Thursday, May 1, 2014

यसरी नेपालमय भयो मलेसियाली क्रिकेट मैदान (फोटो फिचर)

nepal vs uae malaysia-1 (2)
सुरेश भुसाल
१८ बैशाख, क्वालालम्पुर । मलेसियामा बिहीबार एकदिवसीय मान्यता प्राप्त यूएईलाई ४ विकेटले पराजित गर्दै नेपालले शानदार सुरुवात गरेको छ । न्यूजिल्याण्डमा भएको एकदिवसीय विश्वकप छनोटमा सबै खेल गुमाएको नेपालका लागि मलेसियामा शाख फर्काउने योजनामा छ । नेपालले ट्वान्टी ट्वान्टी विश्वकपमा बंगलादेशमा राम्रो प्रदर्शन गरेको थियो ।
बिहीबार सेलेङ्गोर टर्फ क्लबमा नेपालले यूएईको सामना गरिरहँदा समर्थकले पनि राम्रो साथ दिएका थिए । मे १ मजदुर दिवसको बिदा परेकाले पनि खेल हेर्न केही समयको संख्यामा नेपाली समर्थक पुगेका थिए ।
nepal vs uae malaysia-1 (1)

विशेषत पारस खड्का, शक्ति गौतम र शोमपाल कामी उनीहरुको मुखमा झुण्डिएको थियो । नेपालले व्याटिङ गरिरहँदा उनीहरु शक्ति दाई विकेट विकेट भनेर टोलीको हौसला बढाउँथे । हातमा नेपालको राष्ट्रिय झण्डा बोकेका उनीहरु नेपालको व्याटिङमा छक्का र चौकाको प्ले कार्ड देखाउँथे ।
खेलाडीहरू इनिङ ब्रेकमा खानाका लागि बस्दा समेत उनीहरूले छाडेनन् । मोबाइलमा तस्वीर खिचाउन उनीहरू तछाड मछाड गरिरहेका थिए ।

जब नेपालले जित्यो, समर्थकहरुले नेपाल, नेपाल भन्दै रंगशाला गुञ्जयमान भएको थियो ।
nepal vs uae malaysia-1 (10)
nepal vs uae malaysia-1 (3)
nepal vs uae malaysia-1 (4)
nepal vs uae malaysia-1 (5)
nepal vs uae malaysia-1 (6)
nepal vs uae malaysia-1 (8)
nepal vs uae malaysia-1 (9)
nepal vs uae malaysia-1 (11)
 Source:Onlinekhabar

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।