Wednesday, April 23, 2014

नयाँ पदमार्ग, नयाँ रोमाञ्च - दुई सातामा खप्तडबाट रारा



बिहानभर िहिउँ कुल्चँदै खप्तड पाटन चहार्दा चिसोले जीउ कक्रक्क थियो। थकाइले सबै यात्री लखतरान थिए। भोक उस्तै। खप्तडको सबैभन्दा उच्च स्थान सहस्रलिंग (३,२६८ मिटर)बाट त्रिवेणीतिर झर्दै गर्दा खोला पूरै हिउँले ढाकिएको थियो। अर्थात्, हिउँभित्र बगिरहेको पानी, ठाउँठाउँमा हिउँकै बीचबाट निस्किएका झरना र फोहोरा देखेर नलोभिने कोही थिएन। 

तर, जर्मन पर्यटक कोर्दुला मात्ज्के, ३०, ले जति गौर गरेर अरू कसैले नियालेका रहेनछन्। जंगलको बीचमा पुगेपछि उनले एकाएक आफ्नो झोला पन्छाइन्। लुगा फुकाल्न थालिन्। केही सहयात्री उनको यो तयारीप्रति वास्तै नगरी अघि बढे। जर्मनीवासी नेपाली नवराज रोस्यारा भने उनको ताल देखेर हेरेको हेर्‍यै भए। सोधे, "के गर्न लागेको ?" कोर्दुलाको सहज जवाफ थियो, "म सावर लिन -नुहाउन) चाहन्छु।" तर, उनको एक मात्र चिन्ता थियो, भित्री वस्त्र भिज्ने। रोस्याराले उपाय निकाले, "पत्रकारलाई अगाडि पठाइदेऊ ताकि फोटो नखिचून्। तिमी यहाँ एक्लै नुहाऊ, कसैले देख्दैन। लुगा भिजाउनै पर्दैन।" उनले त्यसै गरनि्। करबि आधा घन्टापछि भिजेको कपाल लिएर देखापरेकी कोर्दुलाले भनिन्, "चिसो पानीले जीउ सेकाउँदा त खूब मजा आउने रहेछ।"

बझाङ, बाजुरा, डोटी र अछामको बीचमा अवस्थित घाँसे मैदानको यो अचम्मको भूगोलमा पुग्न सजिलो छैन। तर, पुगेपछिको आनन्द वर्णन गरसिाध्य छैन। आनन्द कसले कसरी उठाउँछ, त्यो बेग्लै कुरा हो। समुद्री सहतबाट तीन हजारभन्दा बढी उचाइमा रहेको यस ठाउँमा पुगेका जर्मन, बेलायती, स्वीस, डच र नेपाली पर्यटकहरूको जम्बो टोलीका एकसे एक सदस्यले चैत तेस्रो साता खप्तडको आनन्द मज्जैले उठाए। जर्मन पत्रकार आर्यना मिस्सुभाइट, २८, भन्छिन्, "यो ठाउँमा यस्तो भूगोल होला भन्ने कल्पना पनि गरेकी थिइनँ।" 

डोटीको सदरमुकाम सिलगढीलाई पछाडि पार्दै उकालो लाग्दा स्याँस्याँ बढ्छ। सहरको सुविधा छुट्दै जाँदा उकालोतिर बढ्न केही समय खुट्टाले पनि आनाकानी गर्छन्। अनि, केहीबेर हात टेकेरै थुप्रै खुट्किला पार गर्नुपर्छ। तर, वरपरका भीर, पाखा, कुना, कन्धरामा छरएिका बस्ती, किसानले खेतगह्रामा कोरेका सुन्दर बान्कीहरू हेर्दा भने थकाइ पनि मर्दै जान्छ। 

