धनगढी २० बैसाख
कैलालीका केहि जुझारु युवाहरुको अगुवाईमा शनिबार कैलाली र कंचनपुर सिमा क्षेत्रमा पर्ने मोहना करिडोर क्षेत्र सरसफाई गरेका छन् !
विभिन्न पेशा र क्षेत्रमा आबद्द युवाहरुले स्वत स्फुर्त सो क्षेत्रमा भएका विभिन्न फोहोरहरु संकलन गरिब्यबस्थापन गरेका हुन् ! विभिन्न समयमा सो क्षेत्रमा घुम्न जाने, पिकनिक जाने व्यक्तिहरुले फोहोर जथाभाबी गरेकाले केहि युवाहरुको सक्रियतामा शनिबार त्यस स्थानमा सरसफाई गरिएको हो !
सड्न धेरै समय लाग्ने प्लास्टिकका सामाग्रीहरु र अन्य फोहोर मैलाहरुले रुख बिरुवा हुर्किन बढ्न अबरोध गर्ने र घाँसहरु उम्रन नसक्ने भएकाले प्लास्टिकजन्य फोहोरहरुलाइ ब्यबस्थापन गरिएको थियो !
सरसफाई कार्यक्रममा युथ एक्सनका जिल्ला संयोजक तप्राज जोशी, शान्ति पुर्नस्थापना गृहका कार्यक्रम संयोजक बासुदेब भट्टराई, इन्सेकका जिल्ला प्रतिनिधि सुर बहादुर परियार, माइती नेपालका शिव चरण चौधरी, इन्द्र कान्त पन्त, नबिल बैंकका कपिल केसी, बिशाल बराल, हिमालयन बैंकका जितेन्द्र भण्डारी, सिद्दार्थ विकास बैंकका संजय मुर्ति कोइराला, एल आइ सी का जय देब गौतम, वर्ल्ड लिंकका रामेश्वोर प्राजपति सहभागी थिए !
सरसफाईमा संलग्न युवाहरुले आगामी दिनहरुमा पनि यस्तै छुट्टीको समय मिलाएर केहि रचनात्मक र समाजमा परिबर्तन आउने खालका कार्यहरु गर्ने प्रतिबद्द पनि ब्यक्त गरेका थिए !
Source: Basu Bhattarai
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।