लन्डन – बेलायतस्थित अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानले शान्ता चौधरीको पुस्तक “कमलरी देखि सभासद सम्म”लाई वाङमय पुरस्कार दिने घोषणा गरेको छ। शान्ता चौधरी जस्ता क्रान्तिकारी हिम्मत र जाँगर भएकी महिलालाई यो पुरस्कार दिन पाउनु अन्तर्राष्ट्रिय नेपाली वाङ्गमय प्रतिष्ठानकै गौरव भएको संस्थाले जनाएको छ।
संस्थाको पहिलो वार्षिकोत्सव तथा मोति जयन्तीका अवसरमा आयोजित कार्यक्रममा चौधरीलाई ५० हजार रुपियाँ राशीको पुरस्कार दिने घोषणा गरिएको हो।
उक्त कार्यक्रममा विभिन्न श्रष्ठाहरुले आफ्ना रचना वाचन गरेका थिए। कविता गीत गजल वाचन गर्नेहरुमा गोपीकृष्ण प्रसाई, विकल आचार्य, शान्ता संग्रोउला, सावी श्रेष्ठ, खगेन्द्र पाठक, जया राई, विश्वास दिप तिगेला, लय प्रसाईं, संतोष खनाल, मन्जु भन्डारी,महेन्द्र कुँवार आदि थिए।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।