Sunday, September 8, 2013

पशुपति क्षेत्रमा तीज को रौनक

प्रकाश लामा काठमाडौ,भदौ २३


रितालिका तीजको अवसरमा आज पशुपतिनाथ मन्दिरमा हिन्दु महिलाहरूको ठूलो घुँइचो लागेको छ।  पशुपति क्षेत्र विकास कोषले बिहान ४ बजेदेखि मन्दिरका चारवटै ढोकाबाट दर्शनको व्यवस्था मिलाएको जनाएको छ। 
मन्दिरमा आउने वृद्धवृद्धा, अपाङ्ग, अशक्तका लागि भने सिधै दर्शनको व्यवस्था मिलाइएको छ। त्यस्तै रु एक हजारको टिकट लिई दर्शन गर्न चाहनेले पनि लाइन बसिरहनुनपर्ने कोषले जनाएको छ।  बिहानदेखि अहिलेसम्म ५० हजारभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरिसकेको कोषका सदस्यसचिव डा गोविन्द टण्डनले बताए।
दर्शन गर्न आउने भक्तजनको सहज व्यवस्थाका लागि स्वंयम्सेवक, नेपाल स्काउट, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ। 
पाशुपत क्षेत्रका विभिन्न ठाउँमा स्वास्थ्य शिविर र नाचगानका गतिविधि भइरहेका छन्। हेर्नुहोस् केही पशुपतिमा तिजका झलकहरु




















Source: setopati

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।