कैलालीको मोहना नदीमा डुङ्गा डुब्दा चार जनाको मृत्यु भएको छ । सात जना
बेपत्ता छन् ।
१७ फागुन साँझ कैलालीको लालबोझी गाविस–२ चर्रा नजिक मोहना नदीमा दुर्घटना भएको हो । भारतबाट आउँदै गरेका स्थानीयबासिन्दा चढेको ढुङ्गा एक्कासी पल्टिएपछि डुङ्गामा सवार सबै यात्रु डुबेको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बेपत्ता छन् ।
-बच्चु विक, धनगढी
१७ फागुन साँझ कैलालीको लालबोझी गाविस–२ चर्रा नजिक मोहना नदीमा दुर्घटना भएको हो । भारतबाट आउँदै गरेका स्थानीयबासिन्दा चढेको ढुङ्गा एक्कासी पल्टिएपछि डुङ्गामा सवार सबै यात्रु डुबेको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी बेपत्ता रहेकामध्ये तीन जनाको शव भेटिएको छ भने एक जनाको उपचार गर्दागर्दै मृत्यु भएको घटनास्थलमा रहेका कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहन राज जोशीले जानकारी दिए ।
मृत्यु हुनेहरुमा लालबोझी गाविस–१ का ८ वर्षीय सन्दिप चौधरी, लालबोझी गाविस–३ की ४५ वर्षीया फूलमती अली, लालबोझी गाविस–१ की एक वर्षीया सलिना अली रहेका छन् । दुर्घटनामा परी घाइते भएकी लालबोझी गाविस–३ की ३५ वर्षीया लज्जावती लोनियाको उपचारका क्रममा मृत्यु भएको छ ।
डुङ्गामा सवार सात जना अझै वेपत्ता रहेको एसपी जोशीले बताए । वेपत्ता हुनेहरुमा लालबोझी गाविस–१ की ३५ वर्षीया ईन्द्रा चौधरी, २५ वर्षीया पूजा कठरिया, ८ वर्षीय रुक्सार अली, ३५ वर्षीया चुनादेवी चौमर, १८ वर्षीया बुकी मोहनिया, १३ वर्षीय महिमत मोहनीया र १५ वर्षीया कलु इय रहेका छन् । वेपत्ता यात्रुहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय प्रहरी र स्थानीयबासिन्दाले खोजि गरिरहेका छन् ।
दुर्घटनामा परेका आठ जनाको भने १७ फागुन राति नै उद्धार गरिएको थियो । उनीहरुको भारतको कृष्णनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । वर्षाले नदीमा पानी बढेकोले डुङ्गा हलचल हुँदा दुर्घटना भएको एसपी जोशीले बताए ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।