त्रिबेणी एफएम,डोटी
अछाम सदरमुकाम मंगलसैन गाविस वडा नं. ७ घर भई ज्वालादल गण सूर्यबिनायक भक्तपुरमा कार्यरत नेपाली सेनाका जवान ३२ वर्षीय झनक भाटले पत्नि २८ बर्षीया कोकिला भाटको हत्या गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ । महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेको बेला मंसिर २० गते राती पत्निको हत्या गरेको भन्दै कोकीलाका माईती पक्षले झनकका नाममा हिजो जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् । घर बिदामा आएका भाटले आत्महत्या गरेको भन्ने पारेर पत्निको हत्या गरेको आरोप लगाउँदै कोकीलाका दाजु मंगलसैन–७ कै राजाराम भाटले किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कोकीलाका माईती पक्षले २१ गते नै प्रहरीमा ठाडो निवेदन दिएका आधारमा प्रहरीले झनकलाई गिरफ्तार गरेर हिरासतमा राखेको छ । कोकीलाले झुण्डिएर आत्महत्या गरेको देखाउन आफै पासो काटेर शव खटियामा सुताएको आफन्तले जनाएका छन् । प्रहरी घरमा पुग्दा मृतक कोकीलाको शव खटियामा भेटिएको प्रहरीले जनाएको छ । भाटले काठ्माण्डौमा अर्को बिहे गरेर राखेकाले पत्निको हत्या गरेको माईती पक्षले जनाएका छन् । भाटका दुई छोरा र दुई छोरी छन् । प्रहरीले भाटलाई थप अनुसन्धानका लागि हिजो नै जिल्ला अदालतबाट हिरासतमा राख्न १० दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ । यस्तै अछाम नन्देगडा गाविस वडा नं. ५ कि १७ वर्षीय निर्मला खत्रीलाई ललाईफकाई अनेक प्रलोभन देखाई नवाठाना गाविस वडा नं. ४ का २० वर्षीय मुकेश रावलले भारत लगेर बेचविखन गरेको भन्दै रावलका नाममा निर्मलाका दाजु खम्म खत्रीले हिजो जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन् । आफ्नो बहिनीलाई बिबाह गर्ने भनी गत बैशाख १० गते राती ललाईफकाई भारतको गुजराँत भन्ने ठाउँमा लगेकोमा हाल रावलका परिवार मात्रै फर्केकाले उनकोे अवस्था हाल सम्म अज्ञात रहेको हुँदा उनलाई भारतमै बेचेको भन्ने कुरा खुल्न आएकोले पक्राउ गरी अनुसन्धान गर्न जाहेरीमा माग गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामप्रसाद पौडेलले जानकारी दिनुभयो । जाहेरीमा बहिनी निर्मालालाई कुन ठाउँमा कस्तो अवस्थामा बेचेको भन्ने कुरा अनुसन्धान गरी बहिनीको अवस्था पत्तालगाई पाउनुको साथै बिबाह गर्ने बहानामा बिभिन्न प्रलोभन देखाई ललाईफकाई झुक्याई लैजाने रावललाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बम्मोजिम हदै सम्मको सजाय गर्न माग गरिएको छ ।
Source : Patrakar Khemraj Khanal
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।