वागद्वारदेखि चोभारसम्म नागरिक स्थलगत
काठमाडौं– शिवपुरी पहाडको नागी गुम्बाबाट अढाई घन्टा ठाडो उकालो हिँडेर वागद्वार आइपुगेका काठमाडौं मीनभवनका राजेश पौडेल बाघको मुखबाट झरिरहेको पानी बोतलमा भरिरहेका थिए। भन्दै थिए, 'घरपरिवारका लागि बागमतीको योभन्दा शुद्ध जल अरू हुनै सक्दैन।'

बागमती नदीको उद्गमस्थल वागद्वारमा कलकलाउँदो सफा पानी बग्छ। वरिपरि चित्त लोभ्याउने हरियाली छ। झन्डै सय मिटरमाथि निगालोको झाडीबाट बग्दै आएको पानीलाई बाघको मुकुन्डोबाट तल झारिएको छ। र, नाम दिइएको छ वागद्वार, जहाँको पवित्र र शुद्ध हावापानीलाई 'तीर्थस्थल'कै रूपमा मान्नेहरूको आज पनि कमी छैन। एक त राजेश आफैं हुन्, जो बागमतीको 'अमृत' जल घरपरिवारका लागि बोतलमा भर्दै आफू पनि त्यो जलले शिरदेखि पाउसम्म धोएर 'शरीर शुद्ध' पार्दै थिए।
अर्का छन्, वागद्वारस“गैको एककोठे भवनमा महिनौंदेखि तपस्या गरिरहेका दम्पती, जो सायद वागद्वारको शुद्धतामा नुहाएर शरीरदेखि आत्मासम्म पखाल्न तल्लीन छन्।
यो काठमाडौं सभ्यतासँग जोडिएको बागमती नदीको एउटा मुहार हो– शुद्ध, पवित्र, चोखो।
यसैको अर्को मुहार वागद्वारबाट करिब ३५ किलोमिटर दक्षिण चोभारमा देखिन्छ– फोहोर, प्रदूषित, घिनलाग्दो।
चोभारमा जलविनायक मन्दिर छ। वागद्वारबाट सुरु हुने बागमती नदी काठमाडौं खाल्डोलाई मलिलो पार्दै यहाँ आइपुग्छ। र, यहीँनिरबाट काठमाडौं खाल्डो छाड्छ। कुनै बेला जलविनायक दर्शन गर्नुअघि तीर्थालुहरू बागमती नदीको पानीले हातमुख धुन्थे रे। अचेल यो चलन बन्द भइसक्यो। किनकि, यहाँ बागमतीमा पानी होइन, फिँजैफिँजले भरिएको ढल बग्छ, जहाँ जतिसुकै धर्मकर्मका नाममा पनि हातमुख धुन कसैको मन मान्दैन।
आधुनिक चमकदमकले राजधानी काठमाडौं एसियाकै तेस्रो उदीयमान सहरको सूचीमा चढिसक्यो, तर बागमती नदी यही काठमाडौं उपत्यकामा बसोबास गर्ने झन्डै ४० लाख जनसंख्याको मलमूत्र पखाल्दा–पखाल्दा दिनप्रतिदिन क्लान्त, रुग्ण र सासविहीन बनेको छ।
चोभारको जलविनायक बागमती सभ्यताको एउटा पाटो हो। जहिलेदेखि पानी बग्न छाड्यो र ढलले नदी स्थिर तुल्यायो, बागमती सभ्यता क्रमशः हराउँदै गइरहेको छ। कीर्तिपुरका स्थानीय सुजिन्द्र महर्जन यसका साक्षी हुन्।
'वर्षौं भयो ढल बग्न थालेको,' उनी भन्छन्, '(जलविनायक) मन्दिर आउने झक्तजन नदीको छेउसम्म पनि पुग्दैनन्, हात धुनु त परै जाओस्। गर्मी याममा नदीबाट आउने गन्धले सास फेर्नै मुस्किल पर्छ। नदीको यो हविगत भएपछि कसरी बच्छ बागमती सभ्यता?'
वागद्वारबाट बग्ने बागमती करिब ३५ किलोमिटर यात्रा गरेर चोभार पुग्दासम्म कसरी 'ढलमती' बन्यो त? कहा“बाट कसरी धमिलिँदैछ बागमती? कसरी प्रदूषित हुँदैछ बागमती सभ्यता?
नागरिकले यो साता बागमती नदी पछ्याउँदै उद्गमस्थल वागद्वारदेखि चोभारसम्मको स्थलगत भ्रमण गर्योढ। समुद्री सतहबाट झन्डै २ हजार ३ सय ७२ मिटर उचाइमा रहेको शिवपुरी चुचुरोभन्दा अलि तलबाट निस्किएको बागमतीको पानी सुन्दरीजल बा“धसम्म सफा छ। यसबीच शिवपुरीका विभिन्न खोल्साखोल्सी र मूल रसाएर निस्केको पानी नदीमा मिसिएका छन्। यहाँसम्म यो मानवबस्ती र मानव सम्पर्कमा आएको छैन। यसको लुकामारी प्रकृतिसँगै सीमित छ। बा“धभन्दा अलि माथि दक्षिणतिरको डाँडाबाट झरेको स्यालमतीको पानीलाई कुलो बनाएर बागमतीमा मिसाइएको छ। सुन्दरीजल बा“धमा आइपुगेपछि नागमतीलाई पनि दुईवटा फलामको पाइपबाट बा“धमा ल्याएर मिसाइन्छ। नागमती बा“धभन्दा उत्तर–पूर्वी किनारबाट बग्छ।
जब बागमती सुन्दरीजल बाँधबाट तल झर्छ, यसको स्वरुप बिस्तारै फेरिँदै गएको छर्लंगै देखिन्छ। सबभन्दा पहिला, सुन्दरीजल गाविसका १ देखि ६ वडाका मलमूत्रले नदी प्रदूषित पार्छ। मूलखर्क र ओख्रेनी गाउँले यी ६ वडा समेट्छन्। चर्पीको भरपर्दो व्यवस्था नभएकाले मलमूत्र र अन्य फोहोर सुन्दरीजल बा“धसम्म ल्याएको स्थानीय आफैं बताउँछन्। यसले बागमती नदीमात्र होइन, काठमाडौं उपत्यकामा आउने खानेपानीको स्रोत सुन्दरीजललाई नै प्रदूषित गराएको छ।
'यी दुई गाउँ पानीका स्रोतभन्दा माथि छन्। सरसफाइप्रति सचेतना कम छ। अधिकांश घरमा चर्पी छैन, भएकाहरूले पनि प्रयोग गर्दैनन्, खुला स्थलमा दिसापिसाब गर्छन्,' सुन्दरीजल–६ मूलखर्कका स्थानीय नारायण श्रेष्ठले भने।
यही क्रममा सुन्दरीजलको तल्लो भागसम्म आइपुग्दा बागमती नदी यति विरुप भइसक्छ, पानी देख्नै हम्मेहम्मे पर्छ। नदीले खोल्साको रूप लिएको भान हुन्छ। र, त्यही खोल्सामा पनि मलमूत्र सोझै खसालिएको देखिन्छ। उदाहरणका लागि, सुन्दरीजल बजार क्षेत्रका अधिकांश घरका चर्पीको ढल सोझै बागमतीमा छाडिएको छ। कतिसम्म भने, सुन्दरीजल बा“ध र त्योभन्दा माथिका गाउँ जाने खुड्किला सुरु हुनुअघि पैदलमार्गको दाहिनेतिर बागमतीको पश्चिम किनारमा एउटा चर्पी घर नै छ, जहाँ तीनवटा चर्पी छन्। त्यसबाट दिनहुँ निस्कने फोहोर सिधै बागमतीमा मिसिन्छ।
'यो ओख्रेनी माध्यमिक विद्यालयको भवन हो। स्कुल अर्को ठाउँ सरेको छ। कोठाहरूलाई चर्पी बनाएर सार्वजनिक शौचालय चलाउन भाडामा दिइएको छ,' नेपाल पर्यावरण तथा पर्यटन जागरण आधारशिलाका स्थानीय प्रतिनिधिसमेत रहेका नारायणले भने।
उनका अनुसार सुन्दरीजल बजारका केही घरमा सेफ्टी ट्यांक बनाइए पनि अधिकांशले फोहोर नदीमा खसालेका छन्। साह्रै विपन्न वर्गले चर्पीधरी बनाउन सकेका छैनन् भने बनाएका ठूलाबडाले पनि घुमाउरो तरिकाले ढल नदीमै फाल्छन्। यहाँ सबभन्दा बढी प्रदूषण सुन्दरीजल बसपार्क क्षेत्रबाट भइरहेको छ। नेपाली सेनाले समेत सिधै खोलामा ढल पठाइरहेको पाइन्छ। श्रेष्ठका अनुसार बसपार्कको देब्रेपट्टि रहेको सैनिक गणबाट निस्कने मलमूत्र जाने बागमती नदीमै हो। उक्त गणमा बनाइएको सेफ्टी ट्यांक निकै सानो आकारको छ, जुन 'ओभरफ्लो' भएर खोलामा बगिरहने स्थानीय बताउँछन्।
सुन्दरीजलको फोहोर बोकेर बागमती समथर फा“ट हुँदै दक्षिण बग्न थाल्छ। नदीका दुवै किनारमा कृषियोग्य जमिन छन्। यहाँ खहरे खोलाहरू बागमतीमा मिसिन थाल्छन्। यतिबेलासम्म नदीमा पानीको मात्रा खासै देखिँदैन। बालुवाको मात्रा पनि खासै नघटेकाले सुन्दरीजलको फोहोर मिसिएको पानी प्राकृतिक रूपमा बालुवामै प्रशोधन भएर झट्ट हेर्दा सफा नै देखिन्छ। त्यसपछि बागमतीलाई देखिनेगरी प्रदूषित बनाउँछ, यसमा मिसिन आउने खहरे खोलाहरूले, जुन मानव बस्तीबाट निस्केको फोहोरले पहिल्यै प्रदूषित भइसकेका छन्।
