दुवै मृगौला काम नलाग्ने अवस्थामा भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा भर्ना भएका अछामका दलित युवकलाई डेनमार्कमा बस्ने नेपालीहरुबाट ने .रु . ३२०२७ सहयोग प्रदान गरिएको छ । पूर्ण बन्धनको सक्रियतामा डेनमार्कवासी नेपालीहरुले अछामका चेतमान नगर्ची दमाईका लागि राहत संकलन गरेका थिए ।
उक्त अभियानमा सहयोग गर्नेहरु मोहन राज मिश्र, सुनिता घिमिरे, नताशा र पेट्रीसिया शेर्पा, अनवेश महर्जन, सम्बन्ध भण्डारी, सुधिर लामा, रत्न बहादुर बुढाथोकी, ममता कट्टेल बिमली, सुमन घिमिरे, अशोक पोख्रेल, अनिता पौडेल, एलेन नियल्सेन, पूर्ण बन्धन लगायत रहेका छन् । यसका अतिरिक्त, भरखरै गठन भएको सुन्दरसुदूर हातेमालो समाज, डेनमार्कले समेत सामुहिक रुपमा ५०१ क्रोनर सहयोग गरेका छन् । यसरी सबैले संकलन गरेको सहयोग रकम १८१४ डेनिस क्रोनर ( नेपाली रुपैया बत्तिस हजार सत्ताइस ) काठमाण्डौं स्थित हिमालयन टिभीका संचार प्रमुख सम थापा मार्फत रोगी चेतमानका अभिभावकलाई जिम्मा दिनेगरी आईएमई मार्फत ट्रान्सफर गरिएको छ ।
त्यसै गरि एनआरएनए अफ्रीका क्षेत्रिय संयोजक हिक्मत थापाले पनि नाइजेरियाबाट सहयोग संकलन हुदै गरेको र यसै हप्ता नगर्चीको उपचारका लागि सहयोग रकम माथिको सहयोगमा थप्दै काठमाडौँ पठाइने जानकारी दिनु भएको छ |
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।