Monday, December 30, 2013

राउटे बच्चाकी आमा


राउटे बच्चाकी आमा
'आमा बन्न आफैले जन्म दिनु पर्दैन। मनमा सेवाको भावना पलाएमा आमा हुन पाइँदो रहेछ', अभिनेत्री रेखा थापा राउटे बच्चाकी आमा बन्दा जीवनको सबैभन्दा सुखद क्षण भएको अनुभूति पोखेकी छिन्।

'धन भएर हुँदैन, मन हुनुपर्छ।' यो भनाइ रेखाका लागि सावित बन्यो। धन र मन परोपकारमा खर्चिने भनाइ सहीत रेखाले आफ्नो फाउन्डेसनको औपचारिक शुरुवात गरेकी छिन्। उनलाई समाजिक कार्य गर्न मनलाग्यो, समाज सेवामा कुन क्षेत्र रोज्ने भन्ने विषयमा केही समय अलमल परिन्। उनको हङकङ यात्राको क्रममा राउटे बच्चा लिएर पढाउने सोच पलाएको उनले बताईन्।

१२ वर्षको फिल्मी यात्रामा पाएको मानसम्मान, अवार्ड भन्दा बेसी खुसी राउटे बच्चाकी आमा हुँदा मिलेको उनले चर्चा गरिन्।

फिरन्ते र लोपोन्मुख राउटे जातिले आफूलाई बच्चा दिन्छन्, दिन्नन भन्ने उनमा दुविधा थियो। राउटे बच्चाको खोजीमा उनी सुर्खेत जिल्ला पुगिन्। त्यहाँका राउटे मुखियासँग पढाउन लाने अनुमति मागिन्। मुखियाले उनलाई जवाफ दिए, 'पढेपनि मरिन्च, नपढे नि मरिन्च'। उनको त्यो उत्तर नकार्न सकिनन्। राउटे बस्तीमा चामल, बिस्कुट, चाउचाउ बाँडेर फर्किन्।

त्यहाँबाट उनी डडेल्धुरा जोगबुढा पुगिन्। त्यहाँका राउटे समुदाय केही शिक्षित र स्थायी बसोबास गरेका छन्। त्यहाँबाट उनले ४ बालबालिका ल्याउन सफल भइन्। ६ वर्षिया लक्षु, मनु, रुपु, भत्तु राउटे ल्याएर काठमाडौं आइन। उनले स्वम्भुमा रहेको आनन्दकुटी विद्यालयमा ती बालबालिका पढाउन थालेकी छिन्।

फिल्म क्षेत्रमा उनलाई धेरै अफर आए। अवसरको बाटोमा हिड्न चाहिनन्। उनको समाजसेवाको को बताइन। उनले गल्तीमा आत्मालोचना र राम्रो कामको प्रशंसाबाट समाजसेवामा लाग्न सफल भएको सुनाइन।

ठूला नेता, सेलिब्रिटी तथा चर्चित व्यक्तिले उद्घाटन गर्ने परम्परा तोड्दै रेखा थापाको फाउण्डेसन राउटेको हातबाट उद्घाटन गराएकी छिन्। सामाजिक काममा हात हालेकी रेखाले नेपाल राउे विकास संघका अध्यक्ष दानबहादुर राउने र राउटे समुहका सल्लाहकार शिव राउटेले शुक्रबार काठमाडौंमा फाउण्डेसनको औपचारिक उद्घाटन गरेका छन्।

शिव राउटे

'रेखा थापाले चामल द्याथ्यो। अझै त्यही चामल खाँदैछौं। रेखाले खबर पठाइसक्यो भने हामी काठमान्डु जानै पर्छ। हाम्रा मुखियाले भने। चामल द्याथ्यो, फेरि पनि सहयोग गर्छ भनेर हामी दुई भाइ आयाम।' शिव राउटेले रेखा थापा फाउण्डेसन उद्घाटनको बेला भने।
Source: Nagriknews

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।