Saturday, September 14, 2013

प्रचण्डलाई मोटरसाइकलमा हुइक्याउने को ?


कञ्चनपुर, २२ भदौ। महाकाली पारीका दुई गाविस चाँदनी र दोधारामा भएको बाढी तथा त्यसले गरेको कटान निरिक्षण गर्न जानुभएका एमाओवादीका अध्यक्ष प्रचण्डलाई आज कञ्चनुरका एक स्थानिय माओवादी नेताले मोटरसाइकलमा हुइक्याएका छन्। सधै साइरन जडित गाडीमा अगुवा र पछुवा लगाएर शहरहरुमा ओहोर दोहोर गर्ने प्रचण्ड एउटा रातो झण्डा राखिएको मोटरसाइकलमा हावा खाँदै महाकाली पारी पुगेर आउनुभएको थियो।
नेपालकै लामो झोलुङगे पुलमाथि मोटरसाइकलमा फर्कदै गर्नुभएका प्रचण्डलाई स्थानियले आफ्नो क्यामेरामा कैद गरिहाले। जुन तस्विर सामाजिक सञ्जालहरुमा पनि छ्यापछ्याप्ती भयो। मोटरसाइकल चलाउने को हो भन्ने खुलदुली पनि निकै भएको थियो पछि कञ्चनपुरका स्थानिय एक नेताले भने प्रचण्डको ड्राइभर बन्ने अरु कोशि नभएर उहाँकै पार्टीका जिल्ला तहका नेता तथा जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका अध्यक्ष कैलाश सुनार रहेछन।
Source: hamrakura.com

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।