एक घन्टा उकालो नचढ्दै बाटोका दायाँबायाँ ढकमक्क फुलेका लालीगुराँसले स्वागत गर्छन्। फत्रि“mदै गरेका ऐंसेलुका झुत्ताले फेर िआउन निम्तो दिइरहेका छन्, स्याउबारीमा। त्यसपछि बकलेक र एटा चौर आउँछ, जुन खप्तडको एक टुक्रा ल्याएर हाम्राअगाडि पसारएिजस्तो लाग्छ। बकलेकबाट करबि अढाई घन्टामा झिग्राना पुगिन्छ, जुन डोटीको अन्तिम बस्ती र खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार पनि हो। यहाँ ठूला होटल त छैनन् तर खान, बस्न र तातोपानी पिउन पाइन्छ। निकुञ्जको अतिथिगृह पनि छ, जहाँ आफ्नो स्लिपिङ ब्यागमा पल्टिन सकिन्छ। 

२० जनाको यो टोलीमा ११ जना विदेशी छन्। गत वर्ष मात्र नेपाल टे्रकिङ एजेन्ट्स एसोसिएसन -टान)ले खप्तड-रारा पदमार्गको पहिचान गरी एउटा नक्सा तयार गरेको थियो। तर, यस बाटोमा कहाँ कसरी जाने, कहाँ बस्ने, के खाने, बिरामी परे के गर्ने, अप्ठ्यारो पर्दा कसलाई गुहार्ने भन्ने कुनै सूचना र जानकारी कसैसँग थिएन। तर, खप्तड र रारा दुई पर्यटकीय स्थलका तस्बिर राखेर जर्मनीमा बसिरहेका डोटीका रोस्याराले एउटा ब्लग लेखेका थिए, 'कुनै पनि सुविधाको ठेगान नभएको यस पदमार्गमा यात्रा गर्न चाहनेले सम्पर्क गर्न सक्नुहुन्छ।' डेढ सयले यसबारे सोधपुछ गरे। करबि ५० जना पदयात्राका लागि तयार भए। नेपाली हवाई सेवालाई युरोपेली युनियनले कालोसूचीमा राखेकाले केही आउन असमर्थता जनाए। जर्मनी, स्विट्जरल्यान्ड, बेलायत, नेदरल्यान्ड र आन्तरकि पर्यटकसमेत गरी २० जनाको समूह तयार भयो। १९ चैतमा धनगढीमा सबै भेला भए। सिलगढी, डोटीबाट पदयात्रा सुरु भयो, २० चैतमा।

पदयात्राको दोस्रो दिन अर्थात् २१ चैत बिहानै झिग्रानामाथिको नाकै ठोक्किने उकालो चढ्न थालियो। घना जंगलको बीचमा सुरुङजस्तो बाटो। थकाइ, भोक, प्यास, लेक बढ्दै जाँदा पातलिँदै गएको प्राणवायु -अक्सिजन)का कारण स्याँस्याँ पनि गर्न नपाइने यो उकालोले भने जीवनभरको दुःखलाई माथ गर्ने रहेछ। धन्न, कोर्दुलाले उकालो सकिनै लाग्दा पानीको बोतल भेटिन्। बोतलसँगै राखिएको कागजको टुक्रामा लेखिएको थियो, 'कोर्दुलाका लागि।' उनको असिनपसिन र रातोपिरो अनुहारमा एकाएक लाली गुराँस फुल्यो। बोतल उठाइन्। बोतललाई चुमिन् र भनिन्, "इट्स सो लभ्ली।" अनि, अनुमान लगाइन्, "यो पक्कै टोमटोमको काम हो, जो मलाई उकालोमा एक्लै छाडेर अगाडि गएको थियो।" बोतल राखिदिने यस्ता आत्मीय साथी सबैले नभेट्न सक्छन्। तैपनि, गुराँसको लालीमा, कोइलीको कुहुकुहु, ढुकुरको कुरकुर र बाटोसम्मै लत्रेका पालुवाको स्वागत सबैले पाउँछन्। तर, अपि साइपाल हिमालको सलाम पाउन भने खप्तडको सन्की मौसम शान्त हुनुपर्छ। 

