पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको सुडामा मोटरसाईकल र जिप एकआपसमा ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन ।
आईतबार , १६ चैत्र २०७०
१६ चैत बिहान महेन्द्रनगरबाट धनगढी तर्फ गइरहेको से. १ प. ४६१ नम्बरको दुग्ध विकास संस्थानको जीप र विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ । सुडा–४ नयाँगाउका १९ वर्षीय मोटरसाइकल चालक प्रमोद साउदको घटनास्थलमै मृत्यु भएको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार १७ वर्षीय प्रेम बोहरा तथा जीपमा सवार दुग्ध विकास संस्थान धनगढीका कर्मचारी नरवहादुर कुँवर र उमेश यादव घाईते भएका छन ।
घाईते यादवको महाकाली अञ्चल अस्पतालमा र अन्य दुईलाई थप उपचारका लागि भारततर्फ लगिएको छ ।
जीपका चालक फरार रहेको प्रहरीले जनाएको छ ।
बच्चु विक, महेन्द्रनगर
बच्चु विक, महेन्द्रनगर
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।