Tuesday, February 25, 2014

समाजसेबी महिला इन्दिरा राना मगर सन २०१४ को बालबालिकाको क्षेत्रमा जुनियर नोवेल पुरस्कार मानिने "वल्ड्स चिल्ड्रेन्स प्राइज"का लागि मनोनयन



समाजसेबी महिला इन्दिरा राना मगर सन २०१४ को बालबालिकाको क्षेत्रमा जुनियर नोवेल पुरस्कार मानिने "वल्ड्स चिल्ड्रेन्स प्राइज"का लागि मनोनयनमा पर्नु भएको छ । विगत २४ वर्ष देखि जेलमा रहेका कैदीहरुका बाल बालिकाको हितमा काम गर्दै आउनु भएकी इन्दिरालाई पाकिस्तानकी मलाला युसुफ र माइक्रोसप्mटको काम छाडेर पुस्ताकालयको विकासमा सक्रिय अमेरिकाका जोन उडसँगै, स्वीडेनमा रहेको दी वल्डस चिल्ड्रेन्स प्राइज फाउन्डेसनले अन्तिम तीनको मनोनयमा पारेको हो ।
यस अघि यो पुरस्कार नेलशन मण्डेला, आङ साङ सुकी र देशमण्ड टुटुलाई प्रदान गरिएको थियो । संस्था तर्फ भने यो अवार्ड माइती नेपालले पाइसकेको छ । 
इन्दिराले प्रिजनर्स एसिस्टेन्स नेपाल नामक संस्था सन् २००० स्थापना गरेर हजारौं बालबालिकाको उद्धार गरेकै कारण उहां यो मनोनयनमा पर्नुभएको हो । जन्म कैदको सजाय पाएका अभिभावक लामो समय जेलमा रहने र उनीहरुका बालबालिकाको बिचल्ली हुने देखेर यस्तो सेवामूलक कार्य थालेकी इन्दिराको संस्थाबाट सहयोग पाएर हाल विद्यालय जाने विद्यार्थीको सख्ंया ४ सय नाघेको छ । यसका साथै उहांको संस्थाले जेल परेका युवाहरुलाई सीप पनि सिकाउने काम गर्छ । सन २००५ मा उहांले अशोका फेलोसिप पाउनु भएको थियो भने २००९ मा न्युयोर्क स्थित एशिया सोसाइटीको एशिया ट्वान्टी वन योङ लिडर पब्लिक सर्भिस अवार्डबाट पनि सम्मानित हुनुभएको थियो । झापाको गरिब परिवारमा जन्मेकी इन्दिराले १० बर्ष सम्म स्कुल समेत जान पाउनु भएन भने एकैपटक पांच कक्षामा भर्ना भएर पढाई सुरु गर्नुभएको थियो । स्नातक सम्मको अध्ययन पुरा गरेकी इन्दिराले आफ्नो जीवनको आधा समय समाजसेवामा विताउनु भएको छ ।

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।