Tuesday, February 18, 2014

समृद्ध मध्यपश्चिम : बर्दियाको सौन्दर्य (फोटोफिचर)

शब्द/तस्वीर- भरतबन्धु थापा
bardiya1
३ फागुन, काठमाडौं । एकातिर जनावर अवलोकन गर्नका लागि बनाएको मचान, अर्कोतिर राष्ट्रिय निकुञ्जका लागि सुरक्षार्थ राखिएको नेपाली सेनाको क्याम । अनि वीचमा लहरै मिलाएर राखिएका टेन्ट । जंगली जनावरको आवाजसँगै रात बिताउन पाउँदा कसको पो मन नरमाउला !
वाईल्ड वेस्ट अर्थात पश्चिम नेपालको प्रर्वद्धनका लागि आफ्नो निजी खर्चमा बर्षेनी पत्रकारलाई लैजाँदै गरेको छ रैका ट्राभल्स एण्ड टुर प्रालीले । डोटी जन्मथलो भएका ट्राभल्सका प्रबन्ध निर्देशक अमर शाहीले आफ्नो क्षेत्रको विकासका लागि निजी खर्चमा केही न केही गरिरहेका छन् । उनी भन्छन्- हामीले नै आफ्नो ठाउँको विकास नगरे कसले गर्छ ?
खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रमा रहेको कृष्णसार ।
खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रमा रहेको कृष्णसार ।
राज्यले उचित ध्यान नदिँदा पश्चिम नेपालका पर्यटकीय स्थलहरु ओझेलमा परेका छन् । जसको एउटा नमूना हो बर्दिया । जिल्लाकै नाममा बर्दिया राष्ट्रिय निकुन्ज स्थापन भएको हो, जुन तराईमा रहेको सबैभन्दा ठूलो राष्टिय निकुन्ज पनि हो । यो निकुञ्ज बाघ हेर्नका लागि प्रख्यात रहेको छ ।
निकुन्जमा ७० प्रतिशत भूभाग साल र ३० प्रतिशत घाँसे मैदानहरु एवं नदी तटीय वनले ढाकेको छ । निकुञ्जकै कारण यहाँ बाक्लो संख्यामा पर्यटक पुग्छन् । पाटे बाघ हेर्न कहलिएको ठाउँ हो बर्दिया राष्ट्रिय निकुञ्ज । निकुञ्जमा पाटे बाघ, एकसिंगे गैंडा, ५४ प्रजातीका स्तनधारी, २५ प्रजातिका घसि्रने जनावर लगायत ४ सय ६७ प्रजातिका चरा छन् ।
बबई नदीमा देखिएको गोही ।
बबई नदीमा देखिएको गोही ।
यहाँ रहेको गोही प्रजनन केन्द्रमा घडियाल र मगर गोही हेर्न पाइन्छ । निकुञ्जमा चित्तल, बाह्रसिंगे, रतुवा, लघुना र जरायो गरी ५ प्रकारका हरिण पाइन्छन् ।
थारु संस्कृतिको हिसावले पनि बर्दिया निकै उत्कृष्ट छ । मध्य तथा सुदुरपश्चिमाञ्चललाई जोड्ने एसियाकै नमुना पुलका रुपमा प्रख्यात कणर्ाली चिसापानी पुल पनि वर्दियाको अर्को आकर्षण हो ।
ठाकुरद्वाराको निकुञ्ज कार्यालयमा थारु संग्रहालय छ । बर्दियामा तराईको एकमात्र संरक्षण गरिएको कृष्णसार संरक्षित क्षेत्र रहेको छ । गुलरिया नगरपालिकाको खैरापुरमा १६ दशमलब ९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको कृष्णसार संरक्षण क्षेत्रमा फैलिएको छ । कृष्णसार नेपालबाट लोप हुन लागेको संरक्षित जनावर हो ।
जैविक मार्ग थारुगाऊँ होमस्टेमा आएका पाहुनालाई थारु नाच देखाउँदै स्थानीय ।
