वरिपरि सेताम्मे हिमाल, विचमा बस्ती । बस्तीमा छन्, सबै ढुंगाले छाएका घरहरु । यो हो मनास्लु पदयात्राको क्रममा भेटिने साम्दो गाउँको दृष्य । मनास्लु पदयात्राको क्रममा रहेको गोर्खाको अन्तिम गाउँ हो-साम्दो । आरुघाटबाट पैदल ८ दिनमा पुग्न सकिन्छ यो गाउँ ।
मनास्लु पदयात्रा धेरै चल्तीको नभएपनि निकै सम्भावना बोकेको रुट हो । यो मार्गको सम्भावना खोज्दै यो श्रृङ्खला अनलाइनखवरको टोली पनि लाग्यो मनास्लुतिरै ।
यो पदयात्रा आरुघाटबाट शुरु भई लमजुडको बेशी सहरमा गएर टुंगिन्छ । यसका लागि कम्तिमा दुई साताको समय छुट्याउनुपर्छ । रुटमा पर्यटन पूर्वाधारहरुको त्यति बिकाश भइसकेको छैैन, जसले गर्दा तपाई सगरमाथा वा अन्नपूर्ण रुटको पदयात्रामा जस्तो सुबिधा पाउनुहुन्न ।
मनास्लु पदयात्राको सबैभन्दा उच्चस्थान लार्केपास समुद्री सतहबाट ५ हजार १ सय ६ मिटर उचाइमा छ । लार्केपास पछि मनाडको भिमथाङ बास बस्न पुगिन्छ । गोर्खाको सामागाउँबाट देखिने मनास्लु हिमालको दृश्य र मनाडको भिमथाङ देखिने दृष्य फरक छन् ।
मनास्लु क्षेत्रको विकास तथा पर्यटक आगमनमा बृद्धि गर्नका लागि मनास्लुलाई संरक्षण क्षेत्रबाट हटाउनु पर्ने माग राख्दै आएका छन् स्थानीयले । यसो गरेमा मनास्लुमा पर्यटककेा आगमनमा बृद्धि हुने तर्क छ, नुब्री सांस्कृतीक उत्थान समितिका अध्यक्ष लाक्पाढुण्ढुप लामाको । प्रधानमन्त्रीदेखि सम्बद्ध सबैमा माग राख्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ ।
आउनुहोस् एकैछिन हामी पनि मनास्लु क्षेत्रको भर्चुअल पदयात्रामा निस्कौं जहाँ हाम्रा ट्राभल फोटोग्राफर भरतबन्धु थापाका साथमा कैलाशबाबु श्रेष्ठका मनमोहक तस्वीरहरु समावेश छन् ।
Source:onlinekhabar
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।