Thursday, May 22, 2014

सुदूरपश्चिमको खजानाका केही झलकहरु

मनोज दाहाल बैतडी, 

तस्विरहरुमा हेर्नुहोस् सुदूरपश्चिमको सुन्दरता
डोट्याल भाषामा रुबस भनेको सुन्दर हो। 


 
सुन्दरताका दृष्टिले सुदूरपश्चिम क्षेत्रमा पर्ने नौ जिल्लासँग सायदै नेपालका अन्य क्षेत्रले प्रतिष्पर्धा गर्न सक्लान्। तर, अधिकांश क्षेत्र कुनै समयको सम्पन्न डोटी साम्राज्यमा पर्ने सुदूरपश्चिम क्षेत्रमा राज्यको आँखामात्र पर्न नसकेको होइन, स्वदेशी पर्यटकले समेत यो भेकको राम्ररी एक्स्प्लोर गरेका छैनन्। सुन्दा पनि छक्क पर्ने तथ्य के भने सुदूरपश्चिम क्षेत्रमा घुम्नकै लागि भनेर वर्षमा साह्रै नगण्य संख्यामा पर्यटक जान्छन्। सय/दुई सय मात्र।
 
विदेशीलाई त झन् कसले भन्ने, नेपाली नै पनि एनजिओकर्मी, प्रायोजित घुमघाममा जाने पत्रकार/अन्य पेशाकर्मीहरु र कुनै परियोजना वा सरकारी कामको सिलसिलामा जाने कामकाजीहरु बाहेक अरु सुदूरपश्चिम पुग्दैनन्। हिमाली÷पहाडी भेगमा पर्ने अपि वा सैपाल ट्रेक, खप्तड क्षेत्र वा रामारोशन त पर्यटक जाँदैनन् नै, सुगम कञ्चनपुर जिल्लामा पर्ने शाहीशुक्ला वन्यजन्यु आरक्ष पनि घुमन्तेहरुको आकर्षणमा छैन। 
 
म पनि जीवनमा दुईपटकमात्र सुदूरपश्चिम पुगेको छु। एकपटक कार्यालयको काममा र अर्कोपटक प्रायोजित घुमघाममा। देहरादून वा हरिद्वार जाँदा बाटोमा परेका कैलाली र कञ्चनपुरलाई बिर्सने हो भने। 
 
नयाँ वर्षको पहिलो साता मित्र अमृत भादगाउँलेको संयोजन र धनगढीको रुबस होटलका सञ्चालक प्रकाश भट्टको प्रायोजनमा हामी काठमाडौंका पाँच पत्रकारहरुको टोलीले चार दिन सुदूरपश्चिमको सयर गरेका थियौँ। 
 
बैतडीका प्रकाश भट्ट पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दको गाउँ बासुलिंगकै रहेछन्। बासुलिंग गाविस र त्योसँगै जोडिएको भुमेश्वर गाविसमा रहेको ‘पाताल भुमेश्वर’ गुफाको प्रचारप्रसार गर्नु भट्टको उद्देश्य रहेछ। आफ्नो गाउँमा रहेको गुफा नेपालकै सबैभन्दा लामो हुनसक्ने सम्भावना र यसको बारेमा स्कन्धपुराणमा समेत उल्लेख भएको भनिएकाले भट्ट व्यक्तिगत पहलमा यसको प्रचारप्रसारमा लागेका रहेछन्। भट्टले चैत अन्तिम साता यही ठाउँमा गुफा महोत्सव पनि गर्ने योजना बनाएका थिए। तर, गुफा अध्ययन गर्ने विदेशी टोलीले यो क्षेत्रमा धेरै प्राचीन गुफा रहेको हुनसक्ने भन्दै राम्रोसँग एक्स्प्लोर गरिनुपर्ने बताएपछि महोत्सव अर्को वर्षलाई सरेको छ।
 
महेन्द्र राजमार्गको अत्तरियाबाट उत्तर लागेपछि सुदूरपश्चिमको सुन्दरता आफ्नै आँखा र हृदयले अनुभूत गर्न सकिन्छ। गोदावरीबाट पहाडतिर उकालिएपछि त लाग्छ– अर्कै संसारमा आइपुगेको छु। 
 
डडेलधुरा हुँदै पाताल भुमेश्वर गुफा पुग्ने र बैतडी सदरमुकाम गोठालापानीमा वास बस्ने हाम्रो योजना थियो। 
 
खानडाँडामा हामीले रोटी, साग र चिया खायौँ। साहुखर्कमा खिर। स्याउलेमा खाना। 
 
डडेलधुराको अमरगढी किल्ला, उग्रतारा मन्दिर र खुलेको मौसममा गाडीको झ्यालबाट देखिएको सौन्दर्यको आनन्द हामीले खानाअघि नै लिइसकेका थियौँ। 
 
