
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला साझँ साढे ६ हुने प्रतियोगिताका लागि टिकट खरीद गर्नको लागि बिहानैदेखि लाईनमा बस्नेहरुको अत्याधिक भिड लागेको छ ।
यसअघि भारतविरुद्ध भएको खेलमा टिकटको कालोवजारी भएको पाईएपछि आजको खेलका लागि एक जनालाई १० वटा मात्रै टिकट दिने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
एन्फाले यसअघि समुह चरणका तीन खेलको टिकट विक्रीबाट झण्डै दुई करोडभन्दा आम्दानी गरीसकेको छ । आज पनि झण्डै एक करोडको हाराहारीमा टिकट विक्री हुने अनुमान एन्फाको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले सेमीफाईनल र फाइनलका लागि टिकटको मुल्य बढाएर साधारण प्यारापिट तर्फ ५ सय रुपैंया र विशेषतर्फ एक हजार रुपैंया तोकेको छ । यसअघि समुह चरणका खेलहरुको लागि साधारणतर्फ ३ सय र विशेषतर्फ ७ सय रुपैंयामा टिकट विक्री भएको थियो ।
एन्फाले आज साधारणतर्फ १४ हजार ५ सय र विशेषतर्फ २ हजार ८ सय टिकट विक्री गर्ने एन्फाका कार्यकारी अधिकृत धिरेन्द्र प्रधानले बताए ।
Source :Setopati
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।