सुन्दरीजल–गोकर्णबीच मिसिने दुईवटा खहरेमध्ये नयाँपाटी खहरे निकै प्रदूषित छ। नया“पाटी गाविस हुँदै बग्ने यो खहरेले बागमतीमा पानी कम, मान्छेको मलमूत्र र यस क्षेत्रमा सञ्चालित उद्योगधन्दाबाट निस्कने फोहोर बढ्ता ओसार्छ। नया“पाटीको बाराहीथानबाट सुरु भएको खहरे किनारमा बंगुर र कुखुरापालन प्रशस्तै छन्। लोकल रक्सी बनाउनेहरूले रक्सी पार्दा निस्केको फोहोर पनि खहरेमै फाल्छन्। यतिमात्र होइन, कागज कारखाना, गलैंचा धुने कारखाना, मानसिक अस्पताल आशादीपको फोहोरलगायत पनि खहरेमै मिसिएका छन्।
र, यही खहरे नया“पाटीको नयाँपुल–४ हुँदै अन्ततः बागमतीमा आएर मिसिएको छ। त्यो पनि पोलिथिनजन्य फोहोर, ढल मिसिएको पानी र अरू थुप्रै प्रदूषणसहित।
'मरेका जनावरदेखि महिनावारी हु“दा प्रयोग गरिएका कपडासमेत बगेर आउ“छ,' खहरे किनारमै बंगुरपालन गरिरहेका लक्ष्मण तामाङले भने।
त्यसपछि बागमतीमा मिसिने अर्को खहरे हो, कोलमती। यो खहरे बालुवा र नया“ गाविस हुँदै नदीमा आएर मिसिएको छ। मानवबस्तीको प्रभावबाट अलि टाढा रहेकाले यो अन्य खहरेको तुलनामा कम फोहोर देखिन्छ। यसको किनारमा बस्ती कम छ, खेतीपाती बेसी हुन्छ। 'हामी केटाकेही हु“दा यहा“ घा“टीघा“टीसम्म पानी आउँथ्यो, पौडौ खेल्थ्यौं। बागमतीमा हिँड्दा असला माछाले खुट्टामा हान्थे,' कोलमती किनारको खेतमा काम गरिरहेका गोकर्ण गाविस मिसिगालका ६७ वर्षे स्थानीय श्यामकृष्ण श्रेष्ठले भने, 'एक घन्टामा एक बाल्टी माछा मारेर घर ल्याउँथ्यौं।'
उनका अनुसार नयाँ बस्ती सुरु भएपछि पानी फोहोर हुन थालेको हो। पानीको मात्रा घटेको पनि त्यही बेलादेखि हो। माओवादी द्वन्द्व सुरु भएपछि वरिपरि गाउँका मान्छे तल झरे। कुखुरा, सुंगुर, बंगुर पाल्न थाले। मान्छेका कपडा, मरेका मान्छेका कपडा, मरेका वस्तुभाउ जम्मै फाल्ने ठाउँ यही खहरे बन्यो। यसले खहरेको पानी प्रदूषित हुँदै गयो र त्यही पानी बागमतीमा मिसियो।
कोलमती मिसिएपछि बागमती मानवबस्तीको बीचबाट बग्न थाल्छ। यसको सुरुआत उत्तरवाहिनी कान्तिभैरव मन्दिरबाट हुन्छ, जसलाई पौष औंसीमा पितृहरूको श्राद्ध गर्ने ठूलो तीर्थस्थल मानिन्छ। यहा“सम्म पनि पानी तलको तुलनामा सफा नै छ। तर, यही खण्डको पश्चिम किनारबाट बागमती प्रदूषण हुन थाल्छ। यहाँको बस्तीबाट एउटा नाली सोझै नदीमा मिसिएको छ। पूर्वी किनारमा रहेको वर्ल्ड युथ इन्टरनेसनल स्कुलको फोहोर सिधै नदीमा मिसिएको छ। त्यसको झन्डै डेढ सय मिटर दक्षिणमा नदी किनारै ठूलो बोरिङ गाडिएको छ। बोरिङ गाडेको ठाउँ र गोकर्णेश्वर मन्दिरबीच पूर्वी किनारबाट दुईवटा ठूल्ठुला सिमेन्टका पाइप बागमतीमा तेर्स्याइएका छन्, जसबाट मलमूत्र मिसिएको पानी बागमतीमा खसिरहेको देखिन्छ।
त्यसपछि बागमतीमा अर्को प्रदूषित खहरे मिसिन्छ, चन्द्रमती। यसले अत्यधिक प्रदूषित कालो ढलयुक्त पानी ठूलो मात्रामा नदीमा खसालिरहेको छ। गन्हाउने पानीसहित पोलिथिनजन्य फोहोर ओसारिरहेको छ। यो खहरे बालुवा र गोकर्ण गाविस हुँदै उत्तरबाट दक्षिण बग्छ। गोकर्णेश्वर मन्दिरनिर खहरे मिसिएको पूर्वी किनारमा फोहोरको डुंगुर पनि देखिन्छ।
'खोलाको दुवै किनारमा मानवबस्ती धेरै छ,' गोकर्ण–६ का स्थानीय दिवाकर थापाले भने, 'त्यसैले यो खोला माथिबाटै प्रदूषित भएर आइरहेको छ।'
चन्द्रमतीबाट करिब एक सय मिटर तल गोकर्णेश्वर घाटनजिकै सूर्यमती खोला मिसिन्छ। तारेभिर उद्गमस्थल रहेको यो खोला बालुवा र गोकर्ण गाविसका बस्ती हुँदै गोकर्णमा आएर बागमतीमा मिसिएको हो। गोकर्ण बजार क्षेत्रको सम्पूर्ण मलमूत्रलाई यही सूर्यमती खोलाले बागमतीमा ओसार्छ।
मन्दिरबाट दक्षिण झरेपछि धेरैअघि पानी नियन्त्रण गर्न बनाइएको बा“ध छ। गोकर्णदेखि दक्षिण जोरपाटी जोड्ने नारायणटार पुलबीच नदीको दुवै किनारमा काँडेतार लगाएर तरकारी खेती गरिएको छ। यही खेतीका कारण यहाँ बागमती क्षेत्र केही हरियोपरियो देखिन्छ। तर, यहाँका अधिकांश घरजग्गामा बोरिङ गाडिएकाले पानीको सतह निकै तल झरेको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका एक प्राविधिकले बताए। 'बोरिङले गर्दा यहाँको सतहमा पानी रिचार्ज हुन पाइरहेको छैन,' उनले भने।
नारायणटार पुलमुनि बागमती क्षेत्र भौतिक पूर्वाधार विकास आयोजनाले गोकर्णदेखि ओछ्याउँदै ल्याएको मुख्य ढल लाइन नै फुटेको छ। गोकर्णदेखि आएका सबै फोहोर फुटेको ढलबाट नदीमा खसिरहेको छ। यहाँबाट करिब डेढ सय मिटर तल जोरपाटी–५ शान्तिनगर आएपछि डा“छी, मूलपानीबाट बगेको खहरे खोला बागमतीमा मिसिन्छ। त्यो पनि ढलकै रूपमा।
'यो खहरे खोला होइन, खहरे ढल हो,' डा“छी नया“गाउँका बाबुकाजी श्रेष्ठले भने।
एकपछि अर्को ढल मिसिएर यहा“बाट बागमती नराम्ररी धमिलिएको छ। माथिबाट आएको हल्का सेतो पानी पूरै कालो भइसक्छ। नाक पोल्ने गन्ध आउँछ। गोकर्णमाथिको खण्डपछि नदी अत्यधिक प्रदूषण भएको अर्को स्थल यही हो। अझ दक्षिण आउ“दा नदी किनारमै भैंसीपालन गरिएको देखिन्छ। त्यसको माथि नदी कोरिडोरमै पूर्वबाट आउने डिलक्स बसहरू पार्क गरिएका छन्, जुन प्रदूषण बढाउने थप कारक हुन्।
यही कालो पानीयुक्त नदी यही रूपमा दक्षिण लाग्दै गुह्येश्वरीस्थित अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको परिसरसम्म आइपुग्छ। परिसरभित्र निर्माण गरिएको प्रशोधन केन्द्रमा गोकर्णदेखि ल्याइएको ढलको फोहोर प्रशोधन गर्ने योजना भए पनि केही काम भएको छैन। मुख्य कुरा त, ढलबाट आउने सबै फोहोर प्रशोधन केन्द्रसम्म आई नै पुग्दैन। त्यसमाथि लोडसेडिङका कारण अधिकांश समय प्रशोधन केन्द्र बन्द रहन्छ। यसले अलिअलि आएको ढल पनि बिनाप्रशोधन सुरुङबाट तिलगंगामा लगेर छाडिन्छ।
बाह्र वर्षअघि दैनिक १ करोड ६४ लाख लिटर फोहोर प्रशोधन गर्ने योजनासहित यो केन्द्र स्थापना गरिएको थियो। अहिलेका लागि यो क्षमता निकै कम मानिन्छ। त्यही पनि दैनिक १२ घन्टा लोडसेडिङ भइरहेकाले केन्द्र नाम मात्रको बनेको समितिका अध्यक्ष नारायणप्रसाद रेग्मीले बताए।
'डिजेल प्लान्टबाट प्रशोधन केन्द्र चलाउन हाम्रो आर्थिक हैसियतले भ्याउँदैन,' उनले भने, 'बत्ती आयो भने चल्छ, नभए बन्द हुन्छ।'
प्रशोधन केन्द्र चलाउन कम्तीमा ३५० केभीको नियमित विद्युत लाइन चाहिने उनले बताए। नत्र, एक घन्टा चलाउन कम्तीमा ६० लिटर डिजेल चाहिन्छ। यो किन्ने पैसा समितिस“ग छैन। त्यही भएर माथिबाट आएको सबै ढल प्रशोधन केन्द्रका उपकरण छुँदै नछोई गुह्येश्वरी–तिलगंगा सुरुङ हुँदै सिधै तिलगंगामा झर्छ।
