Sunday, September 8, 2013

नेपालमा अझै ३५ लाख नागरिक निरक्षर

'बालमैत्री अनिवार्य शिक्षा, ज्ञान र सीपको सुनिश्चितता' भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७० मनाइँदैछ।

दिवसका अवसरमा बिहान राष्ट्रपति डा रामवरण यादवबाट विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गर्नेलाई विद्याभूषण प्रदान गर्ने कार्यक्रम रहेको छ भने शिक्षा मन्त्रालयले उत्कृष्ट विद्यालय र शिक्षासेवीहरूलाई पुरस्कृत गर्दैछ।

यस्तै, आजै शैक्षिक प्रदर्शनी आयोजना, प्रकाशन, साक्षर गाविस घोषणा, वृत्तचित्र प्रदर्शनी, साक्षरता सन्देश प्रवाह, जलपानलगायतका कार्यक्रम रहेको शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले जानकारी दिए।
 
उनले दिवस मनाउन सबै जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिइएको बताए।
 
नेपालमा विसं २०२८ सालमा पहिलोपटक 'शिक्षाको पारिलो घामबाट कुनैपनि बालबालिका वञ्चित हुन नपरोस्' भन्ने आदर्श वाक्यका साथ शिक्षा दिवस मनाइएको हो भने हरेक वर्ष ८ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै आएको छ।

दिवस मनाउन शिक्षामन्त्री माधवप्रसाद पौडेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।

पछिल्लो जनगणनाअनुसार नेपालमा अझै ३५ लाख नागरिक निरक्षर छन्। विद्यालय जाने उमेरका करिब पाँच प्रतिशत बालबालिका विद्यालय बाहिर छन्। रासस 

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।