Tuesday, May 20, 2014

मनमोहक जुम्लाको सिजा उपत्यका (फोटोफिचर)

समृद्ध मध्यपश्चिम

शब्द तस्बिर/भरतबन्धु थापा
jumla-bazar-1
वरिपरी पहाड, बीचमा समथर जमीन । समथर जमीमननमा गुजुमुजुक्क घरहरु । घरहरुको छेउमै बगिरहेको तीला नदी । यो हो, नेपाली भाषाको उद्गम थलो सिजाको प्राकृतिक अवस्था । बैशाखको पहिलो हप्ता जुम्लाको सिजा पुग्दा सिजा उपत्यका गाउँको हरियालीले ढपक्क ढोकेको थियो ।
नेपाली भाषाको उद्गम थलो भए पनि सिजाले पाउनुपर्ने महत्व पाएको छैन् । ऐतिहासिक रुपले सिजाको निकै महत्व भएपनि त्यँहाको वस्तुस्थिति हेर्ने हो भने खण्डरमा परिणत भएको छ । सिजा पुग्न जुम्लाको खलगा बजारबाट बसमा ५ घण्टा लाग्दछ भने पैदल एक दिन लाग्दछ । तर सार्वजनिक सवारी साधन त्यती नचल्ने हुँदा लोकल जिपहरु रिर्जभ गर्नु पर्ने हुन्छ । रिर्जभ गरिएका जीप निक्कै महँगो हुने गर्दछन् ।
जुम्लाको उर्थु गाउँ
जुम्लाको उर्थु गाउँ
जुम्लाका नेपाली भाषाको उद्गम थलो सिजा उपत्यका मात्र नभएर विश्वमै उच्च स्थानमा धान फल्ने स्थान पनि हो । पर्यटकीय हिसावले यहाँका फाटहरु , मन्दिरहरु निकै महत्तवपुण छन् । यद्यपी उचित प्रचारप्रसारको कमीले चर्चामा आउन सकेका छैनन् । जुम्लाका पर्यटकीय स्थलहरुमा बजारको चन्दनाथ मन्दिर, भैरव मन्दिर, सिजा उपत्यका, तातोपानी क्षेत्र, पातरासी हिमाल, कान्जिरोवा हिमाल, पाण्डव गुफा रहेका छन् । त्यस्तै यहाँको दमाह नाँच, हुड्के नाँच पनि निकै महत्तवपुर्ण मानिन्छ ।
सिजा उपत्यका
सिजा उपत्यका
जुम्लामा लगाएको खेती
जुम्लामा लगाएको खेती
दमाहा नाँच
दमाहा नाँच
चरन
चरन
बेच्न लगिएका दाउरा
बेच्न लगिएका दाउरा
अार्चायली गाउँ
अार्चायली गाउँ
चन्दनाथ मन्दिरको धुनी
चन्दनाथ मन्दिरको धुनी
चन्दनाथ मन्दिर
चन्दनाथ मन्दिर
हुड्के नाँच
हुड्के नाँच
जुम्ला बसपार्क
जुम्ला बसपार्क
दमाह बजाउने तयारी
दमाह बजाउने तयारी 
Source:Onlinekhabar.com

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।