बत्ती आएका बेला कहिलेकाहिँ प्रशोधन केन्द्र नचल्ने पनि होइन। तर, यहाँ पनि सम्बन्धित निकायको लापरवाही हेर्नलायक छ। प्रशोधन गरेर सुरुङबाट फाल्न तयार गरिएको सफा पानीमै गुह्येश्वरीदेखि पश्चिम–उत्तर बस्तीको ढल मिसाइन्छ। यसको कारण सोध्दा यहाँका प्राविधिक भन्छन्, 'ढल तल पठाउने माध्यम नभएकाले त्यही प्रशोधित पानीमा लगेर मिसाएका हौं।'
यति हुँदाहुँदै नेपालटारबाट धमिलिँदै आएको बागमतीको पानी गुहेश्वरसम्म आउँदा प्राकृतिक कारणले नै केही सङ्लो देखिन्छ। गुह्येश्वरी मन्दिरको श्लेषमान्तक वन र उमाकुण्ड माथि पहाडबीचको बागमती खोच भने निकै प्रदूषित छ। यो खण्डमा ठोस फोहोर, मानव मलमूत्र यत्रतत्र छरिएका छन्। पशुपति आर्यघाटभन्दा केही माथिको खोच र खण्ड अझ प्रदूषित छ। आर्यघाटको पूर्वी–उत्तर किनारको पाखोमा पनि मलमूत्रको डुंगुर छ।
आर्यघाट आइपुग्दा पानी केही सफा देखिए पनि त्यहा“ नदीको सतह सम्याउने उद्देश्यले डोजर चलाउँदा पानीको सतह गहिरिएको छ। आर्यघाट सकिनेबित्तिकै प्रशोधन केन्द्रबाट खसालिएको ढल बागमतीमा मिसिन्छ। यहीँबाट बागमती थाहा पाइनेगरी गन्हाउन थाल्छ।
यही क्रममा दक्षिण आउँदै गर्दा शंखमुल दोभान आइपुग्छ। यहा“ भक्तपुर, ललितपुर र काठमाडौं हुँदै आएको मनोहरा खोला बागमतीमा मिसिन्छ। मनोहरामा त्योभन्दा पहिल्यै हनुमन्ते ढल मिसिसकेको छ। त्यसैले, मनोहराको नाममा हनुमन्ते ढल नै बागमतीमा मिसिन्छ। र, त्यसपछि बागमतीले अझ भयावह र उदेकलाग्दो रूप लिन्छ।
विशेषगरी आकासे पानीको निकासका लागि नदीका दुवै किनारमा बनाइएका नालीमा उपत्यकाबासीले आ–आफ्नो घरको ढल फाल्ने गरेका छन्। यसरी ओछ्याइएका सबै नालीबाट धेरथोर ढल नदीमै खसिरहेको छ। यो क्रम गोकर्णको उत्तरवाहिनी कान्तिभैरव मन्दिरबाटै सुरु हुन्छ।
पछिल्लो समय आर्यघाटबाट सुरु बागमती सफाइ महाअभियानअन्तर्गत विभिन्न सरकारी, गैरसरकारी संघसस्था र बागमतीलाई माया गर्ने सर्वसाधारणले मीनभवन पुलदेखि अलि तलसम्म ठोस पदार्थ सफा गरिरहेका छन्। मीनभवन पुलसम्म आइपुग्दा यो अभियानमा ६० भन्दा बढी संघसंस्था सहभागी भएको देखिन्छ। तर, नदी र प्रदूषणको वस्तुस्थिति हेर्दा यो सफाइ कार्यक्रम र पानीको गुणस्तरबीच कुनै सम्बन्ध छैन। यो सरसफाइबाट नदीभित्र र किनारका ठोस वस्तु हटेका छन्। यसले दृश्य प्रदूषण रोकिएको छ। तर, पानीको समग्र सफाइमा यो महाअभियान सफल छैन। र, यही तरिकाले सफाइ गरेर मात्र बागमती सफाइको मूलभूत उद्देश्य पूरा हुने पनि देखिँदैन।
यो सफाइ शंखमुल माथिसम्म भएकाले त्योभन्दा तल फोहोर, पोलिथिनजन्य ठोस पदार्थले घिनलाग्दो स्थिति कायम छ। मनोहरा मिसिएको ठाउँ शंखमुल दोभानदेखि नदी अझ बढी गन्हाउन सुरु गर्छ। यसबीच बागमतीमा धोबीखोलाको ढल पनि मिसिन्छ। मलमूत्र र ठोस फोहोरसहित बगिरहेको सबै खोला बागमतीमै मिसिन्छन्।
नदीका दुवै किनारमा युएन पार्कको योजना अघि बढेको दशकौं बितिसक्यो। अझै सफल भइसकेको छैन। यसलाई बागमतीका नाममा 'भजाई खाने भा“डो' बनाइएको छ। थापाथलीस्थित प्रसूती गृह पछाडिको अर्को सुकुम्बासी बस्तीको फोहोर पनि नदीमै मिसिन्छ।
थापाथली पुलबाट तल झरेपछि टुकुचा खोला मिसिन्छ। यो वास्तवमा खहरे खोला हो, तर सहरको घनाबस्तीबाट मानव मलमूत्र र ठोस फोहोर बोक्दाबोक्दा अहिले यसमा पानीको नामनिसान छैन। यसले बागमतीमा ढलको मात्रा अझ बढाएको छ। यही क्रममा टेकु दोभानमा विष्णुमती नदी मिसिन्छ।
यहाँनिर जग्गा अतिक्रमणको समस्या पनि बागमतीले झेलेको छ। थापाथलीदेखि टेकु दोभानबीच नदीको पूर्वी किनारका जग्गा विभिन्न किसिमले अतिक्रमण गरिएका छन्। त्यहा“ ड्राइभिङ सेन्टरदेखि कबाडीखाना र केही संघसंस्थाका घर छन्। दोभानदेखि बल्खु पुलबीचको पश्चिम किनारमा फलफूल तथा तरकारी बजार समितिले नदीको १२ फिट जग्गा मिचेर टहरा बनाएको छ। बल्खु पुलनिर पनि त्यहा“को तरकारी बजारले ३५ मिटर जग्गा हडपेको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य–सचिव गजेन्द्रकुमार ठाकुरले बताए। बल्खु पुलबाट अझ तल बागमती किनार गुसिंगालमा पनि सुकुम्बासी बस्ती छ। यसको फोहोर पनि नदीमै मिसिन्छ।
टेकु दोभानदेखि बल्खु पुलको पूर्वी किनारको दृश्य कम्ता घिनलाग्दो छैन। काठमाडौं महानगरले फालेका फोहोरको पहाडै ठडिएको छ, दुवै किनारमा।
'काठमाडौं महानगरले फालेको फोहोर हो, तर अहिले व्यवस्थापन गर्न मानिरहेको छैन,' ठाकुरले भने। उनका अनुसार काठमाडौं महानगर, ललितपुर उपमहानगर र कीर्तिपुर नगरपालिकाले बागमती सरसफाइमा सहयोग गरिरहेका छैनन्।
'ललितपुर र कीर्तिपुर महानगर अझै बागमती किनारमा फोहोर फालिरहेका छन्,' ठाकुरले भने, 'कीर्तिपुरले अहिले पनि त्रिवि गेटदेखि झोलुंगे पुलसम्म दैनिक २०–२५ ट्रक फोहोर फालिरहेको छ।'
बल्खुबाट सानेपा जाने बागमती पुल तल बल्खु खोला मिसिन्छ। यो खोला कीर्तिपुर र काठमाडौं महानगरपालिकाको सिमाना हो। चक्रपथभित्र र बाहिरका ढल र फोहोर पदार्थ यही खोलामार्फत नदीमा मिसिइरहेको छ। त्यसपछि कीर्तिपुरको मलमूत्र र फोहोर मिसिएर आउने अर्को खहरे खोला त्रिवि गेटभन्दा दक्षिणको ल्याबरोटरी स्कुलअगाडि बागमतीमा मिसिन्छ।
बल्खु पुलदेखि सुन्दरीघाटसम्म नदी निकै फराकिलो छ। यसको पश्चिम किनारमा फोहोरको डुंगुर मात्र देखिन्छ। पूर्वी किनारमा बिपी र मनमोहनका नाममा पार्क बनाइएका छन्। मनमोहन पार्क बनाउने काम जारी छ। बागमती सफाइ आयोजनाअन्तर्गत ढल, सडक विस्तार गर्दा पार्कका अहिलेका संरचना भत्काउनुपर्ने अवस्था छ। 'आयोजना कार्यान्वयन गर्दा ती संरचना भत्काउनुपर्ने हुन्छ, तर त्यहा“ पार्क बनाउने काम भइरहेको छ,' ठाकुरले भने। यसबारे राजनीतिक दलका ठूला नेताबाट समेत समितिलाई दबाब आइरहेको उनले बताए।
सुन्दरीघाटभन्दा दक्षिण बागमतीको डिलैमा मोर्डन इन्डियन स्कुल छ। त्यसको पूर्वी किनारमा अलकत्रा पकाउने उद्योग छ, जसले धमिलो पानी मात्र होइन, अलकत्रा पकाउँदा निस्किएको धु“वासमेत सिमेन्टको पाइपबाट बागमतीमै फालिरहेको छ। 'स्थानीयको विरोध आउ“छ भनेर यस्तो गरेको हो,' उद्योगका एक कामदारले भने। यो उद्योगले अलकत्रा, बालुवा, माटो, गिट्टी र पानी घोलेर पकाउँदै आएको छ।
यसबाट अलि तल पुगेपछि नदीमा ललितपुरको भैंसेपाटी हुँदै बग्ने नख्खु खोला मिसिन्छ। यसमा पनि पानीभन्दा ढलको मात्रा बढी छ। कालो गन्हाउने पानी बोकेर मिसिने यो खोला बागमतीलाई ढलमती बनाउने वागद्वारदेखि चोभारबीचको अन्तिम स्रोत हो।
'आफूलाई सभ्य, विकसित र आधुनिक भन्ने काठमाडौं उपत्यकाको सबै मलमूत्र बोकेर बागमती चोभार गल्छीबाट बाहिरिन्छ,' कीर्तिपुरका सुजिन्द्र महर्जन भन्छन, 'सबैजना आफ्नो घर सफा भएकोमा दंग छन्, फोहोर नदीले पूरै सभ्यता प्रदूषित पारिरहेको छ। यसले बागमती सभ्यतास“ग जोडिएका सबै पक्षलाई इतिहासको पानामा सीमित गर्दै लगेको छ।'
