Sunday, September 8, 2013

४७ औं दिन अधिकारी दम्पतीले तोडे मध्यरातमा अनशन


सम्पत्तिको क्षतिपूर्ती दिइने, स्वास्थ्य र सुरक्षा सरकारको जिम्मा

२०७० भदौ २३ गते ०:१८ मा प्रकाशित
 
२३ भदौ, काठमाडौं । छोराका हत्यारालाई कारवाहीको माग गर्दै ४७ दिनदेखि अनशनमा बसेका नन्दलाल अधिकारी र गंगामाया अधिकारीले मध्यरातमा जुस खाएर अनशन तोड्नुभएको छ ।
मानवअधिकारकर्मी एवं नागरिक अगुवाहरुको रोहवरमा प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरी बास्कोटासँग तीनबुँदे लिखित सहमति भएपछि अधिकारी दम्पती अनशन तोड्न र खाना खान सहमत हुनुभएको अधिवक्ता दिनेश त्रिपाठीले अनलाइनखबरलाई बताउनुभयो । अधिकारी दम्पतीलाई सरकारका तर्फबाट राति सवा १ बजे जुस खुवाएर अनशन तोडाइएको हो ।
nandalal-gangamaya
सचिव बास्कोटाका तर्फबाट अधिकारी दम्पतीलाई बुझाइएको तीनबुँदेे लिखित प्रतिवद्धतापत्रमा हत्याको छानविन प्रक्रियालाई निरन्तरता दिने, अधिकारी दम्पतिको सुरक्षा एवं स्वास्थबारे सरकारले ध्यान दिने र विगत द्वन्द्वकालमा विस्थापित भएका बेला अधिकारी दम्पतीको परिवारमा पुगेको सम्पत्तिको सरकारले क्षतिपूर्ति दिने उल्लेख छ ।
गोरखाका फुजेल निवासी अधिकारी दम्पती द्वन्द्वकालमा चितवनमा मारिएका आफ्ना छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारवाही हुनुपर्ने माग गर्दै वीरअस्पतालमा अनशन बसेको ४७ दिनपछि सरकारले सरकारले उनीहरुको माग पूरा गरेको हो । उनीहरुको माग अनुसार शुक्रबार सरकारले एमाओवादी कार्यकर्ता रामप्रसाद अधिकारीलाई पक्राऊ गरेको थियो भने एमाओवादीले गिरफ्तारीको विरोध गर्दै शनिबार काठमाडौं, गोरखा र चितवन बन्दको समेत आयोजना गरेको थियो । फुजेल घटना प्रकरणलाई सत्य निरुपण एवं मेलमिलाप आयोगको माध्यमबाट समाधान गरिनुपर्ने एमाओवादीले माग गर्दै आएको छ । पक्राउ गरिएका कार्यकर्ता रिहा नगरिए कडा आन्दोलन गर्ने एमाओवादी प्रवक्ता अग्नी सपाकोटाले प्रेस वक्तव्यमार्फत चेतावनी दिनुभएको छ ।
अनेक प्रयत्न गर्दा पनि अधिकारी दम्पतीले हत्यारा पक्राऊ नपरेसम्म अनशन तोड्न नमानेपछि सरकारले जबर्जस्ती खाना खुवाउने फोर्स फिडिङको प्रयत्न समेत गरेको थियो । सर्वोच्च अदालतले समेत अनशन तोड्न नमाने फोर्स फिडिङ गराएर जीवन रक्षा गराउनू भन्ने आदेशसमेत दिएको थियो । तर, छोराको हत्या आरोपमा माओवादी कार्यकर्ता रामप्रसाद अधिकारी पक्राऊ परेपछि अधिकारी दम्पतीले ४७ दिनपछि स्वेच्छाले अनशन तोडेका हुन् ।
विगतमा अनशनमा रहँदा सरकारले अधिकारी दम्पतीलाई पागल भन्दै पाटनस्थित मानसिक अतालमा समेत राखेको थियो । तर, मानवअधिकारवादीहरुको साथ पाएपछि उनीहरुको अनसन सफल भएको हो । अनसनपछि गरिएको तीनबुँदे सहमतिले द्वन्द्वकालमा भएको क्षतिबारे आन्दोलनमा उत्रेपछि सरकारले त्यसको शोधभर्ना दिने नजीरसमेत स्थापित भएको छ ।
“४७ औं दिन अधिकारी दम्पतीले तोडे मध्यरातमा अनशन” मा प्राप्त ४ प्रतिकृयाहरू
  • Psharma लेख्नुहुन्छ    |   २०७० भदौ २३ गते ०:३८
    Good……. Janta ko aakha ma xaro halne kam nahos, hatyara lai karwahi hunai parxa.
    Like or Dislike: Thumb up 8 Thumb down 1
  • gopal limbu लेख्नुहुन्छ    |   २०७० भदौ २३ गते ०:३८
    Krishanahari sir tapaiko parixa suru vo jasto laagx jun prastuti sajha sawalma dinu vayeko thiyo ra ahileko 3 bude sahamti pura garnnu hunx hunna ma hami kuriraheka xu hai
    Like or Dislike: Thumb up 2 Thumb down 0
  • tulasi bindu लेख्नुहुन्छ    |   २०७० भदौ २३ गते ०:४६
    sakaaratmk bato lai dhanyabad
    Like or Dislike: Thumb up 3 Thumb down 0
  • कृष्ण लेख्नुहुन्छ    |   २०७० भदौ २३ गते ०:४८
    Jit janatakai hun6a, Jai janata, Jai rastra
    Like or Dislike: Thumb up 3 Thumb down 0
- source: Onlinekhabar

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।