पाँच जना गोराको आफ्नै संसार छ। सरतिा गुरुङ, २८, कास्की र सुशीला विष्ट, रोल्पा, ले ती पाँचैको नाम राखिदिएकी छन्, पाण्डवहरू। द्रौपदी को त ? "भन्न मिल्दैन," दुवैले खित्का छाडे। पाण्डवहरू प्लास्टिक हातमा बोकेका। अलि ओरालो भेट्यो त्यही प्लास्टिकमाथि बसेर चिप्लेटी खेल्छन्। कञ्चन हिउँबाट निस्केको पानी बोतलमा भर्छन्। 

२२ पाटन -घाँसे मैदान), ५२ झोती -थुम्का) र ९ दह -ताल)को खप्तड एकै दिनमा कसले घुम्न भ्याउने ? अर्को दिन खप्तडमा कसरी बित्यो, पत्तै भएन। कोही बिहानभर सुते। कोही खाना खाएपछि ओछ्यानतिर हराए। भोलिपल्ट खप्तड छाड्नुपर्दा धेरैले आनाकानी गरे। धेरै दिन बिताउन नपाउँदा पश्चात्ताप व्यक्त गरे। तर, अगाडि नबढी धरै थिएन। टोली बिहानै बाजुरा लाग्यो। 

साँझ डोगडी पुगियो। भोलिपल्ट डोगडीबाट सीधा उकालो उक्लँदा जति थकित भए पनि डाँडाको टुप्पोमा रहेको छेडे दहमा पुगेपछि मनमा उमंग छाउँछ। चिया पसलमा पनि आराम गर्न सकिन्छ। त्यसपछि बाटो पनि सरल। सम्म परेको आटीचौर उपत्यकाभर िछाएको खेतको हरयिाली अनि सामुदायिक वनका दृश्यमा मन भुल्छ र खुट्टा आफसे आफ अघि बढ्छन्। ओलीगाउँमा पनि खानेबस्ने राम्रो व्यवस्था रहेछ। खाना खाएर टोली अघि बढ्यो। हिजो निर्जन जंगलको बाटो हिँडेको टोली आज पाइलैपिच्छे जनजीवनसँग अद्यावधिक भइरहेको छ। गाईका बथान, घाँस, दाउरा र स्याउलाका भारी बोकेका गोठाला, खेतमा व्यस्त किसान र घरमै उद्यम गररिहेका उद्यमीहरू यस बाटाका थप आकर्षण हुन्। साँझको बसाइ भने सहज नहुन सक्छ। नैनामा एकाध मात्र होटल छन्। पाटाको उकालो काट्न कम्तीमा डेढ घन्टा कस्सिएर हिँड्नुपर्छ। त्यसैले सुधाडाका गाउँमा बास बस्नु बुद्धिमानी हुन सक्छ।

पाटाको उकालो सकिएपछि भने खानबस्नको कुनै समस्या छैन। चिटिक्क परेका घर सुरु हुन्छन्, पिनालेकबाट। बाजुरा सदरमुकाम मार्तडी बजारको चहलपहल यहीँबाट नियाल्न सकिन्छ। जुगाडावासी कृषि पर्यटनको गन्तव्य बनाउन लागिपरेका छन्। स्थानीय अग्र्यानिक उत्पादनको खाना खुवाउने, घरमै पर्यटकलाई राख्ने र उनीहरूलाई सांस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन पनि दिलाउने तयारीमा रहेका छन्। स्थानीय डम्म महत भन्छन्, "खप्तड रारा मार्गमा हिँड्ने पर्यटकलाई एक छाक खुवाउने र सुताउने मात्र होइन, एक दिन भुलाउने योजनामा हामी छौँ।"

भौनेरामा खाना खाएर मार्तडी सजिलै पुगिन्छ। खानबस्न मात्र होइन, मार्तडीमा इमेल, इन्टरनेट, टेलिफोनको पनि सुविधा भएकाले परविार र बाँकी विश्वसँग अद्यावधिक हुने र आराम गर्ने अवसरका रूपमा उपयोग गर्न सकिन्छ। खप्तडदेखिको थकान मेटिएन र खुट्टाको दुखाइ बढी भएमा मार्तडीदेखि पाण्डूसैनसम्म जिपमा जान सकिन्छ। पाण्डूसैनबाट कोल्टी तीन घन्टामा पुगिन्छ।