वातावरणविद तोरण शर्माका अनुसार बागमती नदी 'जादुको छडीले सफा हुँदैन'। 'यसका लागि योजना चाहिन्छ, त्यो पनि एकदुई वर्षे होइन, कम्तीमा दसबर्षे योजना बनाएर विगतका सबै गल्ती सच्चाएर अघि बढ्नुपर्छ,' उनले भने।
जति जाँचे पनि मृतको मृतै
बागमतीलाई धेरैपटक परीक्षण गरिसकेका तोरण शर्माले एक दशकअघि नै यसलाई 'मृत नदी' घोषणा गरिसकेका छन्। उनले नदीको सतहमा झन्डै तीन इन्चसम्म गन्ध आउने कालो लेदो भेटेका छन्।
'अहिलेको अवस्था योभन्दा बढी हो, कम होइन,' सन् २००० मा ४० ठाउँमा ६ महिनासम्म बागमतीको स्तर र मात्रा नापेका शर्माले नागरिकसँग भने, 'पानीमा हुनुपर्ने कुनै पनि गुण यसमा बग्ने झोलपदार्थमा छैन, त्यसैले यो मृत नदी हो।'
बागमती नदी सुन्दरीजलबाट जतिजति दक्षिण बग्दै आउँछ, त्यति नै पानीको स्तर खस्कँदै गएको उनको परीक्षणले देखाएको छ। काठमाडौंका मध्यभाग शंखमुल दोभानदेखि तल त यो पूरै मृत भइसक्छ। उनको अध्ययनले काठमाडौं उपत्यकाका चर्पी र नदीको सम्बन्ध पनि खोतलेको छ।
'हिउ“द याममा बिहान ८ देखि साढे ११ बजेसम्म नदीमा पानीको मात्रा बढ्छ। त्यतिबेला उपत्यकाबासीका सबै चर्पी प्रयोगमा आइरहेका हुन्छन्। चर्पीमा प्रयोग भएको पानी र मलमूत्र स्थानीय ढल र बागमतीमा मिसिने खहरे खोलामार्फत नदीमा आउँछ,' अध्ययनले भन्छ, 'त्यही भएर बिहानको समय नदीमा पानीको सतह बढ्छ, दिउ“सो घट्छ।' पानी बढ्ने क्रम साँझ पनि बढ्ने अध्ययनले देखाएको छ, तर बिहानभन्दा अलि कम।
'यस्तो अवस्थामा पुगिसकेको नदीको स्तर कति नाप्नु,' शर्माले भने।
उनका अनुसार बागमतीको सबैभन्दा ठूलो प्रदूषण नै मानव मलमूत्र हो। यसलाई 'जैविक प्रदूषण' भनिन्छ। पानीमा प्रतिलिटर १.५ मिलिग्राम एमोनिया भयो भने पनि जलचर जीवित रहन सक्दैन। बागमतीको अवस्था कति भयावह छ भने, हिउ“दमा यो मात्रा प्रतिलिटर एक सय मिलिग्रामसम्म पुग्छ।
पूर्व वातावरणमन्त्री गणेश साहको नेतृत्व र बागमतीका नाममा स्थापित संघसंस्थाको पहलमा गुह्येश्वरीदेखि माथि २५ सय माछाका भुरा छाडिएको थियो। उनले नेपाल वातावरणीय सप्ताह– २०१३ को अध्यक्षका हैसियतले यो काम गरेका थिए। वातावरणविद शर्माले भने त्यतिबेलै यसलाई 'हास्यास्पद' भन्दै टिप्पणी गरे। 'यो माछाका भुरालाई फाँसी दिने काम हो,' उनको भनाइ थियो।
शर्माका अनुसार पानीको स्तर नाप्न सामान्यतया तीनवटा तŒव परीक्षण गरिन्छ — बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी), केमिकल अक्सिजन डिमान्ड (सिओडी) र डिजल्ब अक्सिजन (डिओ)। माछा बाँच्न कम्तीमा प्रतिलिटर ४ मिलिग्राम घुलित अक्सिजन हुनुपर्छ। बागमती नदीमा भने मुस्किलले एक पिपिएम अक्सिजन पनि छैन। सफा पानीका लागि ७.५ देखि ९ पिपिएम अक्सिजन चाहिन्छ।
त्यस्तै, प्रतिलिटर १० मिलिग्रामभन्दा बढी बिओडी हुनुहुँदैन। तर, हिउ“दमा यो मात्रा २ मिलिग्राम प्रतिलिटर पुग्छ। सिओडीको मात्रा पनि सफा पानीको न्यूनतम मापदण्डभन्दा निकै बढी छ। हिउ“दमा यसको मात्रा ५ सय मिलिग्राम प्रतिलिटरभन्दा बढी हुन्छ। जबकि, ४० मिलिग्राम प्रतिलिटर कट्नु हुँदैन। एमोनिया, फस्फोरस, कोलिफर्मको अवस्था झनै विकराल भएको उनले बताए।
स्वास्थ्य तथा वातावरण संगठन इन्फोको अलि पुरानो अध्ययन प्रतिवेदनअनुसार उपत्यकामा दैनिक खपत हुने झन्डै ७० देखि ८० प्रतिशत पानी फोहोरका रूपमा बागमतीमा मिसिन्छ। यसमा उद्योगको हिस्सा ७ प्रतिशत छ। राजधानीमा ४३ हजारभन्दा बढी सेफ्टी ट्यांकी छन्। यसको फोहोर पनि बिनाप्रशोधन बागमतीमै मिसाइन्छ।
बोरिङले पनि सक्यो बागमती
नदीमा पानीको सतह घट्ने मुख्य कारण यस वरपरको भूमिगत जलको अत्यधिक दोहन पनि हो। आयोजनाका प्राविधिकहरूका अनुसार नदी किनारका निजी घर र पानी व्यवसायीले जथाभावी बोरिङ गाडेर पानी निकालिरहेका छन्। यसले भूमिगत पानी दिनप्रतिदिन तल सर्दै गएको छ। बागमतीमा भूमिगत पानी बग्न पाएको छैन।
बल्खु पुलदेखि तल र सुन्दरीघाटभन्दा माथि नदीको पूर्वी किनारमा ठूल्ठुला बोरिङ गाडेर पानी बिक्री गर्ने उद्योग सञ्चालन भइरहेका छन्। सरकारले जथाभावी बोरिङ गाड्न नपाउने व्यवस्था गरे पनि ती उद्योगले सफा पानी भन्दै ट्यांकरमा बिक्री गरिरहेको पाइन्छ। यस्ता उद्योगले भूमिगत पानीको उच्चतम दोहन गरिरहेका छन्, जसको अनुगमन छँदै छैन।
अर्काथरि उद्योग यस्ता छन्, जसले बागमती किनार र नदीलाई ठोस रूपमा फोहोर गरिरहेका छन्। विशेषगरी गोकर्णदेखि चोभारसम्मै दुवै किनारका ढुंगागिट्टी, रोडा बेचबिखन, कबाडी सामान संकलन र प्रशोधन, गाडीको सर्भिसिङ सेन्टर, काठ मिल, पशुपालन, तरकारी तथा फलफूल व्यवसायलागयत छन्, जसले बागमतीमा ठोस फोहोर मिसाउँछन्।
अर्का छन्, वागद्वारस“गैको एककोठे भवनमा महिनौंदेखि तपस्या गरिरहेका दम्पती, जो सायद वागद्वारको शुद्धतामा नुहाएर शरीरदेखि आत्मासम्म पखाल्न तल्लीन छन्।
यो काठमाडौं सभ्यतासँग जोडिएको बागमती नदीको एउटा मुहार हो– शुद्ध, पवित्र, चोखो।
यसैको अर्को मुहार वागद्वारबाट करिब ३५ किलोमिटर दक्षिण चोभारमा देखिन्छ– फोहोर, प्रदूषित, घिनलाग्दो।
चोभारमा जलविनायक मन्दिर छ। वागद्वारबाट सुरु हुने बागमती नदी काठमाडौं खाल्डोलाई मलिलो पार्दै यहाँ आइपुग्छ। र, यहीँनिरबाट काठमाडौं खाल्डो छाड्छ। कुनै बेला जलविनायक दर्शन गर्नुअघि तीर्थालुहरू बागमती नदीको पानीले हातमुख धुन्थे रे। अचेल यो चलन बन्द भइसक्यो। किनकि, यहाँ बागमतीमा पानी होइन, फिँजैफिँजले भरिएको ढल बग्छ, जहाँ जतिसुकै धर्मकर्मका नाममा पनि हातमुख धुन कसैको मन मान्दैन।
आधुनिक चमकदमकले राजधानी काठमाडौं एसियाकै तेस्रो उदीयमान सहरको सूचीमा चढिसक्यो, तर बागमती नदी यही काठमाडौं उपत्यकामा बसोबास गर्ने झन्डै ४० लाख जनसंख्याको मलमूत्र पखाल्दा–पखाल्दा दिनप्रतिदिन क्लान्त, रुग्ण र सासविहीन बनेको छ।
चोभारको जलविनायक बागमती सभ्यताको एउटा पाटो हो। जहिलेदेखि पानी बग्न छाड्यो र ढलले नदी स्थिर तुल्यायो, बागमती सभ्यता क्रमशः हराउँदै गइरहेको छ। कीर्तिपुरका स्थानीय सुजिन्द्र महर्जन यसका साक्षी हुन्।
'वर्षौं भयो ढल बग्न थालेको,' उनी भन्छन्, '(जलविनायक) मन्दिर आउने झक्तजन नदीको छेउसम्म पनि पुग्दैनन्, हात धुनु त परै जाओस्। गर्मी याममा नदीबाट आउने गन्धले सास फेर्नै मुस्किल पर्छ। नदीको यो हविगत भएपछि कसरी बच्छ बागमती सभ्यता?'
