Friday, April 11, 2014

रेखा, केकी, गरिमा, यी हुन् बर्षका सफल नायिका ?

nepali-hit-heroin
यो बर्ष नायिकाहरुको स्टारडम बिक्यो । पर्दामा नायक भन्दा ज्यादा नायिकाहरु नै हाबी बने । जसका कारण पनि पुरुष प्रधान सिनेमा बन्ने नेपाली सिने बजारमा नायिका केन्द्रित चलचित्रले स्थान पायो ।
यो बर्ष व्यापारका हिसाबले कम सिनेमा चले । जसका कारण पनि व्यापारिक रुपमा नायिकाहरुको स्टारडम र कामलाई मुल्यांकन गर्नु जायज देखिदैन । केही नायिकाहरु अभिनय र व्यापारले नै अगाडि रहे भने केही कामले चर्चामा रहे । हामीले यहाँ यो बर्ष सफल मानिएका नायिकाहरुलाई प्रस्तुत गरेका छौ ।
rekha-thapa-fashion
 १. रेखा थापा : छविराज ओझासँग टाढिएपछि नायिका रेखा थापाले आफै निर्माण गरेको चलचित्र ‘काली’ले व्यापारिक रुपमा सफलताको बाटो तय गर्‍यो । यो बर्ष रेखाको चर्चा ‘काली’को व्यापारसँगै, स्क्यान्डलले पनि खुबै भयो । तर पनि नेपाली सिनेमामा विगत एक दशकदेखि नम्बर १ को स्थान ओगट्दै आएकी रेखाले यो बर्ष पनि आफ्नो स्टारडम गीर्न दिइनन् । रेखाले अभिनय गरेको ‘काली’ हिट हुनुको पछाडि उनकै स्टारडमलाई श्रेय गयो । बर्षभरी समाचारमा रेखा बनिरहिन् । उनका सकारात्मक र नकारात्मक दुबै खालका समाचारलाई दर्शकले उत्तिकै महत्व दिए । जसका कारण पनि रेखा यो बर्ष पनि नम्बर १ स्थानमै रहिन् । 
garima-panta
२. गरिमा पन्त : खस्कदो स्टारडमलाई नायिका गरिमा पन्तले यो बर्ष भने जोगाइन् । ‘पराई’ सिनेमाको औषत सफलता पश्चात उनलाई ‘झोला’ले उचाईमा पुर्‍यायो । ‘झोला’मा गरिमाले गरेको जीवन्त अभिनयले तारिफ पायो । यो बर्ष करोड ग्रस क्लबमा गरिमाको यो सिनेमा पनि पर्‍यो । अभिनयका हिसाबले गरिमाले अन्य नायिकालाई धेरै पछाडि छोडिदिइन् । ‘झोला’को सफलताले गरिमालाई फेरि एकपटक व्यस्त बनाइदिएको छ ।
प्रियंका कार्की
प्रियंका कार्की
३. प्रियंका कार्की : लगातार ३ सिनेमा असफल हुँदा नायिका प्रियंका कार्कीको करिअर नै के हुने हो भन्ने प्रश्न धेरैले उठाएका थिए । तर यसैबर्ष प्रदर्शनमा आएको डार्क कमेडी ‘झोले’ले उनलाई सफलता दिलायो । बर्षको अन्तिममा प्रदर्शनमा आएको अर्को चलचित्र ‘नाई नभन्नु ल २’ मा उनले गरेको कामको तारिफ धेरैले गरेका छन् । अर्को बर्ष प्रियंकाले अभिनय गरेका थुप्रै सिनेमा हलमा लाग्नेछन् । राम्रा ब्यानरका सिनेमामा पनि प्रियंकाकै हालिमुहाली देखिएको छ । keki-and-namrata
४. केकी अधिकारी र नम्रता श्रेष्ठ : व्यापारिक रुपमा केकीका कुनै पनि सिनेमा यो बर्ष सफल भएनन् । तर पनि केकीको अभिनयको तारिफ भने यो बर्ष खुबै भयो । केकीले अभिनय गरेका ‘महशुश’ र ‘बितेका पल’ले व्यापारिक रुपमा खासै चमत्कार त गर्न सकेनन् । तर पनि उनको अभिनयको भने मुक्तकण्ठले प्रशंसा गरियो । केकीले अभिनय गरेको अर्को चलचित्र ‘मुटु’ पनि असफल भयो । व्यापारिक रुपमा सफल सिनेमा नदिएपनि केकीले आफ्नो अभिनयका कारण सबैको मन जितिन् । यस्तै नायिका नम्रता श्रेष्ठका दुबै सिनेमा असफल बने । ‘मौन’ र ‘मेघा’को व्यापारले नम्रतालाई नचलेकी हिरोइन त बनाइदियो तर सिनेमामा उनले गरेको कामको समिक्षकहरुले खुलेरै प्रशंसा गरे । ‘मौन’मा नम्रताले गरेको अभिनय साच्चिकै प्रशंसायोग्य छ । अर्को बर्ष नम्रताका थुप्रै सिनेमाहरु हलमा लाग्नेछन् । उनी बर्षकै व्यस्त नायिकाको सूचिमा परिन् । nita-dungana-in-urbasi
५. नीता ढुंगाना : ‘उर्वशी’ र ‘दबाब’ असफल भएपनि नायिका नीता ढुंगानालाई ‘छ एकान छ’ ले जोगाइदियो । ‘उर्वशी’ र ‘दबाब’मा नीताको मुख्य भूमिका थियो । तर दुबै सिनेमामा उनको स्टारडम चल्न सकेन । तर हाँस्यकलाकारहरुको भिडमा रहेर नीताले अभिनय गरेको ‘छ एकान छ’ ले पनि बर्षकै सर्वाधिक कमाउने सिनेमाको रेकर्ड राख्यो । जसका कारण पनि नीता यो बर्षकी सफल नायिका मानिन्छिन् । ‘छ एकान छ’ मा उनको अभिनयको तारिफ कमै मात्र भयो । नीता यो बर्ष व्यापारिक रुपमा हिट र अभिनयका हिसाबले खासै नचम्किएकी नायिका हुन् ।
यो बर्ष नायिकाहरु केही हाबी भए । तर पनि नायिकाहरु मख्ख हुने ठाउँ भने छैन । किनकी, नेपाली नायक तथा नायिकाको स्टारडम हरेक बर्ष झै यो बर्ष पनि खस्किएको छ । जसलाई जोगाउनु उनीहरुका लागि आजको सबैभन्दा चुनौतीपूर्ण काम हो ।
Source: Onlinekhabar

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।