Wednesday, May 14, 2014

एनपीएलमा सगरमाथाद्वारा बिसाल वारियर्स पराजित

३१ बैशाख, धनगढीमा बुधबारदेखि सुरु भएको नेपाल पि्रमियर लिग क्रिकेट एनपीएलमा सागरमाथा लेजेन्ड्सले विजयी सुरुवात गरेको छ ।
NPL-logoउद्घाटन खेलमा विनोद भण्डारीको कप्तानीमा रहेको सागरमाथा लेजेन्ड्सले पारस खड्का नेतृत्वको बिसाल ग्रुप वारियर्सलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
सागरमाथाले प्रस्तुत गरेको २ सय ४३ रनको लक्ष्य पछ्याएको बिसाल वारियर्स ३४ औं ओभरमा १३५ सय रन जोड्दा अल आउट भयो ।
यसअघि पहिले व्याटिङ थालेको सागरमाथा लेजेन्ड्सले ४९.२ ओभरमा सबै विकेट गुमाएर २ सय ४२ रन बनाएको थियो । उसका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ९८ रन बनाए । ७१ बलको सामना गरेका उनले ९ चौका र ४ छक्का हानेका थिए । दिलिपनाथले ३० रन बनाए भने रुपेश श्रीवास्तवले १६ र राहुल विकले १५ रन जोडे ।
बिसाल ग्रुप वारियर्सका रामनरेश गिरीले ३ तथा यज्ञमान कुमाल र सुसन भारीले समान २-२ विकेट लिए । पारस खड्काले एक विकेट लिए ।

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।