वागद्वारबाट बग्ने बागमती करिब ३५ किलोमिटर यात्रा गरेर चोभार पुग्दासम्म कसरी 'ढलमती' बन्यो त? कहा“बाट कसरी धमिलिँदैछ बागमती? कसरी प्रदूषित हुँदैछ बागमती सभ्यता?
नागरिकले यो साता बागमती नदी पछ्याउँदै उद्गमस्थल वागद्वारदेखि चोभारसम्मको स्थलगत भ्रमण गर्योढ। समुद्री सतहबाट झन्डै २ हजार ३ सय ७२ मिटर उचाइमा रहेको शिवपुरी चुचुरोभन्दा अलि तलबाट निस्किएको बागमतीको पानी सुन्दरीजल बा“धसम्म सफा छ। यसबीच शिवपुरीका विभिन्न खोल्साखोल्सी र मूल रसाएर निस्केको पानी नदीमा मिसिएका छन्। यहाँसम्म यो मानवबस्ती र मानव सम्पर्कमा आएको छैन। यसको लुकामारी प्रकृतिसँगै सीमित छ। बा“धभन्दा अलि माथि दक्षिणतिरको डाँडाबाट झरेको स्यालमतीको पानीलाई कुलो बनाएर बागमतीमा मिसाइएको छ। सुन्दरीजल बा“धमा आइपुगेपछि नागमतीलाई पनि दुईवटा फलामको पाइपबाट बा“धमा ल्याएर मिसाइन्छ। नागमती बा“धभन्दा उत्तर–पूर्वी किनारबाट बग्छ।
जब बागमती सुन्दरीजल बाँधबाट तल झर्छ, यसको स्वरुप बिस्तारै फेरिँदै गएको छर्लंगै देखिन्छ। सबभन्दा पहिला, सुन्दरीजल गाविसका १ देखि ६ वडाका मलमूत्रले नदी प्रदूषित पार्छ। मूलखर्क र ओख्रेनी गाउँले यी ६ वडा समेट्छन्। चर्पीको भरपर्दो व्यवस्था नभएकाले मलमूत्र र अन्य फोहोर सुन्दरीजल बा“धसम्म ल्याएको स्थानीय आफैं बताउँछन्। यसले बागमती नदीमात्र होइन, काठमाडौं उपत्यकामा आउने खानेपानीको स्रोत सुन्दरीजललाई नै प्रदूषित गराएको छ।
'यी दुई गाउँ पानीका स्रोतभन्दा माथि छन्। सरसफाइप्रति सचेतना कम छ। अधिकांश घरमा चर्पी छैन, भएकाहरूले पनि प्रयोग गर्दैनन्, खुला स्थलमा दिसापिसाब गर्छन्,' सुन्दरीजल–६ मूलखर्कका स्थानीय नारायण श्रेष्ठले भने।
सुन्दरीजल बाँध
बाट बागमती नदीमा प्रदूषणको सुरुवात मात्र हुँदैन, प्रशस्त मानवसिर्जित अवरोधहरू पनि सुरु हुन्छन्। पहिलो अवरोध बाँध नै हो। यहाँ पानी जम्मा गरेर बागमतीको बग्ने अधिकार खोसिन्छ। र, त्यही पानीलाई फलामको पाइपबाट सुन्दरीजल जलविद्युत परियोजनाअन्तर्गतको विद्युत गृहमा झारिन्छ। छ सय किलोवाटको विद्युत गृहले यही पानीबाट बिजुली निकालिरहेको छ। बा“धस्थल रेखदेखमा खटिएका पूर्वा तामाङका अनुसार बा“धमा मंसिरदेखि पानी घट्न थाल्छ, जेठदेखि बढ्छ।
बा“धस्थल नाघेपछि पनि बागमतीले स्वच्छन्द बग्न पाउँदैन। अलि तल झरेपछि फेरि अर्को अवरोध सिर्जना गरिएको छ। जलविद्युत परियोजनामा लगेर बहेको नागमतीको पानी तथा बा“धस्थल र वरपरका मूलबाट रसाएको पानीलाई बोक्सी दहबाट काठमाडौंतिर लगिन्छ। यसको निम्ति उपत्यकाका खानेपानी लिमिटेडले सिमेन्टको पाइप जडान गरेर दहबाट सुन्दरीजलस्थित खानेपानी कार्यालयमा पानी खसालेको छ। र, यहा“बाट महांकाल पुर्या्इएको छ। विद्युत गृहको पानी पनि बिजुली निकालेर काठमाडौं नै ल्याइएको छ। खानेपानी लिमिटेडले सुन्दरीजलबाट दैनिक ३ करोड लिटर पानी काठमाडौं ल्याउँछ।यही क्रममा सुन्दरीजलको तल्लो भागसम्म आइपुग्दा बागमती नदी यति विरुप भइसक्छ, पानी देख्नै हम्मेहम्मे पर्छ। नदीले खोल्साको रूप लिएको भान हुन्छ। र, त्यही खोल्सामा पनि मलमूत्र सोझै खसालिएको देखिन्छ। उदाहरणका लागि, सुन्दरीजल बजार क्षेत्रका अधिकांश घरका चर्पीको ढल सोझै बागमतीमा छाडिएको छ। कतिसम्म भने, सुन्दरीजल बा“ध र त्योभन्दा माथिका गाउँ जाने खुड्किला सुरु हुनुअघि पैदलमार्गको दाहिनेतिर बागमतीको पश्चिम किनारमा एउटा चर्पी घर नै छ, जहाँ तीनवटा चर्पी छन्। त्यसबाट दिनहुँ निस्कने फोहोर सिधै बागमतीमा मिसिन्छ।
'यो ओख्रेनी माध्यमिक विद्यालयको भवन हो। स्कुल अर्को ठाउँ सरेको छ। कोठाहरूलाई चर्पी बनाएर सार्वजनिक शौचालय चलाउन भाडामा दिइएको छ,' नेपाल पर्यावरण तथा पर्यटन जागरण आधारशिलाका स्थानीय प्रतिनिधिसमेत रहेका नारायणले भने।
उनका अनुसार सुन्दरीजल बजारका केही घरमा सेफ्टी ट्यांक बनाइए पनि अधिकांशले फोहोर नदीमा खसालेका छन्। साह्रै विपन्न वर्गले चर्पीधरी बनाउन सकेका छैनन् भने बनाएका ठूलाबडाले पनि घुमाउरो तरिकाले ढल नदीमै फाल्छन्। यहाँ सबभन्दा बढी प्रदूषण सुन्दरीजल बसपार्क क्षेत्रबाट भइरहेको छ। नेपाली सेनाले समेत सिधै खोलामा ढल पठाइरहेको पाइन्छ। श्रेष्ठका अनुसार बसपार्कको देब्रेपट्टि रहेको सैनिक गणबाट निस्कने मलमूत्र जाने बागमती नदीमै हो। उक्त गणमा बनाइएको सेफ्टी ट्यांक निकै सानो आकारको छ, जुन 'ओभरफ्लो' भएर खोलामा बगिरहने स्थानीय बताउँछन्।
सुन्दरीजलको फोहोर बोकेर बागमती समथर फा“ट हुँदै दक्षिण बग्न थाल्छ। नदीका दुवै किनारमा कृषियोग्य जमिन छन्। यहाँ खहरे खोलाहरू बागमतीमा मिसिन थाल्छन्। यतिबेलासम्म नदीमा पानीको मात्रा खासै देखिँदैन। बालुवाको मात्रा पनि खासै नघटेकाले सुन्दरीजलको फोहोर मिसिएको पानी प्राकृतिक रूपमा बालुवामै प्रशोधन भएर झट्ट हेर्दा सफा नै देखिन्छ। त्यसपछि बागमतीलाई देखिनेगरी प्रदूषित बनाउँछ, यसमा मिसिन आउने खहरे खोलाहरूले, जुन मानव बस्तीबाट निस्केको फोहोरले पहिल्यै प्रदूषित भइसकेका छन्।
सुन्दरीजल–गोकर्णबीच मिसिने दुईवटा खहरेमध्ये नयाँपाटी खहरे निकै प्रदूषित छ। नया“पाटी गाविस हुँदै बग्ने यो खहरेले बागमतीमा पानी कम, मान्छेको मलमूत्र र यस क्षेत्रमा सञ्चालित उद्योगधन्दाबाट निस्कने फोहोर बढ्ता ओसार्छ। नया“पाटीको बाराहीथानबाट सुरु भएको खहरे किनारमा बंगुर र कुखुरापालन प्रशस्तै छन्। लोकल रक्सी बनाउनेहरूले रक्सी पार्दा निस्केको फोहोर पनि खहरेमै फाल्छन्। यतिमात्र होइन, कागज कारखाना, गलैंचा धुने कारखाना, मानसिक अस्पताल आशादीपको फोहोरलगायत पनि खहरेमै मिसिएका छन्।
र, यही खहरे नया“पाटीको नयाँपुल–४ हुँदै अन्ततः बागमतीमा आएर मिसिएको छ। त्यो पनि पोलिथिनजन्य फोहोर, ढल मिसिएको पानी र अरू थुप्रै प्रदूषणसहित।
'मरेका जनावरदेखि महिनावारी हु“दा प्रयोग गरिएका कपडासमेत बगेर आउ“छ,' खहरे किनारमै बंगुरपालन गरिरहेका लक्ष्मण तामाङले भने।
