Friday, April 11, 2014

एकपटक पुग्नैपर्ने बाजुरका सुन्दर सम्पदा (फोटो फिचर)

२०७० चैत २८ गते १८:०२ मा प्रकाशित
Bajura 3लक्ष्मीराज पाध्याय
२८ चैत, बाजुरा । सुदूरपश्चिमको पहाडी जिल्ला जति दूर्गम छ, त्यति नै सुन्दर पनि । यहाँ पर्यटकीय सम्भावना बोकेका अथाह प्राकृतिक सम्पदा छन् ।
भौगोलिकरुपमा विकट भएपनि बाजुरामा रहेका पर्यटकीयस्थलमै स्वर्गकै टुक्रा बराबर छन् । बाजुरा पुग्न कठिन यात्रालाई यहाँका सुन्दर प्राकृति सम्पदाले चटक्कै बिर्साइदिन सक्छन् ।
बाजुरामा नागबेली भएर बग्ने कर्णाली नदी, बुढिगंगा, मालागाड, बार्जुगाड, कोर्दिगाड, दानसागु, कवाडी, ईकडिगार्डले त्यहाँ पुग्ने जो कसैलाई मोहित बनाए राख्न सक्छन् ।
यहाँका खप्तड ताल, छेडेदह, बुढिनन्दा ताल र कालाजग्रा गुफातालले प्राकृतिक मात्र नभएर धार्मिक महत्व पनि बोकेका छन् । बडिमालिका, बुढिनन्दा, नाटेश्वरी, बडालेख, सुनन्दा, स्वामी कातिर्क र दुनालेख लगायतका धार्मिकस्थलले पर्यटकको मजाले मन बहलाउन सक्छन् ।
देशकै अग्लो तिलिचो तालपछि दोस्रो अग्लो करिब १६ हजार फिटमा कोल्टी गाबिसमा रहेकोे बुढिनन्दा ताल हो । धार्मिक आस्था र अपार प्राकृतिक छटाहरुको सुन्दरताले भरिएको यो तालबारे देशका अन्य स्थानबाट समेत चासो व्यक्त हुन थालेको छ ।
बुढीनन्दा देवी मन्दिरसँगै चट्टानको बीचमा रहेका यो ताल वरीपरी अरु ९ वटा ताल छन् । मुख्य ताल समुन्द्री सतहबाट ४ हजार ५ सय ८१ मिटरमा छ । बुढीनन्दा अवलोकनका लागि साउन-भदौ उपयुक्त महिना मानिन्छ । जनैपूणिर्मामा त्यहाँ भब्य मेला लाग्छ । कोल्टी गाविसमा पर्ने यो क्षेत्रमा पुग्न सदरमुकाम मार्तडी देखि चार दिन पैदल हिँड्नुपर्छ ।
बझाङग, बाजुरा, हुम्ला, जुम्ला लगायत भारतको कुमाउ गडवालबाट समेत दर्शनार्थी आउने भएकाले यस क्षेत्रको संरक्षण र विकासमा राज्यले ध्यान दिनुपर्ने खाँचो छ ।
त्यसैगरी बाजुराकै अर्को चर्चित स्थान बडिमालिका हो । कैलाशमाडौं गाविसमा पर्ने मालिका क्षेत्र धार्मिक धरोहरमात्र नभएर २२ औं पाटनको फाँट र वन्यजन्तु र पंक्षी तथा जडिबुटीको समेत भण्डार हो । यो एक उच्च हिमश्रृंखला हो । सुदूरपश्चिमकै चर्चित बडिमालीकाको उचाईमा रहेको चुचुरोसमेत रहेको धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण छ ।
वर्षर्को ९ महिना हिउँले ढाक्ने यसक्षेत्रमा विचित्र किसिमका ढुङ्गाहरु, औषधिका रुपमा प्रयोग हुने पाच औंले, कटुकी, गुच्ची च्याउ, चिराइतो, तेजपात, पदमचाल, जटामसीसहितका जडिबुटी पाइन्छन् ।
कालाजग्रा गुफाताल ः सदरमुकामबाट चार घण्टाको ठाडो उकालो काटेपछि पुगिने कालाजग्ा्रा चट्टानभित्रको ठूलो ताल हो । ठूलो चट्टानको चारैतिर सल्लाका रुखको जंगल भएकाले यो ताल सुनसान छ । कालाजग्ा्राको पहाडको चुचुरो हिउँले ढाकेर सेताम्मे
