गणेश पाण्डेय , लण्डन
नेपाल का सर्वाधिक चर्चित हास्यकलाकार हरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य को मह जोडी बेलायत हसाउने तयारी म ब्यस्त छ । मह यात्रा को १० दिनको बसाइमा मह यात्रा को कार्यक्रम बेलायतका नेपाली समुदाय लाई लक्ष्यित गरी प्रमुख चार ठाउँमा आयोजना गरिने भएको छ । सोही कार्यक्रममा मोहित आचार्य, नरेन्द्र कङ्साकार र बद्री पङेनी ले पनि साथ दिनेछन । सो कार्यक्रममा अन्जु पन्त को पनि सहभागीता हुने भनियतापनि बेलायत को भिसा ढीलाईका कारण अन्जु पन्त को उपस्थिती हुन नसक्ने कुरा कार्यक्रम का आयोजक कुल आचार्य ले प्रेस बिज्ञप्ती जारी गरी जानकारी दिएका छन ।
मह यात्रा को बारेमा बढी जानकारी दिने उद्धेस्यले पत्रकार महसंघ बेलायत को ब्रेन्टफोर्ड स्थित प्रेमियर होटेलमा भएको कार्यक्रममा ”मह” यात्रा आयोजक तर्फबाट बोल्दै एन आर एन पूर्व अध्यक्ष्य कुल आचार्यले बेलायतबासी नेपालीलाई रमाउने अबसर दिएकोमा सम्पूर्ण कलाकार प्रती आभार ब्यक्त गर्दै मह यात्राका प्राय सबै कार्यक्रम हाउसफुल भएको बतएका छन ।
वरिस्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालमा औधोगिकमय बातावरण नभएकाले कलाकारहरुलाई टेलिभिजन कार्यक्रम चलाउन भन्दा स्टेज कार्यक्रमबाट केही हद राम्रो भएको बताए । सोही कार्यक्रममा बोल्दै वरिस्ठ हास्यकलाकार हरिवंश आचार्यले बेलायतमा रहेका नेपालीबिच कार्यक्रम गर्न पाउदा खुशी लागेको साथै सोही अनुसार तयार भएर आएकाले सजिलै दर्शकको मन जित्नेमा ढुक्क रहेको बताए ।
पत्रकार रमा लमिछिने ले सन्चालन गरेको उक्त कार्यक्रममा पत्रकार महासंघ बेलायत शाखा अध्यक्ष्य चिरण शर्मा,साथै बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थित रहेको थियो । कार्यक्रमको अन्त्यतिर नेपालको समसामयिक गतिबिधीबारे समेत छलफल गरिएको थियो ।
Photos: Bishan Gurung, Chiran Sharma, Shekhar Lamichhane
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।