कोल्टीमा थुप्रै होटल छन्। स्वास्थ्य चौकी छ। विमानस्थल छ। सुदूरपश्चिम पहाडका प्रायः विमानस्थल बन्द भइरहँदा यहाँको विमानस्थल भने पिच हुँदै छ। यात्रा अघि बढाउन नमिल्ने अवस्था आइहाले जहाजबाट नेपालगन्ज र्झन सकिन्छ। गुल्जार बजार छ। ड्राइ फुडहरू सकिएको भए यहाँ किनेर लैजान सकिन्छ। यहाँ एक दिन आरामको दिन बनाउन सकिन्छ। दुई घन्टा हिँड्ने हो भने बाँधु पुगिन्छ। बाँधु अर्थात् कणर्ाली नदीको किनार। चुलीगाड पनि त्यहीँ आएर मिसिएको छ। त्यसैले यस ठाउँलाई चुलिघाट पनि भनिन्छ। कणर्ाली किनारमा तीन-चारवटा होटल छन्। बस्ने व्यवस्था छ। किनारमा टेन्ट गाडेर बसे पनि हुन्छ। हामीले कणर्ालीको सुसेली र चिसो हावा खाँदै पाल टाँगेर रात बितायौँ। 

बिहानै खाजा खाएर कणर्ाली किनारैकिनार अघि बढ्यौँ। करबि आधा घन्टाको दूरीमा स-साना पसल, होटल भेटिन्छन्। करबि तीन घन्टामा झोगुला पुगिन्छ। बाटो गाह्रो छ। चट्टाने भीरमा साँघुरो बाटो। तल एकोहोरो कर्नाली सुसाउँछ, अरू केही देखिन्न। अलिकति पनि खुट्टा वा आँखाले धर्म छाड्यो भने जीवनलीला कणर्ालीमा समाप्त हुन सक्छ। झुगला पुगेपछि खाना अर्डर गरेर पौडी खेल्न जान सकिन्छ। यो मुगु र बाजुरा जिल्लाको सिमाना पनि हो। यही बाटोमा हुम्ली अनुहारहरू नियाल्न सकिन्छ। नेपालको पुरातन अनुहार हेर्न मन लागे यही बाटोमा दुई मिनेट उभिए पुग्छ। 

झुगला तरेपछि कणर्ालीलाई बायाँ पार्दैै अघि बढिन्छ। आमगाउँ हँुदै रातोपानी पुगेपछि अर्को बस्ती आउँछ। यहाँ स्कुल, बजार, प्रहरी चौकी र स्वास्थ्य चौकी छन्। यहाँबाट आधा घन्टामा बिराबगर पुगिन्छ। बीराबगरमा केही होटल र पसल छन्। सानो गाउँ अगाडि अग्लो चट्टान छ। गाउँभन्दा अगाडि छहराले स्वागत गर्छ। खत्याड खोलाको किनार र चट्टाने पहाडको खोँचमा अवस्थित यस सानो बस्तीमा करबि १० जना जतिलाई बस्ने व्यवस्था छ। आफ्नै टेन्ट गाडेर झरनाको आवाजसँगै सुत्ने हो भने अलि धेरै अतिथिलाई खुवाउन सक्छन्, स्थानीयले। पुरानो नेपालको सजीव चित्र हेर्न पाइन्छ, यस बाटोमा। सात दिनदेखि हिँडेर आएका हटेरु भेटिन्छन्। मालसामान ओसार्दै गरेका लस्करै खच्चडसँग जम्काभेट हुन्छ। सानातिना गौँडाबाहेक खासै उकालो बाटो छैन। बाटामा महिलाका पहिरन फरक संस्कृतिका परचिायकजस्ता लाग्छन्। रेनाटा रेटनबेग भन्छिन्, "यो त हेरटिेज ट्रेलजस्तो लाग्यो, संस्कृतिमा धनी।" कष्टकर जीवनलाई मुगा, पोते र पत्थरका मालाले रंगीन बनाएका छन्, यहाँका महिलाले। "हावापानीकै कुरा गर्दा, अस्ति जाडोले कठ्यांगि्रने अवस्था थियो। आज दिउँसो गर्मीले पोल्यो। अहिले शीतल छ," टोम वाल्तेयर, ३२, भन्छन्। 

