Wednesday, March 19, 2014

बंगलादेशविरुद्ध नेपालको सम्मानजनक प्रदर्शन (फोटो फिचरसहित) घरेलु टोलीसँग ८ विकेटले पराजित


Sagar Pun Out
४ चैत, चटगाउँ । ट्वान्टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ८ विकेटले पराजित गरेको छ । हारका बावजुत नेपालले टेष्ट राष्ट्र बंगलादेशविरुद्ध सम्मानजनक प्रदर्शन गरेको छ । 
जितपछि बंगलोदश ४ अंकका साथ समूहको शीर्ष स्थानमा छ । २ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । मंगलबार भएको पहिलो खेलमा हङकङलाई ७ विकेट हराएको अफगानिस्तानको पनि समान २ अंक छ तर, रन रेटका आधारमा तेस्रो स्थानमा छ । लगातार दुई हार व्यहोरेको हक भने लगभग प्रतियोगिताबाट बाहिरिएको छ ।
चटगाउँस्थित जहुर अहमद चौधरी स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो ।
नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४१ रन बनाए भने शरद भेसवाकर ४१ रनमा अविजित रहे । ३९ रन बनाउँदा तीन विकेट गुमाएको नेपाललाई सम्माजनक स्कोरमा पु¥याउन पारस र शरदले ८५ रनको साझेदारी गरेका थिए । आईसीसीको औपचारिक खेलमा नेपालको यो सर्वाधिक साझेदारी हो ।
बंगलादेशविरुद्ध नेपालले १४०÷१४५ रन बनाउने लक्ष्य लिएको थियो । तर, ज्ञानेन्द्र मल्लको विकेट तथा अन्तिम ओभरमा विनोद भण्डारीको प्रदर्शन राम्रा हुन सकेन ।
नेपालले पहिलो विकेटका रुपमा ३.६ ओभरमा ओपनर सुवास खकुरेललाई व्यक्तिगत ८ रनमा गुमायो । छैटौं ओभरको पहिलो बलमा सागर पुन १२ रनमा आउट भएका थिए भने तेस्रो बलमा ज्ञानेन्द्र १३ रनमा पभेलियन फर्किएका थिए ।
यसपछि नेपालको पारी कप्तान पारस र शरदले सम्हालेका थिए । पारसले ३५ बलमा पाँच चौकाको मदतमा ४१ रन बनाए भने ४३ बलमा ४० रन बनाएका शरदले पनि ५ चौका नै हानेका थिए । १९ औं ओभरमा कप्तान पारस आउट भएपछि व्याटिङमा गएका विनोद भण्डारीले अन्तिम ओभरलाई सदुपयोग गर्न सकेनन् । ‘ओपनर जोडी सुवास खकुरेल र सागर पुन तथा शरद र पारसको प्रदर्शनबाट खुसी छु’ प्रशिक्षक पुवुद्धु दशानायकले भने–‘फाइनल पिनिस हुन सकेन । हामीले आज ज्ञानेन्द्रलाई पनि मिस ग¥यौं ।’
१ सय २७ रनको लक्ष्य लिएर मैदान उत्रिएको घरेलु टोली बंगलादेशले १५.३ ओभरमा मात्र २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालले तिब्र गतिका बलरहरु प्रयोग गरेपनि तमिम इबवाल र अनमुलको ओपनिङ जोडीलाई तोड्न सकेन । नेपाली टोलीका प्रशिक्षक पुवुद्धुले भने सोमपाल र जितेन्द्रको प्रदर्शन राम्रै भएको बताए ।
बसन्त रेग्मीको बलमा सागरबाट व्यक्तिगत ३० रनमा क्याच भएका तमिमले अनुमनसँग ६३ रनको साझेदारी गरेका थिए । अनमुल ४२ रनमा रन आउट भएका थिए । उसका लागि शकिब हल हसनले आक्रमक प्रदर्शन गरे । उनले १८ बलमा चार छक्का र एक चौकाको मदतमा अविजित ३७ रन बनाएका थिए ।
नेपालले आफ्नो अन्तिम खेलमा बिहीवार अफगानिस्तानको सामना गर्ने छ ।
Bangali and nepali Bating finish  Nepali Batsman1 Nepali Batsman2 Parash Return  Sharad and paras Sharad and paras1 Sharad Veshwakar Sharad Veshwakar1 Subash Khakurel1
nepali-cric-fan nepali-cric-fan-1 nepali-cric-fan-2 nepali-cric-fan-8  neplease Suporter3.नेपालमा बसेर खेल हेर्दै
IMG_7940 copy  Basantapur Croud
_MG_9412 copy
cricketnepali supporter.1
_MG_9299 copy
-Source: Onlinekhabar

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।