शब्द/तस्वीर– भरतबन्धु थापा
प्राकृतिक सुन्दरतामा रमाउन चाहने विदेशी एवं स्वदेशी पर्यटकका लागि खुशीको खबर । सुदुरपश्चिमका दुई मनमोहक स्थल खप्तडदेखि रारासम्मको पदयात्रा खुलेको छ । हालै एउटा टोलीले पहिलोपटक यो मार्गबाट सफल पदयात्रा गरेपछि अब खप्तड र रारा आपसमा जोडिएका छन् ।
बैशाखको पहिलो हप्ता सुदुरपश्चिमको पर्यटकीयस्थल खप्तडबाट मध्यपश्चिमको पर्यटकीयस्थल खप्तडलाई जोड्दै सो पदयात्रा गराइएको हो । पदयात्रामा जर्मनी, नेदरल्याण्ड र नेपालका पदयात्रीलाई आफ्नै खर्चमा धनगढीस्थित पर्यटन विकास समाजले सहभागी गराइएको थियो ।
विकासको राम्रो सम्भावना भएर पनि पश्चिम नेपालका पर्यटकीय स्थलमा पर्यटकको आगमन उल्लेख्य हुन नसकिरहेका बेला पर्यटन विकास समाज धनगढीको पहलमा पहिलोपटक खप्तडदेखि रारासम्म पर्यटकहरुलाई पदयात्रा गराएको हो ।
करिब एक बर्षअघि नेपाल ट्रेकिङ एशोसियनले रारादेखि खप्तडसम्म पदयात्राका लागि नक्शा तयार गरेको थियो । सो नक्शा तयार पारेपछि गरिएको यो पहिलो पदयात्रा हो ।
आन्तरिक तथा बाह्य पर्यटकहरु खप्तड या रारा एक ठाउँमात्रै जाने गर्थे । तर, दुबैस्थललाई जोडेपछि यो क्षेत्र नयाँ पर्यटकीय गन्तव्य बनेको बताउँछन् पर्यटन विकास समाजका अध्यक्ष कृष्ण महरा ।
काठमाडाैंदेखि रारासम्मको यात्रः हामी सिलगढीबाट पैदलयात्रा सुरू गरेर १४ दिनमा जुम्ला पुगेका थियाैं
सहर्ष लेकः यो खप्तड क्षेत्रको सबैभन्दा अग्लो स्थान हो । ३ हजार ५ सय मिटर उचाइमा रहेको यो ठाउँमा पुग्न खप्तड क्षेत्रमा रहेको आरामघर तथा होटलबाट दुई घण्टा हिँड्नुपर्छ ।
बाजुराको काडा गाविस । यहाँ पर्यटकहरुले दही लगायत दुग्ध पदार्थहरु खाएर यात्राको धपेडी कम गर्ने गर्दछन् ।
माछी मार न होः कोल्टी नजिकै कर्णाली नदीमा प्रशस्तै माछा पाइन्छन् । स्थानीयले यी माछा बाजुराको विमानस्थल रहेको स्थान कोल्टीमा लगेर बेच्ने गर्दछन् ।
बाजुराको सदरमुकाम मार्तडी नजिकैको यो गाउँ । अन्न उब्जनीका लागि बाजुराको सबैभन्दा उपयुक्त स्थलमध्ये एक मानिन्छ ।
बाजुराको सदरमुकाम मार्तडी बजार निकै सुन्दर छ ।
बाजुराका भौनेराका स्थानीयमाझ भुवाचाली नाच निकै लोकप्रिय छ । यो नाच पौष शुक्ल पूर्णिमादेखि पन्ध्र दिनसम्म नाच्ने गरिन्छ । यो नाचमा १० देखि २ सय जनासम्म सहभागी हुने गर्छन् ।
बाजुराको भौनेराका महिलाहरु देउडा नाच्न पनि उत्तिकै पोख्त छन् । देउडा विशेषगरी विवाह, व्रतबन्धलगायतका शुभकार्यमा नाच्ने गरिन्छ । यो नाचमा प्रेमसम्वादका साथै सुख–दुखका कुराहरुलाई गीतमार्फत अभिब्यक्ति गर्ने गरिन्छ ।
बाटामा पर्ने जुगलाको भीर पार गर्न भरियाहरुले निकै दुख गर्नुपर्छ । छेउमा बग्दै गरेको कर्णाली नदीले बाटोलाई कठिन तर सौन्दर्ययुक्त बनाएको छ ।
बाजुराको चुलिघाडमा पर्यटकहरुलाई सेवा गर्ने चिया पसलहरु भेटिन्छन् ।
खप्तडदेखि रारासम्मको पदयात्रामा पहिलोपटक पुगेका पर्यटकहरुले बाजुराबाट मुगु जिल्ला प्रवेश गर्नुपर्ने हुन्छ ।
मुगु जिल्लाको रातापानीबाट देखिने यो दृश्य निकै मनमोहक छ । रारा तालबाट आएको पानीको निकास यहाँबाट देख्न पाइन्छ ।
- Source: Onlinekhabar
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।