झोलुंगे पुल तरेर खत्याड खोलालाई दायाँ पारेर हिँड्नुपर्छ। करबि आधा घन्टाको अन्तरमा अरू ससाना पसल भेटिन्छन्, पैखु पानीमा। त्यसपछि गोटीखोला आउँछ। बीराबगरबाट डेढ घन्टा हिँडेपछि तलिबगर आउँछ। माझचौर पनि भनिने यस ठाउँमा केही राम्रा होटलहरू छन्। खानबस्नको सुविधा बढाउँदै गरेका र पर्यटकमैत्री बनाउँदै गरेका निर्माणाधीन होटल र लजहरू पनि देखिए। हुर्कंदै गरेको बजार छ। औषधी पसल र प्रहरी चौकी पनि छन्। 

यहाँबाट अलिअलि भिरालो हुँदै खोलाको किनारैकिनार पैदल मार्ग अघि बढ्छ। तर, थकाउने खालको उकालो भने छैन। जाममा थोरै पसल छन्। सुत्न पनि पाइन्छ। सेरी पुगेपछि अर्को गुलजार बजार भेटिन्छ। तलिबगरकै हाराहारी छ यो बजार। करबि ६० जनालाई बस्नखान सुविधा दिन सक्ने होटल र अरू पसलहरू पनि छन् यहाँ। 

आज रारा पुग्ने दिन भएकाले खाना खाने हतार सायदै पदयात्रीले गर्छन्। बाउपानीमा खाना खाएर मात्र अघि बढ्नु जाति हुन्छ। किनभने, त्यसपछि जंगल, अग्ला चट्टानले बनाएका खोँचमा निकै हराएपछि मात्र चियानास्ता खाने ठाउँ आइपुग्छ। काठमाडौँको चोभारका गल्छीजस्ता अनगिन्ती गल्छीहरूलाई छेडेर राराको पानी निस्किएको रहेछ। बाटामा ओढार र गुफाहरू छन्। कोणधारी जंगलको बीचमा खोला। खोलामाथि काठका फलेकका साँघुहरू। खोलालाई कहिले दायाँ र कहिले बायाँ पार्दै अघि बढ्दा बेग्लै खेलको अनुभूति हुन्छ। आँखाले हेर्न नभ्याइने, अग्ला पहाडका खाँेच। चट्टानमा प्रकृतिले आफसे आफ कुँदेका रंगीन आकृति। खत्याडको कञ्चन पानी। वरपिर िपहाड र जंगलले घेरेर बीचमा रुमाल बिछ्याइएजस्ता चौरमा पुगेपछि झोला एकातिर फ्याँकेर आनन्दले सुत्न मन लाग्छ। जेउड्या पुगेपछि मुर्मागाउँको नजिक पुगिन्छ। राराबाट सबैभन्दा नजिकको बस्ती पनि हो मुर्मा। स्थानीयकै घरमा बस्ने हो भने गाउँतिर उक्लिन पनि सकिन्छ। जेउड्यामा खाजा खाएर अघि बढ्दा करबि आधा घन्टामा माझघट्ट पुगिन्छ। यसको सिरानमा मुर्माटप छ, बीचमा मुर्मा गाउँ। 

