डडेल्धुरा, भदौ २८
नेकपा–माओवादीले आह्वान गरेको बन्दका कारण सुदूरपश्चिमका पहाडी जिल्ला ठप्प भएका छन्।
माओवादीले आज गरेको सुदूरपश्चिम बन्दका कारण बिहानैदेखि डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, अछाम, बाजुरा र बझाङको जनजीवन ठप्प रहेको छ। बन्दका कारण आज बिहानैदेखि छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा आउन नसक्दा यात्रु समस्यामा परेका छन्।
बन्द आह्वानकर्ताले बिहानैदेखि सवारीसाधन, बजार, शैक्षिक संस्था, उद्योग कलकारखाना बन्द गराएका छन्। छोटो तथा लामो दूरीका सवारीसाधन ठप्प भएपछि सर्वसाधारणको आवागमन प्रभावित भएको छ।
चैत १ गतेको चार दलीय सहमति खारेज, वर्तमान सरकार विघटन गरी सर्वदलीय सरकार गठन, गोलेमेच सम्मेलन लगायतका माग राख्दै बन्द आह्वान गरिएको नेकपा–माओवादीले जनाएको छ। रासस
Source: Setopati.com
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।