पोखरा– हालै लन्डनस्थित वेम्बली एरिनामा सांगीतिक प्रस्तुति दिएर नेपाल फर्केका नेपथ्य ब्यान्डका गायक अमृत गुरुङ गृहनगरमा पुरस्कृत हुने भएका छन्। पोखरेली युवा सांस्कृतिक परिवारले दुई–दुई वर्षमा प्रदान गर्ने 'शिरोमणि' पुरस्कार यस वर्ष नेपथ्य ब्यान्डका गायक गुरुङलाई प्रदान गर्ने परिवारले निर्णय गरेको छ। भदौ ८ मा पोखरामा कार्यक्रम गरी दिइने पुरस्कार राशी १५ हजार रुपैयाँ, ताम्रपत्र र दोसल्ला रहेको छ।
दुई दशकदेखि नेपाली गीत, संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको र नेपाली लोकलयलाई आधुनिकतासँग जोडेर फ्युजन संगीतको नयाँ स्वादलाई अगाडि बढाएकाले गुरुङलाई यो पुरस्कार दिन लागिएको परिवारकी अध्यक्ष सरस्वती प्रतीक्षाले जानकारी दिइन् ।
गण्डक क्षेत्रमा रही साहित्य, संगीत र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने एक जनालाई प्रदान गरिँदै आएको यो पुरस्कार यसै वर्षदेखि राष्ट्रिय स्तरको बनाइएको हो ।
यसअघि शिरोमणि पुरस्कारबाट मुक्तिनाथ शर्मा, अलि मियाँ, दुर्गा बराल, सर्वज्ञमान प्रधानांग, सरुभक्त, देवीप्रसाद वनवासी, गोबिन्दबहादुर कुँवर, तेजनाथ घिमिरे, तीर्थ श्रेष्ठ र प्रेम छोटा सम्मानित भइसकेका छन् ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।