Tuesday, February 18, 2014

एउटै थलोमा थारुदेखि शेर्पा संस्कृतिसम्म (फोटोफिचर) सन्दर्भ : बाँके पर्यटन महोत्सव

शब्द/तस्वीर- भरतबन्धु थापा
१८ माघ, नेपालगञ्ज । तपाई बाँकेको नेपालगञ्जमा हुनुहुन्छ र एक दिन यतै टहलिनुपर्‍यो भने घुमघामका लागि कुन ठाउँलाई रोज्नुहुन्छ ? तपाईलाई लाग्दो हो, बाँकेमा त्यस्तो मनमोहक पर्यटकीयस्थल नै कहाँ होला ? तर चिन्ता नमाने हुन्छ, तपाईका लागि मन भुलाउने स्थान र आयाम बाँकेमा प्रशस्तै छन् ।
पश्चिम नेपालको प्रवेशद्वार हो बाँके । भौगोलिक पर्यटनका हिसावले खासै चर्चित हुन नसके पनि धार्मिक र सांस्कृतिक हिसाबले यो जिल्ला निकै प्रख्यात छ । मध्य तथा सुदुर पश्चिमका पहाडी जिल्लाबाट यहा बसाइँ सराइ अत्यधिक हुने गरेका कारण बाँके जिल्लामा विविध संस्कृतिको समिश्रण देख्न पाइन्छ ।
थारु संस्कृतिदेखि हिमाली क्षेत्रमा मनाइने लोसार एवं शेर्पा समुदायको संस्कृति पनि बाँकेमा देख्न पाइन्छ । शिख समुदायको पनि यहाँ बसोबास रहेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनमा आउँदा माघ २६ गते सम्म बाँके पर्यटन महोत्सव समेत आयोजना भइरहेको छ ।
Nepalgung  (1)
नेपालका संरक्षित राष्ट्रिय निकुन्जमध्ये सबैभन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्ज हो भन्ने कतिपयलाई जानकारी नहुन सक्छ । त्यस्तै मध्यपश्चिमको शक्तिको पीठका रुपमा रहेको बागेश्वरी माताको मन्दिर अनि नजिकै रहेको मिनी चिडियाखाना समेत बाँके जिल्लाका थप सौन्दर्य हुन् । बाँकेको मिनी चिडियाघरमा बाह्रसिंगे कृष्णसार, चित्तल, मयुर, बाँदरलगायत विभिन्न प्रजातिका जनावर र चराचुरुंगी देख्न पाइन्छ ।
बाँकेमा ०६६ सालमा स्थापना गरिएको निकुञ्जको क्षेत्रफल ५ सय ५० वर्ग किलोमिटर छ । तर, यसको उचित संरक्षण हुन नसक्दा यो निकुञ्जको नाममा मात्र सीमित भएको जस्तो देखिन्छ । बाघका लागि ख्याती कमाएको यो निकुञ्ज अहिले त्यति चर्चामा आउन नसक्नुका साथै पर्यटकीय गतिविधिमा शून्यसरह नै छ ।
नेपालको एक मात्र जुँगे महादेव र बागेश्वरी मन्दिरलगायत सम्पदा छन् बाँकेमा । बडा दशैं, चैते दशैं र शिवरात्रीका समयमा विशेष मेला लाग्ने गर्दछ ।
Nepalgung  (10)
हिन्दु धर्मावलम्बीहरुको शक्तिपीठका रुपमा पूजा गरिन्छ । विशेष गरी भारतसँग खुल्ला सीमाना भएका कारण भारतीय पर्यटकलाई यहाँ भित्र्याउने सम्भावना प्रचुर मात्रामा रहेको छ । पश्चिम नेपालमा जाने पर्यटकलाई एक दिनको बास बस्ने उपयुक्त स्थलका रुपमा यो स्थानलाई लिन सकिन्छ ।
Nepalgung  (4) Nepalgung  (5) Nepalgung  (6) Nepalgung  (7) Nepalgung  (11)
Nepalgung  10 Nepalgung  11 Nepalgung  12
Source: Onlinekhabar

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।