Monday, May 5, 2014

रारा…. जहा मन भुल्छ सारा (फोटो फिचर)

शब्द/तस्वीरः भरतबन्धु थापा
1
लगातार एकहप्तासम्म हिँडेर थकित अवस्थामा रारा पुगेका जर्मनीका क्रोडुला मट्जके रारा ताल छेउमा पुगेपछि सबै थकान हराएको बताउँदै थिइन् । हिड्न नसकेर रारा पुग्नुअघि नै बास बस्ने तयारी गरेकी उनले भनिन् -’अगाडि नै बास बसेको भए, म धेरै पछुताउने थिएँ ।’
क्रोडुला मात्र होईन रारा तालसम्मको गन्तव्य बनाएर गएका जोकोहीले यसरी नै आफ्ना पीडाहरु भुल्ने गरेका छन् । नेपालको सबैभन्दा ठूलो ताल रारा प्राकृतिक रुपमा जति सुन्दरछ, त्यो सुन्दरताको दृश्यावलोकन गर्न उत्तिनै कठिन छ । रारा पुग्नका लागी एकमात्र हवाई माग भएको ताल्चा विमानस्थल अहिले पिच गर्ने कार्य सुरु भएका कारण केही समय बन्द हुँदा जुम्लादेखि तीन दिनको पैदलमार्ग भएर पुग्न सकिन्छ रारा ।
तर जुम्ला सम्म पनि हवाई यातायातको उचित व्यवस्थापन नहुदा समस्या पर्ने गर्दछन् राराका लागि यात्रा तय गर्ने पर्यटकहरु । रारा तालमा नया बर्ष मनाउने सोचका साथ खप्तडदेखि यात्रा गरेका ११ जना विदेशी र ९ जना नेपाली पर्यटक जब बर्षको अन्तिम दिन रारामा बास बस्न पुग्दा सबै आफ्नो थकाई नै विर्सीएका थिए । मसहित केही साथीहरु एक दिन अघि नै पुगेपनि अन्य साथीहरु भने अन्तिम दिनमात्र पुगेका थिए ।
रारामा सूर्य अस्ताउँदा
रारामा सूर्य अस्ताउँदा
छिन छिनमा पानी पर्छ छिनमा घाम लाग्छ । छिन छिनमा मौसमम परिवर्तन भईरहने । घाम लागिरहेका बेला राराताल पुगेका धनगढीका आशीष चौधरी एक छिन मै हिँउ परेका देख्दा छक्क परे । उनी मात्र नभएर नभएर रारा पहिलो पटक पुगेकी कास्कीकी सरिता गुरुड पनि जीवनमा पहिलो पटक हिउँ देख्न पाएको भन्दै रमाएकी थिइन् । रारामै नया बर्ष मनाउनका लागी जाने विदेशीहरुका संख्या शुन्य भएपनि नेपाली भने उल्लेखनिय रुपमा दिन प्रतिदिन बढ्दै गएको डाफेँ लजका संचालक गोपल बलमे बताए । नयाँ बर्षको समयमा रारा ताल छेउमा एक मात्र होटल डाफे लजमा बास बस्नका लागी अभाव समेत हुने गर्दछ ।
समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाईमा अवस्थित रारा तालमा विश्वकै दुर्लभ स्नो टाउट प्रजातीको माछा पाईन्छ । रारा तालका पुरा आकृती हेर्न लागी समुन्द्री सतहबाट करिब ४ हजार मिटर उचाईमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल हो ।
चरन चर्दै
चरन चर्दै
हिउँ परेको बेला डाँफे लज
हिउँ परेको बेला डाँफे लज
दृश्यावलोकनका लागि बनाइएको स्थान
दृश्यावलोकनका लागि बनाइएको स्थान
रारा ताल
रारा ताल
तस्वीर खिच्दै पर्यटक
तस्वीर खिच्दै पर्यटक
खेति गरिएको स्थान
खेति गरिएको स्थान
पर्यटक
पर्यटक
तालमा डुवेको रूख
तालमा डुवेको रूख
तालको फोटो खिज्दै
तालको फोटो खिज्दै
गफ गर्दै पर्यटकहरू
गफ गर्दै पर्यटकहरू
Source: Onlinekhabar

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।