संखुवासभामा जन्मेर काठमाडौँमा हुर्केका फुर्तेम्बा शेर्पालाई सानैदेखि साईकल यात्रा खुवै मन पथ्र्यो । यहि खुविलाई भविष्यको सपना बनाएर सन् २००३ बाट विश्व साइकल यात्रामा निस्केका उनि यतिवेला विश्वदौरानमा व्यस्त छन् । “ विश्व शान्ति र वातावरण संरक्षण” को नारा लिएर विश्व साइकल यात्रामा निस्केका उनले यतिवेला १ सय वटा देशको सफल यात्रा भ्याइसकेका छन् । विश्व साइकल यात्राको अनुभवलाई समेटेर फुर्तेम्बा शेर्पा सँग अनलाइन पत्रिकाका लागि शान्तिप्रीत सापकोटा र फातिमा बानु ले गरेको कुराकानी :
१. के उदेश्य बोकेर विश्व साइकल यात्रामा निस्कनु भयो ?
सानै देखि साइकल खेल्न खुव मन पथ्र्यो । पछि गएर विश्व साइकल यात्रि नै बन्छु भन्ने पनि लागेको थिएन । पछि देशको लागि केहि गर्नुपर्छ भन्ने लाग्यो र त्यसपछि विश्व साइकल यात्रामा निस्कने सोंच आयो । विश्व शान्तिको कामना गर्दै मैलेँ विश्व शान्ति र वातावरण संरक्षणको नार लिएर आफ्नो सोँचलाइ वास्तविकतामा बदल्न सफल भएँ । विश्वमै वातारवणको अवस्था नाजुक बनिरहेको र विश्वमा शान्तिवाभको कमी भैरहेको बेलामा वातावरणमा सुधार र विश्व शान्तिको लागि मैले यो यात्रा सुरु गरेको हुँ ।
२ . यात्रा कहाँ बाट आरम्भ गर्नुभयो ?
सुरुमा काठमाडौँको धुम्बाराइबाट सुरु गरि काँकडभिट्टा हुदैँ भारत पुगेँ र त्यसपछि भुटान ,बंगलादेश ,वर्मा ,म्यान्मा ,थाइल्याण्ड ,कम्पोडिया , भियतनाम ,लाओस ,मलेसिया त्यसैगरि बुर्नाइ ,फिलिपिन्स ,सिगांपुर हुदैँ अहिले लाइवेरियाबाट १ सय देश पुरा गरेर हाल नेपाल र्फकेको छु । अव केहि समय पछि फेरि यात्रा जारी राख्ने सोचाइमा छु । १ सय ५० वटा देश घुम्ने लक्ष्य लिएर हिडेँको छु ,अव थप नयाँ ५० वटा देश घुमेर लक्ष्य पुरा गर्ने विचार छ ।

३. एक सय वटा देश घुम्नेक्रममा समग्रमा यात्रा कस्तो रह्यो ?
नयँ ठाउँ नयाँ देश घुम्ने क्रममा तिता मिठा, रमाइला नरमाइला अनुभवहरु त भैनैहान्छन् । कति दिन भौकै बसियो ,कहिले बाटोे झुक्कीएर भौतारियो ,क्ुनै ठाउँमा अरुको कुरा बुझ्न नसक्दा र आफ्नो कुरा अरुलाई बुझाउन नसक्दा नरमाइलो पनि लाग्यो । तर नरामाईलोमा पनि रमाईलो मान्नुपर्छ भन्ने लाग्छ । साच्चै भन्ने हो भने मैँले सबै क्षणमा रमाइलो नै माने । अफ्रिका महादेशमा भने अलि गाह्रो नै भयो । ५ दिन सम्म जंगलमै यात्रा गर्नुपयो । त्यसक्रममा त्याहाँ बस्ने नेपाली सेनाले म म¥यो भन्ने पनि सोचेँछ । ५ दिन पछि क्याम्प पुग्दा सबै छक्क परेका थिए ।

५. विश्व शान्ति र वातावरण संरक्षणका लागि यात्रा गर्नुभएको छ , विभिन्न देशको घुमाइबाट नेपालमा के गर्न सकिन्छ जस्तो लाग्छ ?
नेपालमा धेरै कुरा गर्न सकिन्छ तर यहाँको राजनैतीक अस्थीरताले गर्दा सबै काम लथालीगं छ ,महँगी त अमेरिकामा भन्दा बढी छ नेपालमा सानो – सानो कुराहरु नै सुर्धान आवश्यक छ । बाटो मा जेव्रक्रसीङको बारेमा ज्ञान भएर पनि अन्जान छन् , भनेपछि यहाँ धेरै गर्न बाँकी छ । नेताहरु विदेश घुमेर आउँछन् ,नयाँ कुरा सिकेर आउँछन्.तर आफ्नो देशमा त्यो थोरै कुरा लागु गर्ने हो भने पनि
यहाँ धेरै विकास हुन्छ । अव त्यसका लागि सरकारले पनि त्यस्तो निति नियम बनाउनु पर्छ र जनाताले पनि आफ्नो ठाउँबाट लाग्नुपर्छ । विस्तारै विकास त हुदैँछ तर कछुवाको गतिमा भैरहेको छ । अव हामि सबै जना जुटेर देशमा मात्र हैन विश्वकै हितको लागि सोच्नुपर्छ भन्ने लाग्छ ।

६. विश्व यात्राको दौरानमा कहाँ – कहाँ बाट सहयोग पाउनु भएको छ त ?
सहयोग सबै तिरबाट पाएको छु । अहिले सम्म १ लाख डलर भन्दा बढी खर्च भैसकेको छ । त्यसमा विभिन्न सघ संस्था ,नेपाली दाजुभाइको सहयोग ,एनआरएन लगायतको ७१ प्रतिशत जति सहयोग पाएको छु । त्यस्तै त्यसमा आफ्नो पनि १० – १२ प्रतिशत खर्च भएको छ । अव मेरो जीवन नै यसैमा विताउने सोचाइ छ ।

७ .विश्व यात्रा सँगै अव भावि योजना के छ ?
अव बाँकी ५० वटा देश घुम्ने र विश्व यात्राका दौरानमा आफूले सिकेका कुरा आफ्नै देशमा उपयोग गरौँ जस्तो लाग्छ । अहिले हामिले अमेरिकाको न्योर्यकबाट फुर्तेम्बा फाउन्डेसन बाट अपांग बालबालिकाको लागि ह्लिचियर वितरण गर्दै आएका छौ । अव फुर्तेम्बा फाउन्डेसन नाम परिवर्तन गरेर नेपालमै सेवा गर्ने सोचाइ छ ।

0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।