Tuesday, February 25, 2014

युवा पत्रकार भाटको निर्देशनमा बनेको वृतचित्र सुनकली (भिडियोसहित)

काठमाण्डौ -नेपालका ७५ वटा जिल्लामध्ये मानव विकास सूचकांकमा सबैभन्दा पछि परेको जिल्ला हो–मुगु । एक रुपिया“ नोटको पछाडिपट्टि छापिएको चंखेली लेक मुगु–हुम्लाको सिमानामा पर्छ । त्यही चंखेलीको काखैमा रहेको बाम गाउँका चेलीहरूको जनजीवनमा आधारित सुनकली नामक डकुमेण्ट्री तयार पारेका छन्, पत्रकार भोजराज भाटले । भाटले एक वर्ष लगाएर ६२ मिनेटको डकुमेण्ट्री बनाएका हुन् । ३९ वर्ष मात्र औषत आयु रहेका मुगुका महिलाको जनजीवनमा आधारित डकुमेण्ट्री बनाउन पत्रकार भाटले निकै कष्ठ बेहोर्नुप¥यो । “हामीले ४५ दिन कर्णालीको मुगु–हुम्लामा सुटिङ गरेर तयार पारेका हौं”, डकुमेण्ट्री तयार पार्दाको अनुभव भाट सुनाउँछन् “यसमा संगीतदेखि परिवेश पुरै कर्णालीमय छ ।” पत्रकार भाटको यो पहिलो डकुमेण्ट्री हो । त्यसो त उनले विदेशी टेलिभिजनसँग मिलेर थुप्रै डकुमेण्ट्रीमा काम गरिसकेका छन् । यस डकुमेण्ट्रीमा भाटले मुगुका चेलीहरुको फुटबल यात्रालाई कलात्मक तरिकाले प्रस्तुत गरेका छन् । डकुमेण्ट्रीमा सुनकली एक यस्ती पात्र हुन्, जो अन्तिम समयमा मात्र उनले हाइहाइ हुन्छ । उनले कैलालीमा आयोजित राष्ट्रिय छात्राब्यापी खेलमा सबैभन्दा बढी गोल गरेर मुगुलाई ट्रफी दिलाउँछिन् । त्यो प्रतियोगितामा सुनकली उत्कृष्ट खेलाडी पनि बन्छिन् । मुगुमा सबैतिर हाइहाइ सुनकली हुन्छ । डकुमेण्ट्रीको निर्मार्ता गुड नेवर्स नेपाल हो । यो डकुमेण्ट्रीको कथा परिकल्पाकार विमल सिंह विष्ट हुन् ।

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।