त्यसपछि बागमतीमा मिसिने अर्को खहरे हो, कोलमती। यो खहरे बालुवा र नया“ गाविस हुँदै नदीमा आएर मिसिएको छ। मानवबस्तीको प्रभावबाट अलि टाढा रहेकाले यो अन्य खहरेको तुलनामा कम फोहोर देखिन्छ। यसको किनारमा बस्ती कम छ, खेतीपाती बेसी हुन्छ। 'हामी केटाकेही हु“दा यहा“ घा“टीघा“टीसम्म पानी आउँथ्यो, पौडौ खेल्थ्यौं। बागमतीमा हिँड्दा असला माछाले खुट्टामा हान्थे,' कोलमती किनारको खेतमा काम गरिरहेका गोकर्ण गाविस मिसिगालका ६७ वर्षे स्थानीय श्यामकृष्ण श्रेष्ठले भने, 'एक घन्टामा एक बाल्टी माछा मारेर घर ल्याउँथ्यौं।'
उनका अनुसार नयाँ बस्ती सुरु भएपछि पानी फोहोर हुन थालेको हो। पानीको मात्रा घटेको पनि त्यही बेलादेखि हो। माओवादी द्वन्द्व सुरु भएपछि वरिपरि गाउँका मान्छे तल झरे। कुखुरा, सुंगुर, बंगुर पाल्न थाले। मान्छेका कपडा, मरेका मान्छेका कपडा, मरेका वस्तुभाउ जम्मै फाल्ने ठाउँ यही खहरे बन्यो। यसले खहरेको पानी प्रदूषित हुँदै गयो र त्यही पानी बागमतीमा मिसियो।
कोलमती मिसिएपछि बागमती मानवबस्तीको बीचबाट बग्न थाल्छ। यसको सुरुआत उत्तरवाहिनी कान्तिभैरव मन्दिरबाट हुन्छ, जसलाई पौष औंसीमा पितृहरूको श्राद्ध गर्ने ठूलो तीर्थस्थल मानिन्छ। यहा“सम्म पनि पानी तलको तुलनामा सफा नै छ। तर, यही खण्डको पश्चिम किनारबाट बागमती प्रदूषण हुन थाल्छ। यहाँको बस्तीबाट एउटा नाली सोझै नदीमा मिसिएको छ। पूर्वी किनारमा रहेको वर्ल्ड युथ इन्टरनेसनल स्कुलको फोहोर सिधै नदीमा मिसिएको छ। त्यसको झन्डै डेढ सय मिटर दक्षिणमा नदी किनारै ठूलो बोरिङ गाडिएको छ। बोरिङ गाडेको ठाउँ र गोकर्णेश्वर मन्दिरबीच पूर्वी किनारबाट दुईवटा ठूल्ठुला सिमेन्टका पाइप बागमतीमा तेर्स्याइएका छन्, जसबाट मलमूत्र मिसिएको पानी बागमतीमा खसिरहेको देखिन्छ।
त्यसपछि बागमतीमा अर्को प्रदूषित खहरे मिसिन्छ, चन्द्रमती। यसले अत्यधिक प्रदूषित कालो ढलयुक्त पानी ठूलो मात्रामा नदीमा खसालिरहेको छ। गन्हाउने पानीसहित पोलिथिनजन्य फोहोर ओसारिरहेको छ। यो खहरे बालुवा र गोकर्ण गाविस हुँदै उत्तरबाट दक्षिण बग्छ। गोकर्णेश्वर मन्दिरनिर खहरे मिसिएको पूर्वी किनारमा फोहोरको डुंगुर पनि देखिन्छ।
'खोलाको दुवै किनारमा मानवबस्ती धेरै छ,' गोकर्ण–६ का स्थानीय दिवाकर थापाले भने, 'त्यसैले यो खोला माथिबाटै प्रदूषित भएर आइरहेको छ।'
चन्द्रमतीबाट करिब एक सय मिटर तल गोकर्णेश्वर घाटनजिकै सूर्यमती खोला मिसिन्छ। तारेभिर उद्गमस्थल रहेको यो खोला बालुवा र गोकर्ण गाविसका बस्ती हुँदै गोकर्णमा आएर बागमतीमा मिसिएको हो। गोकर्ण बजार क्षेत्रको सम्पूर्ण मलमूत्रलाई यही सूर्यमती खोलाले बागमतीमा ओसार्छ।
मन्दिरबाट दक्षिण झरेपछि धेरैअघि पानी नियन्त्रण गर्न बनाइएको बा“ध छ। गोकर्णदेखि दक्षिण जोरपाटी जोड्ने नारायणटार पुलबीच नदीको दुवै किनारमा काँडेतार लगाएर तरकारी खेती गरिएको छ। यही खेतीका कारण यहाँ बागमती क्षेत्र केही हरियोपरियो देखिन्छ। तर, यहाँका अधिकांश घरजग्गामा बोरिङ गाडिएकाले पानीको सतह निकै तल झरेको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका एक प्राविधिकले बताए। 'बोरिङले गर्दा यहाँको सतहमा पानी रिचार्ज हुन पाइरहेको छैन,' उनले भने।
नारायणटार पुलमुनि बागमती क्षेत्र भौतिक पूर्वाधार विकास आयोजनाले गोकर्णदेखि ओछ्याउँदै ल्याएको मुख्य ढल लाइन नै फुटेको छ। गोकर्णदेखि आएका सबै फोहोर फुटेको ढलबाट नदीमा खसिरहेको छ। यहाँबाट करिब डेढ सय मिटर तल जोरपाटी–५ शान्तिनगर आएपछि डा“छी, मूलपानीबाट बगेको खहरे खोला बागमतीमा मिसिन्छ। त्यो पनि ढलकै रूपमा।
'यो खहरे खोला होइन, खहरे ढल हो,' डा“छी नया“गाउँका बाबुकाजी श्रेष्ठले भने।
एकपछि अर्को ढल मिसिएर यहा“बाट बागमती नराम्ररी धमिलिएको छ। माथिबाट आएको हल्का सेतो पानी पूरै कालो भइसक्छ। नाक पोल्ने गन्ध आउँछ। गोकर्णमाथिको खण्डपछि नदी अत्यधिक प्रदूषण भएको अर्को स्थल यही हो। अझ दक्षिण आउ“दा नदी किनारमै भैंसीपालन गरिएको देखिन्छ। त्यसको माथि नदी कोरिडोरमै पूर्वबाट आउने डिलक्स बसहरू पार्क गरिएका छन्, जुन प्रदूषण बढाउने थप कारक हुन्।
यही कालो पानीयुक्त नदी यही रूपमा दक्षिण लाग्दै गुह्येश्वरीस्थित अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको परिसरसम्म आइपुग्छ। परिसरभित्र निर्माण गरिएको प्रशोधन केन्द्रमा गोकर्णदेखि ल्याइएको ढलको फोहोर प्रशोधन गर्ने योजना भए पनि केही काम भएको छैन। मुख्य कुरा त, ढलबाट आउने सबै फोहोर प्रशोधन केन्द्रसम्म आई नै पुग्दैन। त्यसमाथि लोडसेडिङका कारण अधिकांश समय प्रशोधन केन्द्र बन्द रहन्छ। यसले अलिअलि आएको ढल पनि बिनाप्रशोधन सुरुङबाट तिलगंगामा लगेर छाडिन्छ।
बाह्र वर्षअघि दैनिक १ करोड ६४ लाख लिटर फोहोर प्रशोधन गर्ने योजनासहित यो केन्द्र स्थापना गरिएको थियो। अहिलेका लागि यो क्षमता निकै कम मानिन्छ। त्यही पनि दैनिक १२ घन्टा लोडसेडिङ भइरहेकाले केन्द्र नाम मात्रको बनेको समितिका अध्यक्ष नारायणप्रसाद रेग्मीले बताए।
'डिजेल प्लान्टबाट प्रशोधन केन्द्र चलाउन हाम्रो आर्थिक हैसियतले भ्याउँदैन,' उनले भने, 'बत्ती आयो भने चल्छ, नभए बन्द हुन्छ।'
प्रशोधन केन्द्र चलाउन कम्तीमा ३५० केभीको नियमित विद्युत लाइन चाहिने उनले बताए। नत्र, एक घन्टा चलाउन कम्तीमा ६० लिटर डिजेल चाहिन्छ। यो किन्ने पैसा समितिस“ग छैन। त्यही भएर माथिबाट आएको सबै ढल प्रशोधन केन्द्रका उपकरण छुँदै नछोई गुह्येश्वरी–तिलगंगा सुरुङ हुँदै सिधै तिलगंगामा झर्छ।
बत्ती आएका बेला कहिलेकाहिँ प्रशोधन केन्द्र नचल्ने पनि होइन। तर, यहाँ पनि सम्बन्धित निकायको लापरवाही हेर्नलायक छ। प्रशोधन गरेर सुरुङबाट फाल्न तयार गरिएको सफा पानीमै गुह्येश्वरीदेखि पश्चिम–उत्तर बस्तीको ढल मिसाइन्छ। यसको कारण सोध्दा यहाँका प्राविधिक भन्छन्, 'ढल तल पठाउने माध्यम नभएकाले त्यही प्रशोधित पानीमा लगेर मिसाएका हौं।'