छ । चुचुरोबाट अछाम, कालिकोट, बझाङको सैपाल हिमाल, मुगुको राराताल तथा बाजुराकै बडिमालिका, बुढिनन्दा लगायत ठाउँ हेर्न सकिन्छ ।
बाहिरबाट हेर्दा डरलाग्दो देखिएपनि एक सय ५२ जातका जडिबुटी तथा विभिन्न फूल पाइने यहाँ छुट्टै आनन्द मिल्ने स्थानीय बताउँछन । वर्षर्को ९ महिना हिउँले ढाक्ने यहाँ जेठ र कात्तिक पुणिर्माका दिन मेला लाग्ने गरेको छ ।
Bajura 4जिल्ला विकास समितिले पर्यटनक्षेत्रको सूचीमा राखेपनि यसको संरक्षण र प्रचार हुन सकेको छैन । हिउँदमा यो ताल पूरै जम्ने गर्छ ।
बाजुराको अर्को पुग्नैपर्ने ठाउँ छेडेदह हो । बाजुराको ठूलो ताल छेडेदहको संरक्षणमा स्थानीय जुटेका छन् । सुदूरपश्चिम विकास आयोग अन्तर्गत खप्तड पर्यटन विकास समितिको तीन लाख अनुदान र स्थानीयको श्रमदानबाट तालको घेरबार गरिएको हो ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण तालको चारैतिर घना जंगल, तालको बीचमा खापर देवताको मन्दिर छ । ताल आटीचौर, गुदुखाती र डोगडी गाविसको सीमानामा छ । रारा ताल र खप्तडक्षेत्र घुम्न जाने पर्यटकहरुको बाटो पनि सो क्षेत्रबाट पर्ने भएकाले तालले पर्यटकीय सम्भावना बोकेको स्थानीय बताउँछन् ।
सम्पदा संरक्षणविहीन
सरकारी तथा जनस्तरबाट संरक्षण नहुँदा पुराना मठ-मन्दिर, दरबार तथा जंगलबाट मुर्ति, शिलालेख लगायतका सम्पदा तस्करहरुले चोर्ने गरेका छन् ।
जिल्लाको गोत्री गाविस-४ को काँडाकोटमा करिब १९ सय वर्ष अगाडि मल्ल राजाको पालामा स्थापना गरिएको काँडाकोट दरबारको भग्नावशेष भकाइएको भेटिएको स्थानीयले बताए ।
मल्कालिन दरबारको दक्षिणमा रहेका विभिन्न धातु र भाँडाकुँडा पनि निकालिएको छ । बुढापाकाले त्यस स्थानमा सुन-चाँदी र तत्कालिन मल्ल राजपरिवारले प्रयोग गर्ने भाँडाकुडा भएको बताउने गरेका
छन् । ‘पहिले त्यो ठाउँमा मान्छे जान डराउँथे’, स्थानीय मानजंग मल्लले भने, ‘त्यहाँ पहिला राजाको सम्पत्ति गाडिएको पुर्खाहरुले बताएका थिए ।’
तर संरक्षणको अभावमा पुरातात्विकक्षेत्र जोखिममा पर्दै गएको उनको गुनासो छ । बाजुराको प्रसिद्ध बडिमालिका मन्दिर, कोल्टी गाविसको तलीगोठी कैलाशको मन्दिर, जगन्नाथ गाविसकोे जगन्नाथ ठाकुरको मन्दिर, गोत्री गाविसको कैलाश मन्दिरबाट पुरातात्विक सम्पदा हराएका छन् ।
कतिपय मन्दिरबाट मुति चोरी भएपछि नयाँ मुर्ति राखिएको छ । मानव बस्ती भन्दा टाढाका मठमन्दिर, पुराना दरबार र जङगलमा रहेका महत्वपूर्ण मुर्ति र धातु हराउन थालेपछि सम्पदा संकटमा परेका छन् ।
Bajura Bajura Flower Bajura 5 Bajura 1
Bajura 2
Source: Onlinekhabar

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।