पुजा गरि सकेपछि पनि एक हप्तासम्म गौरालाई बिर्सजन नगरी मन्दिरमा राख्ने गरिन्छ। गौरा पर्व शुरु भएपछि भारतका विभिन्न स्थानमा काम गर्न गएकाहरु समेत घरफर्किएका छन्।
Source: Setopati

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।