विवादकाबीच नेपाल प्रिमियर लिग (एनपीएल) धनगढीमा शुरु भएको छ ।
बहुप्रतीक्षित एनपीएल क्रिकेट ३१ बैशाखदेखि शुरु भएको हो । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले उदघाटन गरे ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा धुमधामसँग प्रतियोगिता शुरु भयो । उदघाटन समारोहमा गायक सुगम पोखरेलले विभिन्न गीत प्रस्तुत गरे । कार्यक्रममा स्थानीय राना थारु संस्कृति पनि प्रस्तुति भए ।
जोहरा स्पोर्टस इन्टरनेशनलले नेपालमा पहिलोपल्ट आईपीएलकै शैलीमा आयोजना गरेको एनपीएल वान–डे प्रतियोगिता हो । प्रतियोगितामा कलर्स एक्स फ्याक्टर्स, तेज, विशाल ग्रुप वारियर्स, कान्तिपुर गोर्खाज, जगदम्बा जायन्टस र सगरमाथा लेजेन्ड्स गरी ६ टोली सहभागी छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले भने ३० बैशाखमा मात्र एनपीएलबाट हात झिकेको थियो ।
दीपेन्द्र सापकोटा, धनगढी
 






 
 
![१७ बर्षिय योगेश ओझाले रिमोट कन्ट्रोलबाट चल्ने ड्रोन जहाज बनाए - [विशेष रिपोर्ट] - फोटो फिचर](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghVx1w-IKXa4lYZAQuNMFlqT61eBoKdZcVixhfEsZQRI-TX0Q4vj0M7D-jV0IRBQzGG8_vbSC5FtmRFV8-5b15qJdYF1DenG0STIzAEczRNgwAAXLWDgk7t6D90gZEMLIccqklhiSxVws/s290/25.jpg) 
 
 
 
 Posts
Posts
 
 
 
 
 
 
 
 
 
 
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।