जैविक मार्ग थारुगाऊँ होमस्टेमा आएका पाहुनालाई थारु नाच देखाउँदै स्थानीय ।
विदेशी पर्यटकको सवालमा डोल्पा तथा मानसरोवर जाने पर्यटकलाई बर्दियामा आकर्षण गर्न सके राम्रो हुने तर्क राख्दछन् नेपाल वाईल्ड लाईफ रिर्सोटका सञ्चालकभीमबहादुर शाही । उनी भन्छन्- यसका लागी राज्यले पनि केही पहल गर्नु राम्रो हो ।
महेन्द्र राजमार्ग अम्बासादेखि बर्दिया राष्ट्रिय निकुन्जसम्मको १३ किलोमिटर सडक कच्ची भएका कारण बर्दिया आउने पर्यटकले निकै सास्ती बेर्होनु परेकोतर्क राख्छन् अर्का थारु होमका सञ्चालक मोहन चौधरी । अझ बर्षातका समयमा औराई खेालामा पुल नभएका कारण यातायात नै अवरोध हुने भएकाले पनि बर्दिया आउने पर्यटकले निकै सास्ती बेहोर्नु परेको बताउँछन् चौधरी ।
थारु होमस्टेमा पुगेपछि रैका ट्राभल्स एण्ड टुरका प्रबन्ध निर्देशक एव नाटाका महासचिव अमर शाहीलगायत नाच्दै ।
थारु होमस्टेमा पुगेपछि रैका ट्राभल्स एण्ड टुरका प्रबन्ध निर्देशक अमर शाहीलगायत नाच्दै ।
बर्दियामा पर्यटकीय सम्भावना प्रचुर मात्रामा भएपनि यसको उचित सदुपयोग हुन नसक्दा जति स्थानीय र राज्यले लाभ लिनुपर्ने हो त्यति लिन नसकेको तर्क राख्दछन् शाही । उनी आफूले सक्ने र आफ्नो क्षमताले भ्याएसम्म आफ्नो क्षेत्रका लागि काम गरिरहने बताउँछन् ।
ठाकुरद्धारमा अवस्थित ठाकुरबाबा मन्दिर ।
ठाकुरद्धारमा अवस्थित ठाकुरबाबा मन्दिर ।
बर्दिया राष्ट्रिय निकुन्जमा देखिएको चित्तल
बर्दिया राष्ट्रिय निकुन्जमा देखिएको चित्तल
हात्तिसारमा पालिएका हात्ती ।
हात्तिसारमा पालिएका हात्ती ।
पुत्तली
पुतली
जैविक मार्ग थारुगाऊँ होमस्टेमा आएका पाहुनालाई थारु नाच देखाउँदै स्थानीय ।
जैविक मार्ग थारुगाऊँ होमस्टेमा आएका पाहुनालाई थारु नाच देखाउँदै स्थानीय ।
कर्णाली चिसापानीका माछा ।
कर्णाली चिसापानीका माछा ।
मध्य र सुदुरपश्चिमाञ्चललाई जोड्ने एसियाकै नमूना पुल कर्णाली चिसापानी पुल ।
मध्य र सुदुरपश्चिमाञ्चललाई जोड्ने एसियाकै नमूना पुल कर्णाली चिसापानी पुल ।
कर्णाली नदीमा र्याफटिङ । यो नदीले बर्दिया र कैलालीको सीमाना छुट्याएको छ ।
कर्णाली नदीमा र्याफटिङ । यो नदीले बर्दिया र कैलालीको सीमाना छुट्याएको छ ।
बर्दिया राष्ट्रिय निकुन्जमा पत्रकार र रैका ट्राभल्स एण्ड टुरका कर्मचारी
बर्दिया राष्ट्रिय निकुन्जमा पर्यटक ।
बर्दिया राष्ट्रिय निकुञ्जमा देखिएको एकसिंगे गैंडा ।
बर्दिया राष्ट्रिय निकुञ्जमा देखिएको एकसिंगे गैंडा ।
 हात्ती चराउन लगिइँदै ।
हात्ती चराउन लगिइँदै 
Source: Onlinekhabar.com
-  

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।