पाताल भुमेश्वर गुफा बैतडी सदरमुकामभन्दा केही किलोमिटर तलै पर्छ। स्थानीय युवायुवती (खासमा ती उमेर नपुगेका बालबालिका थिए) स्थानीय शैलीमा बिहे गर्दै थिए त्यहाँ, घाँटीमा भारतीय नोटका माला लगाएर। 
 
यो क्षेत्रमा भारतीय प्रभाव र नेपाली अप्रभाव ती बालबालिकाले घाँटीमा लगाएका भारु नोटका मालाबाटै बुझ्न सकिन्थ्यो। 
 
भट्ट र उनकै सहकर्मीहरुले गुफा पुग्ने बाटो र वरपरको क्षेत्र विकास गर्दै रहेछन्, बैतडीमा पर्यटक पुर्याउन। करिब ८ सय मिटर लामो भनिएको पाताल भुमेश्वर  गुफानजिकै प्राचीन शिवमन्दिर र कुण्ड रहेछ। 
 
त्यहाँबाट निंग्लाशैनी मन्दिर हुँदै हामी बैतडी सदरमुकाम पुग्यौँ। बैतडी सदरमुकामबाट नेपाल र भारतका हिमाल ‘सी’ आकारमा देखिँदो रहेछ– उत्तर, पूर्व र पश्चिम।  
 
हामी गोठालापानी पुग्दा रात परिसकेको थियो। पश्चिमतिर भारतीय भुभाग बत्तीको उज्यालोमा जगमगाएका थिए, यता नेपाली भेक ताराहरुको टिमटिममा आफ्नो कथा सुनाउँदै थिए। 
 
भोलिपल्ट बैतडी सदरमुकाममै जगन्नाथ र शैलेश्वरी मन्दिरको दर्शन गरेर हामीले भारतीय सीमा झुलाघाटमा सानो टहरे नेपाली बजार र तुलनात्मक हिसाबले भव्य भारतीय बजार घुमघाम गर्यौँ र धनगढी फर्क्यौँ। 
 
सुन्दर अर्थ दिने रुबस भन्ने शब्द जति सुन्दर छ, त्योभन्दा कयौँ गुणा सुन्दर छ सुदूरपश्चिमको सुन्दरता। 
 
यी तस्बिरहरु हेर्नुस् न, आफैँ थाहा पाइहाल्नुहुन्छ नि। 
.
तस्बिरहरुः फोटोग्राफीनेपाल डट कम
source: setopati

2 comments:

  1. Manoj sir thank you for your Story but Baitadima shailesory chaina ki jasto lagyo ..Shailesory doti ma hoina ra ...?

    ReplyDelete
  2. 20151008xiaodaige
    juicy couture tracksuit, http://www.juicycoutureoutlet.net/
    michael kors uk outlet, http://www.michaelkorsoutlet.org.uk/
    dolphins jerseys, http://www.miamidolphinsjersey.com/
    abercrombie and fitch, http://www.abercrombie-fitch-hollister.fr/
    washington redskins jerseys, http://www.washingtonredskinsjersey.com/
    winter coats, http://www.cybermondaydeals.in.net/
    michael kors outlet, http://www.michaelkorsoutlet-store.us.com/
    nfl jerseys, http://www.cheapnfljerseys.org/
    discount ugg boots, http://www.uggsale.in.net/
    instyler ionic styler, http://www.instylerionicstyler.com/
    replica handbags,replica handbags outlet,cheap handbags,purses and handbags,wholesale replica handbags,replica bags,bags outlet,replica handbags wholesale,cheap purses,discount handbags,handbags sale,wholesale purses,handbags and purses,replica purses
    chanel handbags outlet, http://www.chanelhandbags-outlet.us.com/
    coach outlet, http://www.coach-outlet-store.us.com/
    49ers jersey, http://www.sanfrancisco49ersjerseys.us/
    cyber monday deals, http://www.blackfridaydeals.us.com/
    prada outlet, http://www.pradahandbagsoutlet.co.uk/
    michael kors outlet, http://www.michaelkorsfactoryoutlets.in.net/
    los angeles lakers, http://www.lakersjerseys.us/
    true religion jeans, http://www.truereligionoutletstore.us.com/
    ugg outlet online, http://www.uggboots-outlet.co.uk/
    herve leger dresses, http://www.herveleger.us.com/
    nike air max, http://www.nikeairmaxshoes.org.uk/
    ghd uk, http://www.ghdhairstraightenerssale.co.uk/
    barcelona jersey, http://www.barcelonajerseys.net/
    coach outlet store, http://www.coachoutletus.us/


    ReplyDelete

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।