Sunday, November 17, 2013

धनगढीमा ठूलो आवाजसहित बिस्फोटन

आइतबार साझ करिब सवा आठ बजेतिर धनगढीमा ठूलो आवाजसहित बिस्फोटन भएको छ ।
आइतबार साझ करिब सवा आठ बजेतिर धनगढीमा ठूलो आवाजसहित बिस्फोटन भएको छ । विस्फोटनले धनगढीबासी त्रसित भएका थिए । 
ठूलो आवाजसहित विस्फोटन भएको भएपनि कुन ठाउँमा कसले विस्फोटन गराएको हो भन्ने बारे खुल्न नसकेको वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक मनोहर भट्टले बताउनुभएको छ । 
उहाँले सवैले बोराडाँडी ब्यारेको पछाडी उत्तरपट्टीको जंगलमा विस्फोटन भएको बताए पनि राती भएका कारण पत्ता लगाउन नसकेको जानकारी दिनुभयो । 
विस्फोटन गराएको बम नै हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीकाअनुसार विस्फोट गराएको ठाउँ गाउँवस्ती नजिक नभएर कसैले एकान्त जंगल वा खुला चौरमा डराउन पड्काएको हुनसक्छ|
News Correspondent: Binod Bhatta, Dhangadhi

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।