यति हुँदाहुँदै नेपालटारबाट धमिलिँदै आएको बागमतीको पानी गुहेश्वरसम्म आउँदा प्राकृतिक कारणले नै केही सङ्लो देखिन्छ। गुह्येश्वरी मन्दिरको श्लेषमान्तक वन र उमाकुण्ड माथि पहाडबीचको बागमती खोच भने निकै प्रदूषित छ। यो खण्डमा ठोस फोहोर, मानव मलमूत्र यत्रतत्र छरिएका छन्। पशुपति आर्यघाटभन्दा केही माथिको खोच र खण्ड अझ प्रदूषित छ। आर्यघाटको पूर्वी–उत्तर किनारको पाखोमा पनि मलमूत्रको डुंगुर छ।
आर्यघाट आइपुग्दा पानी केही सफा देखिए पनि त्यहा“ नदीको सतह सम्याउने उद्देश्यले डोजर चलाउँदा पानीको सतह गहिरिएको छ। आर्यघाट सकिनेबित्तिकै प्रशोधन केन्द्रबाट खसालिएको ढल बागमतीमा मिसिन्छ। यहीँबाट बागमती थाहा पाइनेगरी गन्हाउन थाल्छ।
तिलगंगा पुलभन्दा तलबाट बागमतीको रूप माथिको तुलनामा निकै बिग्रिएको छ। नदी सा“घुरिएको छ। पानीको सतह निकै तल छ। बालुवा घट्दै गएको छ। सिनामंगल पुलदेखि मीनभवनबीचको खण्डको अवस्था त झनै भयावह छ। यहाँ पानी होइन, पूरै ढल बग्छ। पानीको सतह झन्डै १०/१५ मिटरमा खुम्चिएको छ भने बालुवा पटक्कै देखिँदैन। नदी यति कुरुप हुनुको कारण सिनामंगलदेखि मीनभवन–तिनकुने जोड्ने पुलबीचको खण्डमा दुवै किनारपट्टि रहेको बाक्लो सुकुम्बासी बस्ती पनि हो। जागृतिनगरका नामले परिचित यो बस्ती नदी प्रदूषणका विभिन्न प्रमुख स्रोतमध्ये एक हो।
सिनामंगल पुलको पूर्वी किनारबाट आएको ढल बागमतीमै मिसिएको छ। बस्तीको सबै ढल यहीँ मिसाइएको छ। चर्पीमा जोडिएका कालो पोलिथिनका पाइप कसैले छोपेर त कसैले नछोपेर सिधै नदीमा खसालिरहेका छन्। नदी सा“घुरिएर खोच बनेको छ। यस खण्डको पूर्वी र पश्चिम किनारमा प्रशस्तै ढल नदीमा खसालिएका छन्। मीनभवन पुलबाट दक्षिण लाग्दाको अवस्था पनि झन्डै–झन्डै त्यस्तै छ। दुवै किनारबाट ढल नदीमा मिसिएको छ। कतिपय स्थानमा आयोजनाले ओछ्याएको ढल फुटेर फोहोरजति नदीमा खसिरहेका छन्।यही क्रममा दक्षिण आउँदै गर्दा शंखमुल दोभान आइपुग्छ। यहा“ भक्तपुर, ललितपुर र काठमाडौं हुँदै आएको मनोहरा खोला बागमतीमा मिसिन्छ। मनोहरामा त्योभन्दा पहिल्यै हनुमन्ते ढल मिसिसकेको छ। त्यसैले, मनोहराको नाममा हनुमन्ते ढल नै बागमतीमा मिसिन्छ। र, त्यसपछि बागमतीले अझ भयावह र उदेकलाग्दो रूप लिन्छ।
विशेषगरी आकासे पानीको निकासका लागि नदीका दुवै किनारमा बनाइएका नालीमा उपत्यकाबासीले आ–आफ्नो घरको ढल फाल्ने गरेका छन्। यसरी ओछ्याइएका सबै नालीबाट धेरथोर ढल नदीमै खसिरहेको छ। यो क्रम गोकर्णको उत्तरवाहिनी कान्तिभैरव मन्दिरबाटै सुरु हुन्छ।
पछिल्लो समय आर्यघाटबाट सुरु बागमती सफाइ महाअभियानअन्तर्गत विभिन्न सरकारी, गैरसरकारी संघसस्था र बागमतीलाई माया गर्ने सर्वसाधारणले मीनभवन पुलदेखि अलि तलसम्म ठोस पदार्थ सफा गरिरहेका छन्। मीनभवन पुलसम्म आइपुग्दा यो अभियानमा ६० भन्दा बढी संघसंस्था सहभागी भएको देखिन्छ। तर, नदी र प्रदूषणको वस्तुस्थिति हेर्दा यो सफाइ कार्यक्रम र पानीको गुणस्तरबीच कुनै सम्बन्ध छैन। यो सरसफाइबाट नदीभित्र र किनारका ठोस वस्तु हटेका छन्। यसले दृश्य प्रदूषण रोकिएको छ। तर, पानीको समग्र सफाइमा यो महाअभियान सफल छैन। र, यही तरिकाले सफाइ गरेर मात्र बागमती सफाइको मूलभूत उद्देश्य पूरा हुने पनि देखिँदैन।
यो सफाइ शंखमुल माथिसम्म भएकाले त्योभन्दा तल फोहोर, पोलिथिनजन्य ठोस पदार्थले घिनलाग्दो स्थिति कायम छ। मनोहरा मिसिएको ठाउँ शंखमुल दोभानदेखि नदी अझ बढी गन्हाउन सुरु गर्छ। यसबीच बागमतीमा धोबीखोलाको ढल पनि मिसिन्छ। मलमूत्र र ठोस फोहोरसहित बगिरहेको सबै खोला बागमतीमै मिसिन्छन्।
नदीका दुवै किनारमा युएन पार्कको योजना अघि बढेको दशकौं बितिसक्यो। अझै सफल भइसकेको छैन। यसलाई बागमतीका नाममा 'भजाई खाने भा“डो' बनाइएको छ। थापाथलीस्थित प्रसूती गृह पछाडिको अर्को सुकुम्बासी बस्तीको फोहोर पनि नदीमै मिसिन्छ।
थापाथली पुलबाट तल झरेपछि टुकुचा खोला मिसिन्छ। यो वास्तवमा खहरे खोला हो, तर सहरको घनाबस्तीबाट मानव मलमूत्र र ठोस फोहोर बोक्दाबोक्दा अहिले यसमा पानीको नामनिसान छैन। यसले बागमतीमा ढलको मात्रा अझ बढाएको छ। यही क्रममा टेकु दोभानमा विष्णुमती नदी मिसिन्छ।
यहाँनिर जग्गा अतिक्रमणको समस्या पनि बागमतीले झेलेको छ। थापाथलीदेखि टेकु दोभानबीच नदीको पूर्वी किनारका जग्गा विभिन्न किसिमले अतिक्रमण गरिएका छन्। त्यहा“ ड्राइभिङ सेन्टरदेखि कबाडीखाना र केही संघसंस्थाका घर छन्। दोभानदेखि बल्खु पुलबीचको पश्चिम किनारमा फलफूल तथा तरकारी बजार समितिले नदीको १२ फिट जग्गा मिचेर टहरा बनाएको छ। बल्खु पुलनिर पनि त्यहा“को तरकारी बजारले ३५ मिटर जग्गा हडपेको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य–सचिव गजेन्द्रकुमार ठाकुरले बताए। बल्खु पुलबाट अझ तल बागमती किनार गुसिंगालमा पनि सुकुम्बासी बस्ती छ। यसको फोहोर पनि नदीमै मिसिन्छ।
टेकु दोभानदेखि बल्खु पुलको पूर्वी किनारको दृश्य कम्ता घिनलाग्दो छैन। काठमाडौं महानगरले फालेका फोहोरको पहाडै ठडिएको छ, दुवै किनारमा।
'काठमाडौं महानगरले फालेको फोहोर हो, तर अहिले व्यवस्थापन गर्न मानिरहेको छैन,' ठाकुरले भने। उनका अनुसार काठमाडौं महानगर, ललितपुर उपमहानगर र कीर्तिपुर नगरपालिकाले बागमती सरसफाइमा सहयोग गरिरहेका छैनन्।
'ललितपुर र कीर्तिपुर महानगर अझै बागमती किनारमा फोहोर फालिरहेका छन्,' ठाकुरले भने, 'कीर्तिपुरले अहिले पनि त्रिवि गेटदेखि झोलुंगे पुलसम्म दैनिक २०–२५ ट्रक फोहोर फालिरहेको छ।'
बल्खुबाट सानेपा जाने बागमती पुल तल बल्खु खोला मिसिन्छ। यो खोला कीर्तिपुर र काठमाडौं महानगरपालिकाको सिमाना हो। चक्रपथभित्र र बाहिरका ढल र फोहोर पदार्थ यही खोलामार्फत नदीमा मिसिइरहेको छ। त्यसपछि कीर्तिपुरको मलमूत्र र फोहोर मिसिएर आउने अर्को खहरे खोला त्रिवि गेटभन्दा दक्षिणको ल्याबरोटरी स्कुलअगाडि बागमतीमा मिसिन्छ।
बल्खु पुलदेखि सुन्दरीघाटसम्म नदी निकै फराकिलो छ। यसको पश्चिम किनारमा फोहोरको डुंगुर मात्र देखिन्छ। पूर्वी किनारमा बिपी र मनमोहनका नाममा पार्क बनाइएका छन्। मनमोहन पार्क बनाउने काम जारी छ। बागमती सफाइ आयोजनाअन्तर्गत ढल, सडक विस्तार गर्दा पार्कका अहिलेका संरचना भत्काउनुपर्ने अवस्था छ। 'आयोजना कार्यान्वयन गर्दा ती संरचना भत्काउनुपर्ने हुन्छ, तर त्यहा“ पार्क बनाउने काम भइरहेको छ,' ठाकुरले भने। यसबारे राजनीतिक दलका ठूला नेताबाट समेत समितिलाई दबाब आइरहेको उनले बताए।
