Thursday, September 12, 2013

भारतलाई हराउँदै अफगान बन्यो साफ च्याम्पियन


भारतलाई हराउँदै अफगान बन्यो साफ च्याम्पियन
काठमाडौं - ६ पटकको विजेता भारतलाई हराउँदै अफगानिस्तान साफ फुटबलमा नयाँ शक्तिको रुपमा उदाएको छ। दशरथ रंगशालामा भएको फाइनलमा अफगानिस्तानले भारतलाई २-० ले हराउँदै साफ च्याम्पियनसिपको उपाधि कब्जा गरेको हो। खेलको ९ औं मिनेटमा मुस्तफा अजाडोझी र ६२औं मिनेटमा सन्जर अहमदीले गोल गर्दै परम्परागत फुटबल शक्ति भारतलाई निरीह सावित गरिदिए।
सातौं साफ च्याम्पियनसिपको फाइनलमा अफगानिस्तानलाई ४-० ले हराएको भारत ८औं साफमा अफगानिस्तानसँग निरीह बन्न पुगेको हो।
यी दुबै टोलीले पुरानै प्रतिद्वन्द्वी नेपाल र माल्दिभ्सलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए। विजेता अफगानिस्तानले साफ च्याम्पियनसिपको ट्रफीसँगै ५० हजार अमेरिकी डलर पाएको छ भने भारत दोस्रो हुँदै २५ हजार अमेरिकी डलर पाएको छ। सेमिफाइनल पुगेका नेपाल र माल्दिभ्सले भने १०-१० हजार डलर पाउनेछन्।
नेपालको दुई पेनाल्टी बचाएका अफगानिस्तानका गोलकिपर मन्सुर फगरियारलाई अफगानी राष्ट्रपति हामिद कारजायीले २० हजार अमेरिकी डलर दिने घोषणा यसअघि नै गरिसकेका छन्।  
indvafg-1indvafg-2indvafg-3indvafg-5
indvafg-7

भिडियो



नोट : भिडियो लाइभ सार्क राष्ट्रबाहेकका देशमा मात्र हेर्न सक्नुहुनेछ।
source: nagriknews

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।