Faces of Nepali in America- Harimaya Khatiwada & Sagar Khatiwada are singer & musician based on Boston.
बोस्टन, बोस्टनमा नियमित आयोजना हुने नेपाली भाषा साहित्यको नियमित कार्यक्रम “सिर्जना उत्सव” ले
न्यू योर्कका ‘सिर्जनाका यात्राहरू’ का नेपाली सर्जकहरुलाई निम्त्याएर साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ।
न्यू योर्कका ‘सिर्जनाका यात्राहरू’ का नेपाली सर्जकहरुलाई निम्त्याएर साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ।
अमेरिका भ्रमणमा आएका बरिष्ट साहित्यकार एवं पूर्व शिक्षा मन्त्री मोदनाथ प्रश्रितको प्रमुख आतित्थ्यमा सम्पन्न उक्त उत्सवमा बोस्टनकासाथै न्यू योर्क, न्यू ह्याम्प्शायर, भर्मनलगायतका अमेरिकी राज्यबाट आएका अतिथिले सिर्जना वाचन गरेका थिए।
कार्यक्रममा न्यू योर्कको ‘सिर्जनाका यात्राहरू’ तर्फ बाट मणि बांग्देल, सहदेव पौडेल, मनु लोहोरुङ राई, गीता पन्थ, सीता खरेल, आचार्य प्रभा, कमला प्रसाई, केशव आचार्य, प्रतिमा लामिछाने र सुनिता शर्माले दुईदुई ओटा सिर्जना वाचन गरेका थिए भने भर्मनबाट आएका उमेश आचार्यले कविता र गज़ल प्रस्तुत गरे ।
सिर्जना उत्सब बोस्टन( फोटोहरु), a set on Flickr.
यसैगरि न्यू ह्याम्प्शायरका शेखर ढुंगेल र मणी राज सिंहले रचना प्रस्तुत गरे भने बोस्टनका गोवर्धन पूजा, दीपा राई पुन, हरि थापा, दिनेश राजभण्डारी, महेश्वर पन्त, अनु शाह, पेशल रेग्मी, राकेश काफ्ले, ममता कर्माचार्य, धन लेप्चा, विष्णु देउराली, नवराज राई, सन् लिम्बु,लगायतले आ-आफ्नो सिर्जना प्रस्तुत गरे ।
संगीतकार जोडी सागर खतिवडा र हरिमाया खतिवडाले गज़ल तथा गीत प्रस्तुत गरेका थिए भने बरिष्ट साहित्यकार कविता पौडेलले सस्वर गीत प्रस्तुत गर्नु भएको थियो।
साहित्यकार महेश्वर पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा थियो ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।