सुन्दरीघाटभन्दा दक्षिण बागमतीको डिलैमा मोर्डन इन्डियन स्कुल छ। त्यसको पूर्वी किनारमा अलकत्रा पकाउने उद्योग छ, जसले धमिलो पानी मात्र होइन, अलकत्रा पकाउँदा निस्किएको धु“वासमेत सिमेन्टको पाइपबाट बागमतीमै फालिरहेको छ। 'स्थानीयको विरोध आउ“छ भनेर यस्तो गरेको हो,' उद्योगका एक कामदारले भने। यो उद्योगले अलकत्रा, बालुवा, माटो, गिट्टी र पानी घोलेर पकाउँदै आएको छ।
यसबाट अलि तल पुगेपछि नदीमा ललितपुरको भैंसेपाटी हुँदै बग्ने नख्खु खोला मिसिन्छ। यसमा पनि पानीभन्दा ढलको मात्रा बढी छ। कालो गन्हाउने पानी बोकेर मिसिने यो खोला बागमतीलाई ढलमती बनाउने वागद्वारदेखि चोभारबीचको अन्तिम स्रोत हो।
'आफूलाई सभ्य, विकसित र आधुनिक भन्ने काठमाडौं उपत्यकाको सबै मलमूत्र बोकेर बागमती चोभार गल्छीबाट बाहिरिन्छ,' कीर्तिपुरका सुजिन्द्र महर्जन भन्छन, 'सबैजना आफ्नो घर सफा भएकोमा दंग छन्, फोहोर नदीले पूरै सभ्यता प्रदूषित पारिरहेको छ। यसले बागमती सभ्यतास“ग जोडिएका सबै पक्षलाई इतिहासको पानामा सीमित गर्दै लगेको छ।'
वातावरणविद तोरण शर्माका अनुसार बागमती नदी 'जादुको छडीले सफा हुँदैन'। 'यसका लागि योजना चाहिन्छ, त्यो पनि एकदुई वर्षे होइन, कम्तीमा दसबर्षे योजना बनाएर विगतका सबै गल्ती सच्चाएर अघि बढ्नुपर्छ,' उनले भने।
जति जाँचे पनि मृतको मृतै
बागमतीलाई धेरैपटक परीक्षण गरिसकेका तोरण शर्माले एक दशकअघि नै यसलाई 'मृत नदी' घोषणा गरिसकेका छन्। उनले नदीको सतहमा झन्डै तीन इन्चसम्म गन्ध आउने कालो लेदो भेटेका छन्।
'अहिलेको अवस्था योभन्दा बढी हो, कम होइन,' सन् २००० मा ४० ठाउँमा ६ महिनासम्म बागमतीको स्तर र मात्रा नापेका शर्माले नागरिकसँग भने, 'पानीमा हुनुपर्ने कुनै पनि गुण यसमा बग्ने झोलपदार्थमा छैन, त्यसैले यो मृत नदी हो।'
बागमती नदी सुन्दरीजलबाट जतिजति दक्षिण बग्दै आउँछ, त्यति नै पानीको स्तर खस्कँदै गएको उनको परीक्षणले देखाएको छ। काठमाडौंका मध्यभाग शंखमुल दोभानदेखि तल त यो पूरै मृत भइसक्छ। उनको अध्ययनले काठमाडौं उपत्यकाका चर्पी र नदीको सम्बन्ध पनि खोतलेको छ।
'हिउ“द याममा बिहान ८ देखि साढे ११ बजेसम्म नदीमा पानीको मात्रा बढ्छ। त्यतिबेला उपत्यकाबासीका सबै चर्पी प्रयोगमा आइरहेका हुन्छन्। चर्पीमा प्रयोग भएको पानी र मलमूत्र स्थानीय ढल र बागमतीमा मिसिने खहरे खोलामार्फत नदीमा आउँछ,' अध्ययनले भन्छ, 'त्यही भएर बिहानको समय नदीमा पानीको सतह बढ्छ, दिउ“सो घट्छ।' पानी बढ्ने क्रम साँझ पनि बढ्ने अध्ययनले देखाएको छ, तर बिहानभन्दा अलि कम।
'यस्तो अवस्थामा पुगिसकेको नदीको स्तर कति नाप्नु,' शर्माले भने।
उनका अनुसार बागमतीको सबैभन्दा ठूलो प्रदूषण नै मानव मलमूत्र हो। यसलाई 'जैविक प्रदूषण' भनिन्छ। पानीमा प्रतिलिटर १.५ मिलिग्राम एमोनिया भयो भने पनि जलचर जीवित रहन सक्दैन। बागमतीको अवस्था कति भयावह छ भने, हिउ“दमा यो मात्रा प्रतिलिटर एक सय मिलिग्रामसम्म पुग्छ।
पूर्व वातावरणमन्त्री गणेश साहको नेतृत्व र बागमतीका नाममा स्थापित संघसंस्थाको पहलमा गुह्येश्वरीदेखि माथि २५ सय माछाका भुरा छाडिएको थियो। उनले नेपाल वातावरणीय सप्ताह– २०१३ को अध्यक्षका हैसियतले यो काम गरेका थिए। वातावरणविद शर्माले भने त्यतिबेलै यसलाई 'हास्यास्पद' भन्दै टिप्पणी गरे। 'यो माछाका भुरालाई फाँसी दिने काम हो,' उनको भनाइ थियो।
शर्माका अनुसार पानीको स्तर नाप्न सामान्यतया तीनवटा तŒव परीक्षण गरिन्छ — बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी), केमिकल अक्सिजन डिमान्ड (सिओडी) र डिजल्ब अक्सिजन (डिओ)। माछा बाँच्न कम्तीमा प्रतिलिटर ४ मिलिग्राम घुलित अक्सिजन हुनुपर्छ। बागमती नदीमा भने मुस्किलले एक पिपिएम अक्सिजन पनि छैन। सफा पानीका लागि ७.५ देखि ९ पिपिएम अक्सिजन चाहिन्छ।
त्यस्तै, प्रतिलिटर १० मिलिग्रामभन्दा बढी बिओडी हुनुहुँदैन। तर, हिउ“दमा यो मात्रा २ मिलिग्राम प्रतिलिटर पुग्छ। सिओडीको मात्रा पनि सफा पानीको न्यूनतम मापदण्डभन्दा निकै बढी छ। हिउ“दमा यसको मात्रा ५ सय मिलिग्राम प्रतिलिटरभन्दा बढी हुन्छ। जबकि, ४० मिलिग्राम प्रतिलिटर कट्नु हुँदैन। एमोनिया, फस्फोरस, कोलिफर्मको अवस्था झनै विकराल भएको उनले बताए।
स्वास्थ्य तथा वातावरण संगठन इन्फोको अलि पुरानो अध्ययन प्रतिवेदनअनुसार उपत्यकामा दैनिक खपत हुने झन्डै ७० देखि ८० प्रतिशत पानी फोहोरका रूपमा बागमतीमा मिसिन्छ। यसमा उद्योगको हिस्सा ७ प्रतिशत छ। राजधानीमा ४३ हजारभन्दा बढी सेफ्टी ट्यांकी छन्। यसको फोहोर पनि बिनाप्रशोधन बागमतीमै मिसाइन्छ।
बोरिङले पनि सक्यो बागमती
नदीमा पानीको सतह घट्ने मुख्य कारण यस वरपरको भूमिगत जलको अत्यधिक दोहन पनि हो। आयोजनाका प्राविधिकहरूका अनुसार नदी किनारका निजी घर र पानी व्यवसायीले जथाभावी बोरिङ गाडेर पानी निकालिरहेका छन्। यसले भूमिगत पानी दिनप्रतिदिन तल सर्दै गएको छ। बागमतीमा भूमिगत पानी बग्न पाएको छैन।
बल्खु पुलदेखि तल र सुन्दरीघाटभन्दा माथि नदीको पूर्वी किनारमा ठूल्ठुला बोरिङ गाडेर पानी बिक्री गर्ने उद्योग सञ्चालन भइरहेका छन्। सरकारले जथाभावी बोरिङ गाड्न नपाउने व्यवस्था गरे पनि ती उद्योगले सफा पानी भन्दै ट्यांकरमा बिक्री गरिरहेको पाइन्छ। यस्ता उद्योगले भूमिगत पानीको उच्चतम दोहन गरिरहेका छन्, जसको अनुगमन छँदै छैन।
अर्काथरि उद्योग यस्ता छन्, जसले बागमती किनार र नदीलाई ठोस रूपमा फोहोर गरिरहेका छन्। विशेषगरी गोकर्णदेखि चोभारसम्मै दुवै किनारका ढुंगागिट्टी, रोडा बेचबिखन, कबाडी सामान संकलन र प्रशोधन, गाडीको सर्भिसिङ सेन्टर, काठ मिल, पशुपालन, तरकारी तथा फलफूल व्यवसायलागयत छन्, जसले बागमतीमा ठोस फोहोर मिसाउँछन्।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।