माझघट्टबाट बिहानै मुर्माटप जान मिल्छ। घोडा पनि मिल्छ। माझघट्टबाट उकालो लागेपछि थान्चे खोलामा स्याउका बगैँचामा हराउन मन लाग्छ। पनेरी खोलामा मुर्माका महिलाहरू नुहाइधुवाइ गररिहेका छन्। कोचेकाँधमा पुगेपछि उत्तरतिर फर्केर हेर्दा पहाडहरूको बीचमा कचौराजस्तो वस्तु राखेको देखिन्छ। यही हो रारा। राराको पहिलो दृश्य पनि हो यो। मुर्माटप यस यात्राको सबैभन्दा उच्च स्थान हो र सबैभन्दा चिसो ठाउँ पनि। यहाँबाट जता फर्किए पनि हिमालैहिमालको माला उनिएजस्तो लाग्छ। साइपाल, बेउलाबेउली, बडीमालिका, चुचेमारा, ऋणमोक्ष, कान्जिरोवालगायत हिमालवरपिर िठडिएका छन्। हिमाल र पहाडका खोँचखोँचमा, कान्लाकान्लामा र कणर्ाली नदीका समथर फाँटमा फैलिएका बस्तीहरू यहीँबाट हेर्न मिल्छ। उता राराको सिंगो आकृति हेर्दाको अनुभूति वर्णन गर्नै नभ्याइनेछ। यस ठाउँलाई स्थानीय डबलबहादुर रोकाया पोखराको सराङकोटसँग तुलना गर्छन्, जहाँ गएर पोखराको लेकसाइडको दृश्य हेर्न सकिन्छ। त्यसै गरी मुर्माटप नपुगी राराको सिंगो दृश्य देखिँदैन, असली स्वरूप थाहा पाइँदैन। २.६५ किलोमिटरमाथि रहेको यो लेक चढेर माझघट्ट र्फकंदा तीन घन्टा लाग्छ। त्यतिन्जेल खाना तयार भइसक्छ र रारालाई नजिकबाट हेर्ने हतार हुन्छ। १० मिनेटमा राराछेउ पुगिन्छ। डोटीको सिलगढीबाट खप्तड हुँदै रारासम्म आइपुग्न १३ दिन लाग्यो। टानले चाहिँ जुम्ला-रारा-खप्तड हुँदै बझाङको तमैल पुग्न १६ दिनको यात्रा तालिका बनाएको छ।

सुशीला विष्टले राराको छेउमा पुग्नेबित्तिकै बोकिरहेको झोला एकातिर हुर्‍र्याइन्। उकालोमा साथ दिने लठ्ठीलाई पनि बेपर्वाह फ्याँकिन्। हावाको बेगमा तालतिर दौडिन्। चर्को आवाजमा कराइन्। हावाले हल्लाइरहेको तालको पानी समुद्रको छालजसरी आइरहेको थियो। निकैबेर पानीमा खेलिन्अनि भनिन्, "मेरो जीवनमा प्रकृतिले यति धेरै कहिल्यै लोभ्याएको थिएन।" 





खप्तड-रारा तथ्य

सबैभन्दा तल:    चुलिघाट -बाजुरा) 

सबैभन्दा उच्च स्थान:    मुर्माटप -मुगु) 

सबैभन्दा चिसो:   मुर्माटप र सहस्रलिंग 

सबैभन्दा तातो:    चुलिघाट 

सबैभन्दा खतरनाक बाटो:    कर्नालीको चट्टान

सबैभन्दा निर्जन, सुनसान ठाउँ:    खप्तड

सबैभन्दा महँगो खाना:     लसके चौर (बाजुरा) रु ५००।-

सबैभन्दा सस्तो बास:    झुगला -बाजुरा) र तलिबगर (मुगु), २० रुपिया)

सबैभन्दा उत्तम खाना:    भौनेरा, बाजुरा

सबैभन्दा उत्तम सांस्कृतिक कार्यक्रम:    सिलगढी र मार्तडी 

सबैभन्दा लामो दिन:   चौथादेखि आचार्य लिही

सबैभन्दा कठिन दिन:    नैनादेखि मार्तडी 

सबैभन्दा राम्रो दिन:    चौथादेखि आचार्यलिही (हिमानदी, सिंजा उपत्यका, घोडामौलाका दृश्यका कारण)

सबैभन्दा कठिन उकालो:    बीचपानी, डोटी,  पाटा ९बाजुरा), गुर्ची लेक (मुगु)

सबैभन्दा राम्रो नदी:    हिमानदी (सिंजा)

सबैभन्दा मनमोहक जीवनशैली:    आटीचौर (बाजुरा) र सिंजा (जुम्ला) 
Source: Nepal

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।