योगेश रावल कैलाली, २८ भदौ
सुदूरपश्चिमबाट विभिन्न राजनीतिक दलले आगामी संविधान सभाको निर्वाचनमा तीन जना तेस्रो लिङ्गीलाई समानुपातिक उम्मेदवारका रुपमा अघि सारेका छन्।
तेस्रो लिङ्गीहरुलाई उम्मेदवारका रुपमा अघि सार्नेमा नेपाली काँग्रेस, राप्रपा नेपाल र नेपाल राष्ट्रिय सेवा दल रहेका छन्।
नेपाली काँग्रेसले बाजुराबाट पार्वती रेग्मी, राप्रपा नेपालले कैलालीबाट मोनिका शाही र नेपाल राष्ट्रिय सेवा दलले बझाङबाट विनिता सिंहलाई उम्मेदवारका रुपमा सिफारिस गरेको छ।
एकता नेपाल निलहीरा समाज मानव अधिकार परियोजनाले राजनीतिमा यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायको सहभागिता र अवस्थाका बारेमा आज धनगढीमा एक कार्यक्रमको आयोजना गरी सो बारेमा जानकारी दिएको हो।
तेस्रो लिङ्गीले आजै कैलालीस्थित राजनीतिक दलहरुसँग आगमी संविधान सभाका बारेमा छलफल गरेका छन् ।
Setopati
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।