राजकुमार
१८ बैशाख, क्वालालम्पुर ।मलेसियामा बिहीबारबाट सुरू भएको एसीसी प्रिमियर लिग क्रिकेटमा नेपालले शानदार सुरूवात गरेको छ । आफ्नो पहिलो खेलमा चिरप्रतिद्वन्द्वी एकदिवयसी मान्यता प्राप्त युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले न्यूजिल्याण्डमा व्यहोरेको हारको बदला लिएको छ । एकदिवसीय विश्वकप छनोट खेलमा यूएर्इले नेपाललार्इ १ सय २ रनले पराजित गरेको थियो ।
क्वालालम्पुरको सेलेङ्गोर टर्फ क्लबमा यूएर्इले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य नेपालले ३९.२ ओभरमा ६ विकेटको क्षतिमा भेट्टाएको छ । नेपालको सुरूवात भने राम्रो रहेन । सुवास खकुरेलसँग ओपनिङ जोडीका रूपमा खेलेका नरेश बुढायर व्यक्तिगत २ रनमा आउट भए, जतिबेला नेपालले २.५ ओभरमा मात्र ६ रन बनाएको थियो ।
नेपालको पारी सुवास र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाले । सुवास र ज्ञानेन्द्रले ६६ रनको साझेदारी गरे ।नेपालको स्कोर ७२ रन हुँदा ज्ञानेन्द्र ४७ रनमा आउट भए । ३७ बलको सामना गरेका उनले एक छक्का र सात चौका हाने । नेपाली पारीमा ज्ञानेन्द्रले मात्र छक्का हानेका हुन् ।
क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको युएईले दिएको एक सय ९२ रनको चुनौति नेपालले ३९ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर भेट्टाएको थियो । नेपालका लागि ओप्नर व्याट्सम्यान सुवास खकुरेलले ७१ रनको योगदान दिए । खकुरेलले ९९ बलमा ११ चौकाको मदतमा ७१ रन जोडेका हुन् । यस्तै ३७ बलको सामना गरेका उपकप्तान ज्ञानेन्द्र मल्लले ७ चौका र एक छक्का हानेका थिए ।
ज्ञानेन्द्र बहिरिएपछि सुवास र पारसको जोडी जम्यो । उनीहरूले ५९ रनको साझेदारी गरे । २४.२ मा नेपालको स्कोर १ सय ३१ हुँदा पारस व्यक्तिगत ३० रनमा पभेलियन फर्किए । ४० बलको सामना गरेका उनले तीन चौका हानेका थिए ।
उनको स्थानमा आएका शरद भेसवाकरले सुवासलाई राम्रै साथ दिए । ९१ बलको सामना गरेका सुवासले ११ चौकाको मदतमा ७१ रन बनाए ।३१.५ ओभरमा चौथो विकेटका रुपमा सुवास आउट हुँदा नेपालको स्कोर १ सय ६९ रन बनाएको थियो ।
सुवास आउट भएपछि भने यूएर्इका बलरहरू नेपाली व्याट्सम्यानमाथि हावी भए ।२३ रन जोड्न नेपालले ८ ओभर खेल्नु परेको थियो । शरदले २७ बलमा १६ रन जोडे भने मेहबुब आलम १६ बलमा ५ रन बनाएर पभेलियन फर्किए । ३९.५ ओभरमा बिनोद भण्डारीले चौका हान्दै नेपाललार्इ जित दिलाए । विनोद ९ र बसन्त रेग्मी ८ रनमा अविजित रहे ।
यसअघि टस हारेर व्याटिङको निम्तो पाएको यूएर्इले ४८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । खराव सुरूवात गरेको उसको पारी मध्यक्रममा व्याट्सम्यानले सम्हालेका थिए । उनका लागि स्वप्निल पाटिलले ७६ रन बनाए । कराटेले ३६ रन जोडे ।
यूएर्इलार्इ सस्तैमा समेट्ने क्रममा सोमपाल काकी र मेहबबु आलमले समान ३/३ विकेट लिए । सोमपालले ९.१ ओभरमा १ मेडन राख्दै ३९ रन दिएका थिए भने २०१२ पछि पहिलो पटक राष्ट्रिय टोलीमा परेका मेहबुबले ८ ओभरमा २१ रन दिए । शक्ति गौचनले १० ओभरमा ३ ३१ रन दिएर २ विकेट हात पारे ।
नेपालका सुवास खकुरेल म्यान अफ दि म्याच भए । नेपालले भोलि शुक्रबार मलेसियासँग खेल्नेछ ।
-Source: ONlinekhabar
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।