श्रीधर पौडेल
२ माघ नुवाकोट । काठमाडौंको छिमेकी जिल्ला नुवाकोटको तारुकामा अघिल्ला वर्षजस्तै माघे संक्रान्तिका दिन बुधबार गोरु जुधाउने प्रतियोगिता सम्पन्न भएको छ । अघिल्लो वर्ष कांग्रेस, एमाले र एमाओवादी कार्यकर्तावीच मनमुटाव भई दुई स्थानमा गोरु जुधाइए पनि यस वर्ष भने सर्वदलीय सहमतिमा १९ हल गोरु जुधाइएको छ ।
प्रत्येक वर्ष हुने गोरु जुधाइ प्रतियोगिता यसपालि अन्य वर्षहरुमा भन्दा शान्तिपूर्ण र सहजरुपमा सम्पन्न भएको आयोजकले बताए । गोरु जुधाउने प्रतियोगिताको उद्घाटनका लागि कांग्रेसका केन्दि्रय नेता डा. रामशरणमहत, सभासद बहादुरसिंह लामा र रामकृष्ण यादवसमेत तारुका पुगेका थिए । एमाले र एमाओवादीलगायत विभिन्न दलका जिल्ला नेताहरु गोरु जुधेको हेर्न तारुकामा भेला भएका थिए ।
पर्यटकलाई आकर्षण गर्ने रोचक प्रतिस्पर्धा हेर्न नेपाल पर्यटन बोर्डका कर्मचारीहरु गाडी रिर्जभ गरेर केही पत्रकारसमेत बोकेर तारुका पुगेका थिए । गोरु जुधाइ प्रतियोगिता हेर्न स्थानीय जिल्लाबासी तथा राजधानीबाट समेत गरी हजारौं दर्शकको सहभागिता थियो ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।